Monday, December 20, 2021
Wednesday, December 15, 2021
Thursday, December 2, 2021
विद्यालयमा मासिक शिक्षक बैठक (स्टाफ मिटिङ) कसरी सञ्चालन गर्ने ?
विद्यालय को नाम :
शिक्षकको नाम स्टाफ बैठक मिति:
क्रस |
क्षेत्रहरु |
शिक्षकले आफ्नो प्रतिक्रिया बुँदागत रुपमा तल लेख्ने र
बैठकमा प्रस्तुत गर्ने । |
१ |
तपाईले शिक्षण गर्ने विषयको पाठ कति पुगेको छ ? |
|
२ |
विद्यार्थीहरु नियमित छन् वा छैन ? नियमित नभएका विदयार्थीहरु को को हुन् ? |
|
३ |
विद्यार्थीहरु नियमितताका लागि तपाईंले के कस्ता प्रयासहरु
गर्नु भयो त ? |
|
४ |
तोके अनुसारको कक्षा १ बाट ३ सम्म थिमगत मूल्यांकन वा सो भन्दा माथी आन्तरिक
मूल्यांकनको ब्यवस्थापन प्रभावकारी रुपमा गर्नु भयो ? यदि छैन
भने किन गर्नु भएन त ? |
|
५ |
तपाईसँग तपाईले शिक्षण गर्ने विषयको शिक्षक निर्देशिका वा पाठ्यक्रम वा दुवै
छ ? र सोहि अनुसार शिक्षण गर्ने गर्नु भएको छ ? |
|
६ |
विद्यार्थीहरुको न्युनत्तम सिकाइ सुनिश्चितताको लागि थप शिक्षण वा उपचारात्मक
शिक्षण गर्ने गर्नु भएको छ ? छ भने कसरी र छैन भने किन ? |
|
७ |
विद्यार्थीको सिकाइ उपलब्धीका बारेमा कम्तिमा चौमासिक रुपमा अभिभाबकहरुसँग फोन
वा प्रत्यक्ष भेट मार्फत कुराकानी गर्नुभयो? |
|
८ |
तपाईले शिक्षण गर्ने विषयमा आवश्यक भएका वा तोकेका शैक्षिक सामग्रीहरु
निर्माण गर्नुभयो? यदि भयो भने कति वटा गर्नु भयो ?
|
|
९ |
तपाईले शिक्षण गर्ने विषयमा भोग्नु परेका केहि समस्या छन् ? छन् भने
मुख्य तत्काल सहयोग गर्नुपर्ने बढीमा ३ समस्याहरु
राख्नुहोस् । |
|
१० |
शिक्षण सिकाइ सहजीकरणको सन्दर्भमा आगामी महिनामा तपाई के नयाँ कुरा गर्ने
चाहानुहुन्छ ? |
|
११ |
यो महिना तपाईले तपाईको पेशागत विकासको लागि के नयाँ कुरा पढ्नु भयो वा
सिक्नु भयो ? त्यसको मुख्य कुरा के हो हामीलाई प्रस्तुत गर्नुहुन्छ ? |
|
१२ |
आवश्यकता अनुरुप अन्य सुचक थप्दै जाने…. |
|
………………… ………………..
शिक्षकको हस्ताक्षर प्रअको
हस्ताक्षर
नोट :
शिक्षक बैठक नियमित र सिकाइ केन्द्रित आजको
आवश्यकता हो । महिनाको एक पटक
माथीको ढाँचामा आधारित भइ शिक्षकसँग मासिक स्टाफ बैठक सञ्चालन गर्नु पर्छ । बैठक
पुर्व हरेक शिक्षकले माथीको ढाँचामा आफ्नो प्रतिक्रिया लेखेर तयार गर्ने र बैठकमा
पालैपालो प्रस्तुत गर्ने र आवश्यकता अनुसार सम्बन्धित विद्यालयको
प्रअले सहजीकरण गर्ने । साथै विद्यालयको संक्षिप्त प्रगति प्रतिवेदन तयार गरी पालिका
स्तरीय प्रअ बैठकमा राख्ने । यो फारामलाई प्रअले ब्यवस्थित रुपमा
फाइलिङ्ग गर्नुपर्छ । अन्त्यमा शिक्षक
बैठक सँगै हरेक विद्यालयमा महिनाको कम्तिमा १ दिन सम्बन्धित विद्यालयले
शिक्षण कार्यलाई बाधा नपर्ने गरी आफ्नो विद्यालयको जनशक्ति वा नजिकको
विद्यालय वा स्थानिय जनशक्तिको सहयोगमा शिक्षकको आवश्यकताको विषयवस्तुमा क्षमता
विकास कार्यक्रम सञ्चालन गर्ने अभ्यासको थालनी गर्नु पर्छ ।