Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Friday, March 1, 2013

अनुभबको लागि जागिर कि जागिरको लागि अनुभब

                      


नेपाली समाजमा मूलतः काठमाण्डौमा एउटा योग्यता हासिल गरिसकेको व्यक्तिले भोग्नु परेको ज्यादै मार्मिक र बास्तविक समस्याका रुपमा सडकका गल्लि गल्लिमा जागिरको खोजिमा भौतारिनु रहदै आइरहेको छ । सबैको समान धारणा के छ भने पढिसकेपछि राम्रो जागिर खाने अनि आपm्नो लाइफ स्टायलमा परिबर्तन गर्ने । 

सायद त्यस्तो पढिसकेको मान्छे छैन जो पत्रपत्रिकामा निस्कने भ्याकेन्सीमा अपडेट नहुने । जब उसले आपm्नो योग्यतासँग मेल खाने भ्याकेन्सी देख्छ तब उसले हतारहतारमा आफ्ना कागजातहरु बुुझाउछ । अनि कहिले सटलिटमा परेको सुचना आउछ भनेर तड्पिरहेको हुन्छ तर उसले एक बर्ष वितिसक्दा पनि त्यस्तो खबर प्राप्त गदैन । भने कतिपय अबस्थामा त्यस्तो खबर त उसले प्राप्त गर्छ तर अनुभब नै नभएको भन्दै उसलाई त्यस्तो अबसर प्रदान गरिदैन । एकातिर योग्यता भए पनि व्यक्ति आफु कमम्जोर भएका नाताले रोजगारी हुनबाट बञ्चित हुदैछन् भने अर्को तिर योग्यताको साथै सम्बन्धित क्षेत्रमा बलियो हुंदाहुदै पनि अबसरबाट बञ्चित हुदै आएका ।   

यसले सारा नेपाली शिक्षित बर्गले ग्रहण गर्नुपरेको तितो यर्थातलाई प्रतिनिधित्व गर्छ । यहाँ कयौंले यसप्रकारका समस्याहरु दैनिक रुपमा भोग्नुपरिहेको अबस्थामा पनि सम्बन्धित पक्षले कानमा तेल हालेर बसिरहेको छ।
पत्रिकाका हरेक पाना पानामा निकालिएका विज्ञापनहरुमा अनुभब अनिवार्य हुनुपर्ने भन्ने कुरा उल्लेख गरेको पाइन्छ। यसबाट त आम शिक्षित वर्ग योग्यता,क्षमता भएपनि अबसरबाट बन्चित भहिरहेका छन्। यसले अनुभबको लागि जागिर हो कि जागिरको लागि अनुभब भन्ने विषय हाम्रो सामु गहन विषयका रुपमा देखिएको छ। त्यसमा पनि जति बर्ष काम गर्यो त्यत्ति नै बर्षको अनुभब हुन्छ रे । यो जति गलत र असान्र्दभिक कुरा अरु हुन सक्दैन। एउटा व्यक्तिले दश बर्ष काम गरेको छ तर उसले नयाँ नयाँ विचार, तरिका, सोच ल्याउदैन भने त्यसलाई अनुभबका बर्षमा गन्न नहुने जस्तो लाग्छ।

विज्ञापनमा मागिने यस्तो अनुभबले दुई कुरालाई प्रशय दिने गरेको देखिन्छ । एउटा विभिन्न  संस्थाका नाममा नक्कलि अनुभब पत्र बनाउने र अर्को धुस दिने प्रवृति मौलाउने देखिन्छ ।तसर्थ रोजगार दिने संघसंस्था,सम्बधित निकायले यसबारेमा नयाँ कदम चाल्नुपर्ने नितान्त आवश्यक देखिन्छ। यसकासाथै आम विद्यार्थी संगठनले राजनीतिक दललाई सहयोग हुनेगरी सडकमा टायर बाल्न जाने कि विद्यार्थिको यस्तो गम्भिर विषयलाई उठाएर बहस गर्नु पर्ने आवश्यवता हाम्रो सामु देखिन्छ। होइन भने ठुलो संख्याको योग्यतावान व्यक्तिहरुको समुह फस्ट्र«ेशन हुदै डिप्प्रेशनमा नजाला भन्न सक्ने अबस्था छैन।