Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Monday, August 31, 2015

बनाइएका शिक्षक होइन बनेका शिक्षकको जरुरी हुन्छ


                                                                                 
सामुदायिक विद्यालयको सिकाइ अबस्था ज्यादै नै दयनीय छ । त्यसमा पनि विकट दुर्गम क्षेत्रका विद्यालयहरुको शैक्षिक अबस्थाले भने सबैलाई नै स्तब्ध तुल्याउछ ।  यति खेर सरकारी तथा गैरसरकारी निकायहरुसामुदायिक विद्यालयको शैक्षिक अबस्थालाई सुधार्ने कोशिस गरिरहे पनि अपेक्षा अनुरुप सुधार हुन नसकिरहेको यस परिबेशमा शिक्षा सुधार क्षेत्रमा लामो समयदेखि लागी परेको लेखक, अनुसन्धानकर्ता तथा शिक्षा अभियान्ता योगेन्द्र चापागाई  संग हाम्रा संबाददाताले सामुदायिक विद्यालयको शैक्षिक सुधारका बारेमा कुराकानी गरेका छन् ।   
शिक्षा क्षेत्रमा तपाई लामो समय देखि नै कार्यरत हुनुहुन्छ यति खेर सामुदायिक विद्यालयको शैक्षिक अबस्थालाई कसरी हेर्नु भएको छ ? 
हो म कुनौ न कुनौ रुपबाट शिक्षा क्षेत्रमा लामो समय देखि प्रत्यक्ष रुपमा काम गदै आइरहेको छु । यति खेर सामुदायिक विद्यालयको शैक्षिक अबस्था त्यसमा पनि कर्णाली तथा बाजुरा जस्ता दुर्गम क्षेत्रहरुको शैक्षिक अबस्था भने ज्यादै दयनीय अबस्थामा पुगिसकेको छ । अझ मेरो भाषामा भन्ने हो भने त सामुदायिक विद्यालयको शैक्षिक अबस्था मसान घाटमा नै पुग्न लागि सक्यो भन्दा फरक नपार्ला । यद्यपी यति खेर विद्यालय जाने बालबालिकाहरुको संख्यामा विगतको तुलनामा बृद्घि भए पनि सिकाइको गुणस्तर भने दिनानु दिन घट्दै गइरहेको छ ।  
तपाईले मुगु जस्तो विकट क्षेत्रमा पनि काम गरिसक्नु भएको छ । सामुदायिक विद्यालयहरु कस्ता समस्याहरुबाट ग्रसित रहेका देख्नुहुन्छ ? 
समस्याहरु सबै विद्यालयहरु, क्षेत्रहरुमा
एउटै त नहुन सक्छन् तर पनि मुलत रुपमा र्हेने हो भने विद्यालय तहमा न्युन विद्यार्थी तथा शिक्षकको उपस्थिति, चरम राजनीतिक हस्तक्षेप, विद्यालय, शिक्षक तथा विद्यार्थी अनुसारको तालमेल नहुनु, विद्यालय बन्द र खुल्ला हुने समय रबर जस्तै लचिलो हुनु, विद्यालयमा शिक्षण गर्ने तोकिए बमोजिम नहुनु, अस्थब्यस्थ विद्यालय प्रशासन हुनु, कमजोर भौतिक अबस्था, अभिभाबक तथा विब्यसले आफ्नो भुमिका निर्बाह गर्ने नसक्नु, अति नै न्युन सिकाइको अबस्था विद्यार्थीहरु माझ हुनु, विद्यालय तथ्यांकलाई ब्यबस्थि गर्ने नसक्नु आदी धेरै नै छन् भने माथिल्लो तहमा हर्ने हो भने कम बजेट, टप डाउन अप्रोजबाट ग्रसित  प्रणाली, परम्परागत सिकाइ तथा मुल्यांकन प्रणाली, रोजगारी विहिन प्रणाली,  प्रसासनिक निरीक्षण प्रणाली, समय सान्र्दभिक नीति कार्यक्रमको अभाब जस्ता धेरै समस्याहरु देख्न सकिन्छ । 
सामुदायिक शिक्षाको सुधारको बहसमा शिक्षकले अभिभाबक र अभिभाबकले शिक्षक तथा जिशिकालाई दोष लाग्ने गरेको छ । बास्तबमा तपाइको विचारमा कुन पक्षको भुमिका सुधारमा सशक्त देख्नुहुन्छ ? 
हो म पनि तपाईको यो कुरामा सहमत छु । मैले पनि विद्यालय भ्रमणको समयमा यस्तै आरोप प्रत्यारोप सुनेको छु । शिक्षा अर्थात सिकाइ भनेको भबन निर्माण गरे जस्तो चुड्कीको भरमा नतिजा देख्न सकिन्न । सिकाइ भनेको एसएलसीमा विशिस्ट, प्रथम श्रेणीमा धेरै उत्र्तिण हुनु मात्र होइन  । यो भनेको त सम्बन्धित विद्यार्थीले सोही तहमा सिक्नु पर्ने सिकाइका कुराहरु वा क्षेत्रहरु सिक्नु हो । यसको लागी शिक्षक मात्र, जिशिका मात्र वा अभिभाबक मात्र प्रमुख कारक तत्व हो भन्दा पनि तीन पक्ष कै उच्चतम सक्रियताको आबश्यकता हुन्छ । तर पनि शिक्षक भनेको सिकाइ सहजकिरणको मात्र हुने हंदा यति उनीहरुले चाहेको खण्डमा कम्जोर विद्यालयको भौतिक अबस्थामा पनि विद्यार्थीहरु माझ सिकाइ को सुनिश्चित हुने कुरामा मेरो पुर्ण सहमति छ । तर त्यसको लागी
बनाइएका शिक्षक होइन  बनेका शिक्षकको जरुरी हुन्छ ।
गुणस्तरीय सिकाइको लागी बनाइएका शिक्षक होइन बनेका शिक्षकको जरुरी हुनु पर्छ भन्नुभयो यो के भन्न खोज्नु भएको हो ?  
हाम्रो परिबेशमा विभिन्न शिक्षक समुहहरुका नाइके तथा नेताहरुको दबाबमा शिक्षा कार्यक्रलयले लुप्त रुपमा अझै पनि विभिन्न नामका जस्तै लियन, अस्थायी, पिसिएस् को नियुक्तमा आफ्नो दलको वा नजिकको मान्छेलाई शिक्षक बनाउने प्रचलनले ब्यापकता पाउदै छ । योग्य, सक्षम, जागरुक युबा शिक्षकको प्रबेशमा कठिन हुदै गइरहेको छ । जब सम्म सक्षम, योग्य तथा जागरुक शिक्षकको विद्यालयमा प्रबेश हुदैन तब सम्म सामुदायिक शिक्षाको सुधार हुन नसक्ने दाबी मेरो छ । 
विद्यालय सुधारलाई केन्द्रित गदै विनि, स्रोत ब्यक्तिहरुको ब्यबस्था गरिएको छ तर सुधार आउन नसकिरहेको अबस्थामा उनीहरु भुमिकालाई कसरी लिनु भएको छ ? 
नेपालमा सबै विनिहरु, स्रोत ब्यक्तिहरु एउटै छैनन् । तर पनि उनीहरुको चाहेको खण्डमा समग्र जिल्लाको शैक्षिक अबस्थालाई सुधार ल्याउन सक्छन् भन्ने जलन्त उदाहरण केहि जिल्लाहरुलाई लिन सकिन्छ  । तर मेरो नजरमा उहांहरुमा त्यस्तो परिबर्तन ल्याउने इच्छा खासै म देख्दिन । उहांहरु शैक्षणिक निरीक्षण भन्दा पनि प्रसासनिक निरीक्षणमा ब्यस्त हुनुहुन्छ । उहां मुख्य काम भनेको विद्यालयका शिक्षकहरुको अन्र्तनिहित क्षमतालाई विकासमा सहयोग गरी उनीहरुको पेशागत दक्षतामा सहजीकरण मार्फत विद्यालयको गुणस्तरीय शैक्षिक बाताबरण कायम राख्नु हो । तर छुटफुट बाहेक उहांहरुले शिक्षण सिकाइका समस्याहरुमा सहजीकरण गर्ने अबसर उहांहरुलाई छैन । उहांहरुलाई प्रशासनिक कार्यहरु सम्पादन गर्दा र भ्रमण तालिम र विदामा बस्दा नै समय पुगीरहेको देखिदैन । 
विद्यालय सुधार कै नाममा नेपाल विशेप गरी दुर्गम क्षेत्रहरुमा धेरै संघसंस्थाहरु खुलिरहेका छन् र उनहिरुले लाखै लाख खर्च पनि गरिरहेका छन् तर पनि सुधार भने अपेक्षा अनुरुप आउन नसकिरहेको देखिन्छ । उनीहरुको कामका बारेका तपाइ के भन्न चाहान्नुहुन्छ ? 
हो अहिले विभिन्न उदेश्यले विभिन्न नामका संघसंस्थाहरु खुलेका छन् । सबै एकै प्रकारका पनि छैनन् । कैसेले राम्रो काम पनि गरिरहेका छन् । तर धेरै जस्तो संघसस्थाहरु यस्ता देखिएकका छन् जो बास्तविक नतिजा भन्दा पनि बजेट सिध्याउन अर्थात क्रियाकलाप समापनमा नै केन्द्रित छन् ।  तपाई यति मार्तडी कै कुरा गर्नुहुन्छ भने पनि लगातार तालिम गोष्ठि गरेर भत्ता बाड्दै क्रियाकलाप समापनमा नै भ्याइ नभ्याइ रहेको देख्नुभएकै होला । प्रत्येक सडकका ढुङ्गाहरु, घर, विद्यालय वा कुनै भबनका भित्ता भित्तामा, रेडियो समाचारमा प्रचारप्रसार गरेर, लगातार विद्यालयका शिक्षकहरुलाई बन्द गरेर तालिम गोष्ठिमा सहभागी बनाएर भत्ता दिदैमा बास्तविक परिबर्तन आउछ भन्ने लाग्दैन मलाई । सम्बन्धित निकायहरु पनि संघसंस्थाका गतिविधिहरुको निरीक्षण मंल्याकन तथा सुझाबहरु दिनको सट्टा त्यस्ता तालिम सेमिनारको सहजीकरण गर्ने लागी परिरहेको स्पस्टै देख्न सकिन्छ । त्यसै उनीहरुका गतिविधिहरु क्रियाकलाप समापनमा नै केन्द्रित हुने र डोनरलाई खुसी पार्ने कुरामा नै कुनै न कुनै रुपमा केन्द्रित देखिन्छ । होइन भने विद्यालयमा एउटा संस्थाको एउटा बालक्लब अर्कोको अर्को हुन्छ त ? त्यस्तै समन्वयको पनि चरम अभाब देखिन्छ । होइन भने जिशिका अत्र्तगत बस्ने शिक्षा सञ्जालको बैठकमा सरकारी तथा गैरसरकारी संस्थाले उक्त महिनामा गर्ने क्रियाकलापहरु कहां कसरी कहिले गर्ने भन्ने संयुक्त छलफल भई कार्यान्वयन हुनु पर्छ । तब मात्र संयुक्त प्रयास स्वरुप अपेक्षित नतिजा आउछ । यसका साथै एक अर्कोले गरेका क्रियाकलापको प्रत्यक्ष अनुगमन एउटा समुह बनाएर वा एक ले अर्कोको रिजल्ट केन्द्रित भएर गरी त्यसको समिक्षा बैठकमा गर्ने पर्छ । तबमात्र सुधारको महशुस गर्ने सकिन्छ ।  
यति खेर ६ कक्षाका विद्यार्थीहरु पनि राम्ररी आफ्नो नाम लेख्न सक्दैन, कक्षा ९ का विद्यार्थीहरु ८ मा ९ जोड्दा पनि गलत गर्दछन् । यसको अर्थ विद्यार्थीहरुमा सिकाइ सुनिश्चित हुन सकेको छैन । यस्तो अबस्थामा कसरी उनीमा सिकाइ सुनिश्चित गर्ने सकिन्छ जस्तो लाग्छ तपाईलाई ? 
हो । यो बास्तिब सामुदायिक विद्यालयको सिकाइ अबस्था हो । हाम्रो विद्यालय शिक्षा बैकिंङ माडालिटीबाट ग्रसित छ र त्यसलाई अन्त्य गर्नु पर्छ । 
बैकिंङ माडालिटी भन्नाले ? 
हाम्रो विद्यालयको शिक्षण प्रणाली बैंकमा भएको खातामा पैसा जम्मा गरे जस्तो मात्र छ  । त्यो भन्दा पर केहि पनि यहां छैन । विद्यार्थीको दिमाख खाली एउटा बैंकको खाता, शिक्षक भनेको पैसा जम्मा गर्ने ब्यक्ति जस्तो र पाठ्यपुस्तकमा भएका विषयबस्तु वा त्यसका अक्षर चहिं पैसा जस्तो मात्र देखिन्छ । हाम्रो शिक्षा प्रणाली यो भन्दा माथि उठ्न सक्दैन ।  छ मा छ गुणन गर्दा छत्तिस हुन्छ भन्न विद्यार्थी जान्द्छ तर छ को अर्थ के, छ छ गुणा गर्दा छत्तिस को सम्बन्ध के हो उसले भन्न सक्दैन । त्यसैले अब नाराबाजी तालिम होइन कार्यरत सुधारको आबश्यकता छ । जुन कुरा विद्यालयका कक्षाकोठाबाट नै शुरु गर्नु पर्छ । 
तपाई विद्यालयका  कक्षाकोठा बाट सुधार गर्नु पर्छ भन्नुुहुन्छ । कक्षाकोठामा बस्ने अबस्था नै छैन, छानाबाट चुइएको हुन्छ, समयमा पाठ्पुस्तक विद्यार्थीहरुले पाउन सक्दैनन्, प्राविको दरबन्दीले मावि विद्यालय चलाउनु परेको छ, विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति कम छ भनेर तपाई भन्नुहुन्छ अब कसरी सुधार ल्याउन सिकिएला त ? सम्भब छ र ? 
तपाईले ज्यादै महत्वपुर्ण कुरा को उठान गर्न खोज्नु भयो । शिक्षा वा सिकाइमा एकै चोटी ब्यापक परिबर्तन संभब छैन तर सामुदायिक विद्यालयको सिकाइ सुधार भने अबस्य पनि सम्भब छ यदि शिक्षकले उसको सहयोगमा गर्ने चाहे भने । हो भौतिक अबस्था राम्रो भएन भने केहि अबरोध आउन सक्छ सिकाइमा तर गिर्दै गिर्दै जाने त हुदैन होला नी । के शिक्षण गर्ने पाठ्यपुस्तक नै चाहिन्छ र ? पाठ्यपुस्तक त विद्यार्थीहरुलाई पो अभ्यास गर्न चाहिएला त । शिक्षक त त्यो हो जसले पाठ्यपुस्तक होइन पाठ्यक्रम वा सिकाइका क्षेत्रहरु निर्धारित गरेको सामाग्रीहरुबाट शिक्षणलाई सहजकिरण गर्ने सक्नु पर्छ । यदि एउटा मोडेलको कार्यान्वयन गर्ने हो भने त्यो सम्भब छ । 
सुधार को मोडेलको कुरा गर्नु भयो के हो त्यस्तो मोडेल ? 
सुधारको मोडेलमा कुनै नयां विषयबस्तु छैन र त्यो सिटामोलको ट्बलेट जस्तो पनि होइन । विभिन्न कुरालाई अनुभबको आधारमा एकीकृत गरी मैले सुधारको एउटा प्याकेजका रुपमा विकास गरेको मात्र हो । यदि सुधारको अपेक्षा गर्ने हो भने पहिलो मा बलियो विद्यालय प्रशासन हुनु पर्छ । त्यसको लागी तीन पक्षले निरन्तर रुपमा कुनै न कुनै आधारमा अनुगमन गर्नु पर्छ । तीन पक्षहरु भनेका विब्यस वा त्यसको अध्यक्ष, स्थानिय नेतृत्वकर्ता र स्रोत ब्यक्ति यी पक्षहरुले विद्यालय प्रशासनलाई बलियो बनाउन प्रअलाई बाताबरण निर्माण गर्न बाध्य पार्ने कुरामा केन्द्रित भएनन् भने सुधारको अपेक्षा गर्न सकिन्न । त्यस पछि विद्यालयमा विद्यार्थीहरुको उपस्थिति लाई नियमित गर्नु पर्छ । 
तपाई विद्यालयमा विद्यार्थीहरुको उपस्थिति लाई नियमित गर्नु पर्छ  भन्नुहुन्छ त्यो कसरी सम्भब छ त ? 
अहिले केहि संघसंस्थाहरुले गरे जस्तो भित्ते लेखन, तालिम, नारा र्याली बाट त्यो सम्भब छैन । त्यसको लागी त केहि उपायहरु लगाउन सकिन्छ । जस्तो मासिक रुपमा कक्षागत रुपमा अभिभाबकहरुसंग अन्य विषयमा भन्दा पनि उनीहरुका बालबालिकाहरुको सिकाइ तह, ब्यबहार, परिबर्तनका विषयमा नियमित छलफल हुनुपर्छ । त्यस्तो शिक्षक तथा अभिभाबकहरुको अन्तरक्रियामा उसलाई छोराछोरीलाई विद्यालय नपठाएकोमा हिनताबोध हुने बाताबरणको सिर्जना गर्नु पर्छ । कहिले कांही राम्रो कामको लागी नराम्रो काम पनि आवश्यक हुन्छ भन्ने हो उखान नै छ । यदि समाजमा उसले पाउने सेबासुविधामा उसलाई सचेत गराउनु पर्छ । यसका साथै प्रत्येक विद्यार्थीलाई ब्यक्तिगत तथा कक्षागत रुपमा कक्षा शिक्षकले मनोबैज्ञानिक सल्लाह प्रदान दिनुपर्छ । यी दुई साधनहरु भन्दा पहिले मासिक रुपमा अभिभाबक शिक्षा सुमुदायमा सम्बन्धित विद्यालयले आफैं वा कुनौ स्रोत साधन खाजेर सञ्चालन गर्नु पर्छ । यति भए पछि शिक्षकले विद्यालयमा नियमित उपस्थित भई तोकिएको ४५ मिनेट नै शिक्षण सहजीकरण गर्नु पर्छ । 
शिक्षकले प्रति घण्टी ४५ मिनेट मात्र शिक्षण गरे पनि सुधार त आउला तर यति ले नै सम्भब छ र ? 
जब सुधारको तेश्रो चरणमा शिक्षकद्घारा तोकिएको विषयबस्तुलाई शिक्षण हुन्छ तब अर्को चरणमा शिक्षकले विद्यार्थीको सिकाइ तह विभिन्न साधनहरु प्रयोग गरी निर्धारित सिकाइ क्षेत्रको आधारमा पत्ता लगाउनु पर्छ । सोही पहिचानको आधारमा उसलाई उपचारात्मक शिक्षण वा एक्स्ट्रा कक्षाको ब्यबस्था स्रोतको पहिचान गरी विद्यालयले गर्नु पर्छ र नियमित रुपमा उसलाई सल्लाह सुझाब, पृष्ठपोषण प्रदान गर्नुका निर्माणात्मक मुल्याकन मार्फत दिने हो भने विद्यालयको सिकाइ तहमा परिबर्तन आउन सक्छ भन्ने अपेक्षा यस मोडेल लिएको छ । 
तपाईले शुरु देखि नै सिकाइ सुधार विद्यालय आंर्फैले नै गर्नु पर्ने कुरामा जोड् दिनु भयो । विद्यालयसंग त्यस्तो स्रोत साधनको अभाब देखिन्छ । कसरी कार्यान्वयन हुन्छ त तपाईको यो सिकाइ मोडेल ? 
यो मोडेलको कार्यान्वयनको एउटा मात्र कन्डिसन भनेको अभिभाबक, विद्यालय र सहयोगीकर्ता बिचको सम्बन्ध हो । यदि यी तीन बिच को सम्बन्धले नै यसको कार्यान्वयनको लेबल निर्धारण हुन्छ । म त यसको कार्यान्वयनमा कुनै बाधा देख्दिन किनकी विद्यालयले कार्याक्रमको कार्यान्वयन गर्ने हो भने त्यस कार्यान्वयनलाई सहज बनाउन जिशिका तथा विभिन्न गैरसरकारी निकायहरुले सहयोग गर्नु पर्छ । त्यस्ता संस्थाहरुका शैक्षिक कार्याक्रमहरु अब भत्ता बांड्ने तालिम गर्ने, नारा जुलुस भन्दा पनि सिकाइको तह बढाउने क्रियाकलापहरुसंग सम्बन्धित हुनु पर्छ र यस मोडेलको कार्यान्वयनको नियमित सुपरीबेक्षेण स्रोत ब्यक्ति तथा विद्यालय निरीक्षकबाट हुने हो बारे सुधार पक्के आउने छ । त्यसैले अब सामुदायिक विद्यालयको सिकाइ सुधारको आंधी बेहेरी ल्याउनु पर्छ । 

No comments:

Post a Comment