Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Wednesday, August 26, 2020

एसइइको विगत बर्षसँग यस बर्षको तुलनात्मक अध्ययन ? कति प्रतिशतले बढ्यो त ?


अधिकारको दुरुपयोग भयो कि भएन त्यो विना आधार भन्न सकिन्न तर पनि हाम्रो विद्यालयमा हुने परीक्षालाई थप विस्वासनीय तथा सुधार आवश्यक रहेको स्पस्ट यो तथ्यांकले देखाउछ ।  

Tuesday, August 18, 2020

बैकल्पिक सिकाइ सहजीकरणको अवस्था र आजको दिनमा के गर्न सकिन्छ ?

हालको अवस्था 

  • धनकुटा लगायत सबै जिल्लाका पालिकाहरुले केन्द्रले प्रशारण गदै गरेको टिभिबाट प्रशारण गरिएको कक्षाको बारेमा विद्यालयले सहजीकरण गरिएको ।  
  • केन्द्रले विकास गरिएका सिकाइ सामग्रीहरुलाई छपाई तथा वितरण । 
  • केहि विद्यालयहरुले समुदाय भम्रण गरी सिकाइ सहजीकरण गरिएको । विशेषत विद्यार्थीलाई सिकाइ कार्य दिने गरिएको । 
  • केहि थोरै विद्यालयहरुले माथिल्ला कक्षामा जुम मार्फत सिकाइ सहजीकरण गरिएको ।  
  • धनकुटामा रमाइलो पढाइ दिगो सिकाइको एप् मार्फत नेटमा पहुँच भएकालाई जानकारी दिदै प्रया्ग गर्ने गरिएको तल्ला कक्षाहरुमा । 
  • विद्यालयहरुमा भएका सन्दर्भ पढाइ सामग्री तथा पाठ्यपुस्तक वितरण गरी घरमा नै प्रयोग गर्ने गरी अभिप्रेरित गरिएको । 
  • अनलाइनमा भएका सिकाइ सामग्रीहरुको पहुँचको लागि सामग्रीको सुची बनाइ सबै सरोकारवालाहरुलाई जानकारी दिने गरिएको । 

समस्या 

  • अपेक्षित रुपमा सिकाइ सहजीकरण विद्यालयबाट हुन नसकिएको । 
  • यस सम्बन्धित केन्द्रिय तथा स्थानीयतहबाट स्पस्ट रुपमा दिशा निर्देश गर्न नसकेको अवस्था छ । 

यस समयमा के गर्न सकिन्छ ? 

  • विद्यालयको टीमलाई पालो पालो प्रणालीको विकास गरी विद्यालयको योजना निर्माण लगायत अन्य आवश्यक काम गर्न सकिन्थ्यो । 
  • विद्यालय सुधार योजनाको अद्यावधिक गर्ने । 
  • गत शैक्षिक सत्रको कक्षागत विषयगत उपलब्धी विश्लेषण गरी सुधारको योजना निर्माण गर्ने । 
  • विषय शिक्षकले आफ्नो विषयको शिक्षण सुधार योजना निर्माण गर्ने ।  
  • प्रअले विद्यालयको समग्र पक्षको विकासको सुधारको सुचक सहितको स्पस्ट योजना तर्जुमा गर्ने । 
  •   निश्चित संख्यामा आफ्नो विषयमा शिक्षण गर्नको लागि आवश्यक शैक्षिक सामग्रीहरु निर्माण तथा विकास गर्ने ।  
  • विद्यालयले समुदायमा स्वास्थ्य प्रोटोकलमा बसी एक शिक्षक एक समुदायको नीति अपनाइ पालो प्रणालीमा विद्यालर्थीलाई सिकाइ कार्य तयार पारी त्यसलाई प्रिन्ट गरी वितरण गर्ने र तप सहजीकरण गर्ने ।  
  • विद्यालयले एक समुदाय एक शिक्षित व्यक्तिलाई त्यस क्षेत्रको सहजीकरणको लागि फोकल पर्सन बनाइ सहजीकरण गर्ने ।  
  • नेट पहुँच भएकाको एकिन गरी जुम सिकाइ सहजीकरण गर्ने ।  
  • अभिभाबकहरुको फोन सम्पर्क अद्यावधिक गरी अभिभाबकलाई बच्चाको सिकाइमा सहजीकरण गर्ने ।