Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Saturday, April 5, 2014

चिठ र्चोनु रहर की बध्यता ?


                                                                 योगेन्द्र चापागाईं
गत विहीबारबाट यस बर्षको एसएलसी परीक्षाको शुरुवात भएको छ । नियमित र एक्जाम्टेड दुवै गरी ५ लाख ६६ हजार ८५ परीक्षार्थीहरु सम्मेलित यस परीक्षामा हुदै् आएका अर्मादित, अनुशासनहीन, अव्यबस्थित तथा गैरजिम्मेवारी प्रवृतिका क्रियाकलापहरुको थुप्रोले यसमाथि नै ठूलै प्रश्नचिन्ह खडा गरेको धेरैको विश्लेषण छ । विसं १९९० बाट सञ्चालन भएको यस परीक्षाले आठ दशक लामो अवधि पार गरिसक्दा पनि यस प्रणाली भित्र विगतका केहि दशकहरुदेखि देखिदै आएका व्याप्त कमीकमजोरी तथा विकृतिलाई निरुत्साहित पार्ने कुनै व्याबहारिक कार्ययोजना बनाउन नसक्नुले नेपाल सरकार र आफुलाई शिक्षाविद् हुं भनेर वकालत  गदै हिंड्ने व्यक्तिहरुको बौद्घिकता र कुशलतामाथि नै यस परीक्षाले ठुलो चुनौती दिएको कुरा आम सचेत जनताको बुझाइ छ ।
पहिलो दिनमा नै परीक्षा मर्यादा विपरीत काम गरे बापत २५ निरीक्षक निस्कासनमा पर्नु, रौतहटमा गणित विषयमा चिट चोरेको आरोपमा ३२ परीक्षार्थी निस्कासित हुनु, बारामा सोहि विषयमा १ परीक्षार्थी सहित १० निरीक्षक निस्कासनमा पर्नु, त्यसैगरी राजविराजमा ४८ बोरा चिट बरामत भएको सुचना बाहिर आउनु जस्ता सञ्चार माध्यममा आएका यी प्रतिनिधिमुलक घटनाहरुले यस बर्षको परीक्षा पनि विकृतिमुक्त्त छ भन्ने कुनै गतिलो आधार प्रस्तुत गर्ने नसकिरहेको अबस्था छ एकातिर भने अर्कोतिर स्थलगत निरीक्षण तथा अवलोकनमा देखिएका— पन्ध्र मिनेटमा नै प्रश्नपत्र बाहिरनु, प्रश्नहरुको समाधानका लागी शिक्षकलाई नै विद्यालयले खटाउनु, त्यसमा पनि केहि शिक्षकले अधिक रकम लिदै चिट बेच्ने प्रवृति देखिनु, परीक्षाको पूरा समय नै अभिभाबकहरु चोट चोराउन सयौको संख्यामा उपस्थित भई त्यस्तो कार्यमा सरिक हुनु, परीक्षा हलको बाहिर कहि कडा गर्ने खोजे पनि भित्र पूरै चिट चोर्ने वाताबरणको सिर्जना गरिदिनु लगायतका अमर्यादित क्रियाकलापहरुले यसको थप पुष्टि गरिरहेको छ ।
यस परीक्षा प्रणालीको विकृतिमा मुलत दुई धारहरु हावी हुदै आएकाछन् । पहिलो बाहिर कडा भित्र जति चोर्न सक्छौं र्चोर दोश्रो बाहिर जति चोराउने सक्ने व्यबस्था गर्न सक्छौं व्यबस्था गर र लगेर र्चोर । पहिलो धार अधिकांश शहरकेन्द्रित परीक्षाकेन्द्रहरुमा लागु हुदैं आएको छ भने दोश्रो धार दुर्गम, गांउ तथा कर्णाली क्षेत्रका केन्द्रहरुमा हावी हुंदै आइरहेको छ । कर्णालीको एसएलसी परीक्षा सञ्चालन र त्यसमा हुने गतिविधिलाई नजिकबाट नियाल्ने जीबनकै पहिलो अबसर थियो यो बर्षको एसएलसी परीक्षा । त्यहिं अनुभबको आधारमा विना हिचकिचावट वास्तविकरुपमा भन्ने हो भने केहि विषयलाई छोडेर कर्णालीको एसएलसी विद्यार्थीको नभई शिक्षक अभिभाबकहरुको हो भन्दा फरक नपर्ला । यदि विद्यार्थी फेल भयो भने त्यस विद्यार्थी फेल नभइ चिटचोराउने शिक्षक वा अभिभाबक फेल भएको हो भन्ने बुझाइ धेरैको रहेको छ । यहांका अधिकांश केन्द्रहरुमा परीक्षा सञ्चालनको समयभर परीक्षाभर यति ठुलो संख्यामा शिक्षक अभिभाबकहरुको उपस्थिति हुन्छकी जुन कुरा चिटदौडको समयमा स्पस्टै देख्न सकिन्छ ।
परीक्षा सम्बन्धि गलत क्रियाकलाप गरेबापत प्रत्येक बर्ष धेरै संख्यामा परीक्षार्थीहरुलाई सजाय, दण्ड तथा निस्कासन गरी उनीहरुमा मनोवैज्ञानिक प्रेसर दिदै आपराधिक मनोवृति बढाउने काम नेपाल सरकारले गदैआइरहेको छ लामो समयबाट । परीक्षार्थी तथा निरीक्षकलाई निस्कासन गरेर वा कडा भन्दा कडा सजाय दिएर यस परीक्षामा सुधार ल्याउने आशा राख्ने परिपार्टीले शिक्षा क्षेत्रमा कमजोर व्यक्तिहरुको मात्रै संलग्न रहन्छ भन्ने आरोपलाई थप बल पु¥याउने काम बाहेयक अरु केहि हुन सक्दैन । विचरा ती निर्दोष परीक्षार्थीले नचोरेर  के गर्नु? र्चोनै पथ्र्यो र चोरेका पनि छन् । त्यो स्भाविक पनि छ किनकी यति ठुलो मात्रामा मनोवैज्ञानिक त्रास र प्रेसर हाम्रो अभिभाबक भनौदाहरुले उनीहरु माथि पारेका छन्की जसको कल्पना एउटा कोरा व्यक्तिले गर्ने पनि नसक्ला ।  एसएलसी परीक्षा प्रणालीमा देखिदै आएका विकृतिका घटनाहरुको मुल जरो पत्ता लगाउनु आजको अपरिहार्यता बनिसकेको छ । किन हुन्छ त यो प्रणालीमा व्यापक विकृति ?
सामाजिक प्रतिष्ठाको विषय— छोराछोरीहरुको एसएलसीको प्राप्तांक नै अभिभाबकहरुको सामाजिक प्रतिष्ठाको विषय बन्दै जाने परिपाटी समाजमा मौलाउदै जानुले परीक्षार्थीहरुलाई परीक्षाको मर्यादा विपरित गलत क्रियाकलाप गर्न उत्प्रेरित गरिरहेको अबस्था हाल विद्यमान हुंदै गइरहेकोछ । यस्तो मनोवैज्ञानिक धारणाको कारणले नै उनीहरु कक्षा दशमा पुगे लगत्तै सवै स्वतन्त्रता, सिर्जनसिलता तथा मनोरञ्जनका सवै गतिविधिहरुलाई कुन्ठित पार्दै परीक्षामूखी बन्न बाध्य भइरहेकाछन् । नतिजा प्रकाशन संगै केहि परीक्षार्थीहरुले परिणामलाई लिएर आत्माहत्याको समना समेत गरीरहेकाछन् जसको पछाडी पनि यहिं तत्व नै अदृश्यरुपले हावीहुदै गहिरहेको देखिन्छ । यो प्रवृति शहरबजारको बस्तीमा बढी नै देखिन्छ भने दुरदराजका गांउहरुमा पनि यस्तो प्रवृतिले व्यापकता पांउदै गरेको बुझाइ धेरैको छ । यदि समयमा नै यस्तो मनोवृति रोक्ने कदम नचाले यो परीक्षा प्रणाली थप अस्तब्यस्त हुने कुरामा दुई मत नहोला ।
रोजगारीको आधारशिला— एसएलसीको मार्कसिटलाई उच्च शिक्षा र जागिर खाने पहिलो खुड्किलो भएकाले जसरी भए पनि यसमा राम्रो गनैपर्छ भन्ने मनोवृति अभिभाबकहरुमा हावी हुदै जानुले पनि यस परीक्षा प्रणालीलाई थप अमर्यादित, अव्यबस्थित बनाउन सहयोग गरिरहेको बुझाइ छ धेरैको । छोराछोरीले राम्रो अंक ल्याएन वा फेल भयो भने भविष्यमा उसले केहि गर्ने सक्दैन भन्ने गलत मनोवृतिले अभिभाबकहरुको मस्तिष्तमा जरा गाडी रहेको अबस्थामा परीक्षार्थीलाई निस्कासित गदै परीक्षा मर्यादित बनाउछु भन्नु गलत हुने देखिन्छ । शहरमा भन्दा पनि गाँउघरमा बढी व्यापक रहेको यस्तो प्रवृतिलाई निरुत्साहित पार्न सकेको खण्डमा मात्र सुधारका संकेत देखिने लगभग निश्चित नै छ ।
प्रश्नपत्र निर्माणमा अवैज्ञानिकता— एसएलसी परीक्षामा विकृति बढ्नुमा प्रश्नपत्र छनोट तथा निर्माणको अदृश्यरुपमा अह्म भुमिका हुदै आएको देखिन्छ । प्राय सवै विषयका प्रश्नपत्रहरु पूर्व निर्धारित उद्देश्यमा आधारित भई ज्ञान, सीप तथा अभिब्यक्ति केन्द्रित छनोट तथा निर्माण गर्नु भन्दा पनि पुराना प्रश्नहरुको निरन्तरता वा लगभग विगतका प्रश्हरुसंग हुभाउ मिल्ने गरी निर्माण गर्ने प्रचलनले निरन्तरता पाउनु, पाठ्यबस्तु तथा गाइडगेसपेपरबाट प्रश्न सोध्ने प्रवृति हावी हुनु, विद्यार्थीले जे जानेको छैन वा जुन विषयबस्तु अष्ठारो छ त्यहि क्षेत्रबाट प्रश्नहरुको छनोट गर्दा प्रश्नछनोटकर्ताले आफुलाई ठुलो मान्छे महशुस गर्ने प्रवृतिले निरन्तरता पाउनु जस्ता कुराले यस परीक्षा प्रणालीलाई मर्यादित बनाउन थप चुनौति दिदै आइरहेको अबस्था छ । यदि अझैं पनि प्रश्न बैङ्कबाट प्रश्न सोध्ने परिपाटीको अन्त्य नगर्ने, विद्यार्थी जे जानेको छ त्यसबाट सोध्ने चलनलाई अंगिकार नगर्ने हो भने यो परीक्षाले थप ओलोचनाको समाना नगनुपर्ला भन्न सकिन्न ।
त्यस्तैगरी विद्यालयमा नियमित ढङ्गबाट शिक्षणसिकाइको प्रक्रियालाई अर्थपुर्ण बनाउन नसक्नु पनि अर्को अदृश्य महत्वपुर्ण कारकतत्वका रुपमा रहेको देखिन्छ ।  यस्ता अदृश्य रुपमा रहेका मुल कारक तत्वहरुले परीक्षार्थी, अभिभाबक तथा परीक्षामा खटिने व्यक्तिहरुलाई गरैजिम्मेवारी बनाउन बाध्य पारिरहेकोछ । एसएलसी विकृतिको मुल जरो नै गलत मनोवैज्ञानिक पक्ष अभिभाबक तथा परीक्षार्थीहरुमा हावी बन्दै जानु रहेकाले गर्दा समयमा नै यस्ता तत्वहरुलाई निरुत्साहित पार्न नसकेसम्म यस परीक्षा प्रणालीमा सुर्धार ल्याउन फलामको चिउरा चपाएझैं कठिन हुने विश्लेषण छ आम सचेत वर्गको । आधुनिकयुगमा परम्परागत प्रणालीबाट चलिरहेको यस परीक्षामा देखिदै आएका चिट चोर्ने र चोराउने संस्कारलाई तिलाञ्जली दिन मन्त्रालयले कुनै ठोस कार्यमुलक योजनाको निर्माण गरी कार्यान्वयन गर्नु आवश्यक देखिन्छ एकातिर भने अर्कातिर शिक्षकले शिक्षण सिकाइ प्रक्रियालाई परीक्षामुखी बनाउनुको सट्टा सिक्ने कुराप्रति लक्षित बनाउन सकेको खण्डमा यो परीक्षा थप मर्यादित बन्दै जाने कुरामा कुनै दुई मत नहोला । यसको साथै अभिभाबक तथा परीक्षामा संलग्न सबै पक्षले आफ्नो कर्तव्य र जिम्मेवारीतालाई गहन रुपले आत्मासात लिने हो भने एकदिन एसएलसी परीक्षा परीक्षाका रुपमा मात्र नभई यसले विद्यालय तहको शैक्षिक अबस्थाको गुणात्मक रुपले मुल्यांकन तथा विश्लेषण गर्ने कुराको कुनै शंका नहोला ।