Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Thursday, December 2, 2021

विद्यालयमा मासिक शिक्षक बैठक (स्टाफ मिटिङ) कसरी सञ्चालन गर्ने ?



मासिक शिक्षक (स्टाफबैठक कसरी सञ्चालन गर्ने ?

विद्यालय को नाम :     

शिक्षकको नाम                                                                     स्टाफ बैठक मिति:                                                   

क्र

क्षेत्रहरु

शिक्षकले आफ्नो  प्रतिक्रिया बुँदागत रुपमा तल लेख्ने र बैठकमा प्रस्तुत गर्ने ।

तपाईले शिक्षण गर्ने विषयको पाठ कति पुगेको छ ?

 

विद्यार्थीहरु  नियमित छन् वा छैन ?  नियमित नभएका विदयार्थीहरु को को हुन् ?

 

विद्यार्थीहरु  नियमितताका लागि तपाईंले के कस्ता प्रयासहरु गर्नु भयो त  ?

 

तोके अनुसारको कक्षा १ बाट ३ सम्म थिमगत मूल्यांकन वा सो भन्दा माथी आन्तरिक मूल्यांकनको ब्यवस्थापन प्रभावकारी रुपमा गर्नु भयो ? यदि छैन भने किन गर्नु भएन त ?

 

तपाईसँग तपाईले शिक्षण गर्ने विषयको शिक्षक निर्देशिका वा पाठ्यक्रम वा दुवै छ ? र सोहि अनुसार शिक्षण गर्ने गर्नु भएको छ ?

 

विद्यार्थीहरुको न्युनत्तम सिकाइ सुनिश्चितताको लागि थप शिक्षण वा उपचारात्मक शिक्षण गर्ने गर्नु भएको छ ? छ भने कसरी र छैन भने किन ?

 

 

विद्यार्थीको सिकाइ उपलब्धीका बारेमा कम्तिमा चौमासिक रुपमा अभिभाबकहरुसँग फोन वा प्रत्यक्ष भेट मार्फत कुराकानी गर्नुभयो?

 

 

तपाईले शिक्षण गर्ने विषयमा आवश्यक भएका वा तोकेका शैक्षिक सामग्रीहरु निर्माण गर्नुभयोयदि भयो भने कति वटा गर्नु भयो ?

 

 

तपाईले शिक्षण गर्ने विषयमा भोग्नु परेका केहि समस्या छन् ? छन् भने मुख्य तत्काल सहयोग गर्नुपर्ने  बढीमा ३ समस्याहरु राख्नुहोस् ।

 

 

१०

शिक्षण सिकाइ सहजीकरणको सन्दर्भमा आगामी महिनामा तपाई के नयाँ कुरा गर्ने चाहानुहुन्छ ?

 

 

११

यो महिना तपाईले तपाईको पेशागत विकासको लागि के नयाँ कुरा पढ्नु भयो वा सिक्नु भयो ? त्यसको मुख्य कुरा के हो हामीलाई प्रस्तुत गर्नुहुन्छ ?

 

 

आवश्यकता अनुरुप अन्य सुचक थप्दै जाने….

 

 

…………………                                                             ………………..

शिक्षकको हस्ताक्षर                                                          प्रअको हस्ताक्षर

 

नोट : शिक्षक बैठक नियमित र सिकाइ केन्द्रित आजको आवश्यकता हो । महिनाको एक पटक माथीको ढाँचामा आधारित भइ शिक्षकसँग मासिक स्टाफ बैठक सञ्चालन गर्नु पर्छ । बैठक पुर्व हरेक शिक्षकले माथीको ढाँचामा आफ्नो प्रतिक्रिया लेखेर तयार गर्ने र बैठकमा पालैपालो प्रस्तुत गर्ने र आवश्यकता अनुसार सम्बन्धित विद्यालयको प्रअले सहजीकरण गर्ने । साथै विद्यालयको संक्षिप्त प्रगति प्रतिवेदन तयार गरी पालिका स्तरीय प्रअ बैठकमा राख्ने । यो फारामलाई प्रअले ब्यवस्थित रुपमा फाइलिङ्ग गर्नुपर्छ ।  अन्त्यमा शिक्षक बैठक सँगै हरेक विद्यालयमा महिनाको कम्तिमा १ दिन सम्बन्धित विद्यालयले शिक्षण कार्यलाई बाधा नपर्ने गरी आफ्नो विद्यालयको जनशक्ति वा नजिकको विद्यालय वा स्थानिय जनशक्तिको सहयोगमा शिक्षकको आवश्यकताको विषयवस्तुमा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने अभ्यासको थालनी गर्नु पर्छ । 

2 comments: