Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Thursday, December 2, 2021

विद्यालयमा मासिक शिक्षक बैठक (स्टाफ मिटिङ) कसरी सञ्चालन गर्ने ?



मासिक शिक्षक (स्टाफ) बैठक कसरी सञ्चालन गर्ने ?

विद्यालय को नाम :     

शिक्षकको नाम                                                                     स्टाफ बैठक मिति:                                                   

क्रस

क्षेत्रहरु

शिक्षकले आफ्नो  प्रतिक्रिया बुँदागत रुपमा तल लेख्ने र बैठकमा प्रस्तुत गर्ने ।

१

तपाईले शिक्षण गर्ने विषयको पाठ कति पुगेको छ ?

 

२

विद्यार्थीहरु  नियमित छन् वा छैन ?  नियमित नभएका विदयार्थीहरु को को हुन् ?

 

३

विद्यार्थीहरु  नियमितताका लागि तपाईंले के कस्ता प्रयासहरु गर्नु भयो त  ?

 

४

तोके अनुसारको कक्षा १ बाट ३ सम्म थिमगत मूल्यांकन वा सो भन्दा माथी आन्तरिक मूल्यांकनको ब्यवस्थापन प्रभावकारी रुपमा गर्नु भयो ? यदि छैन भने किन गर्नु भएन त ?

 

५

तपाईसँग तपाईले शिक्षण गर्ने विषयको शिक्षक निर्देशिका वा पाठ्यक्रम वा दुवै छ ? र सोहि अनुसार शिक्षण गर्ने गर्नु भएको छ ?

 

६

विद्यार्थीहरुको न्युनत्तम सिकाइ सुनिश्चितताको लागि थप शिक्षण वा उपचारात्मक शिक्षण गर्ने गर्नु भएको छ ? छ भने कसरी र छैन भने किन ?

 

 

७

विद्यार्थीको सिकाइ उपलब्धीका बारेमा कम्तिमा चौमासिक रुपमा अभिभाबकहरुसँग फोन वा प्रत्यक्ष भेट मार्फत कुराकानी गर्नुभयो?

 

 

८

तपाईले शिक्षण गर्ने विषयमा आवश्यक भएका वा तोकेका शैक्षिक सामग्रीहरु निर्माण गर्नुभयो? यदि भयो भने कति वटा गर्नु भयो ?

 

 

९

तपाईले शिक्षण गर्ने विषयमा भोग्नु परेका केहि समस्या छन् ? छन् भने मुख्य तत्काल सहयोग गर्नुपर्ने  बढीमा ३ समस्याहरु राख्नुहोस् ।

 

 

१०

शिक्षण सिकाइ सहजीकरणको सन्दर्भमा आगामी महिनामा तपाई के नयाँ कुरा गर्ने चाहानुहुन्छ ?

 

 

११

यो महिना तपाईले तपाईको पेशागत विकासको लागि के नयाँ कुरा पढ्नु भयो वा सिक्नु भयो ? त्यसको मुख्य कुरा के हो हामीलाई प्रस्तुत गर्नुहुन्छ ?

 

 

१२

आवश्यकता अनुरुप अन्य सुचक थप्दै जाने….

 

 

…………………                                                             ………………..

शिक्षकको हस्ताक्षर                                                          प्रअको हस्ताक्षर

 

नोट : शिक्षक बैठक नियमित र सिकाइ केन्द्रित आजको आवश्यकता हो । महिनाको एक पटक माथीको ढाँचामा आधारित भइ शिक्षकसँग मासिक स्टाफ बैठक सञ्चालन गर्नु पर्छ । बैठक पुर्व हरेक शिक्षकले माथीको ढाँचामा आफ्नो प्रतिक्रिया लेखेर तयार गर्ने र बैठकमा पालैपालो प्रस्तुत गर्ने र आवश्यकता अनुसार सम्बन्धित विद्यालयको प्रअले सहजीकरण गर्ने । साथै विद्यालयको संक्षिप्त प्रगति प्रतिवेदन तयार गरी पालिका स्तरीय प्रअ बैठकमा राख्ने । यो फारामलाई प्रअले ब्यवस्थित रुपमा फाइलिङ्ग गर्नुपर्छ ।  अन्त्यमा शिक्षक बैठक सँगै हरेक विद्यालयमा महिनाको कम्तिमा १ दिन सम्बन्धित विद्यालयले शिक्षण कार्यलाई बाधा नपर्ने गरी आफ्नो विद्यालयको जनशक्ति वा नजिकको विद्यालय वा स्थानिय जनशक्तिको सहयोगमा शिक्षकको आवश्यकताको विषयवस्तुमा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने अभ्यासको थालनी गर्नु पर्छ । 

2 comments: