Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Thursday, July 23, 2020

महालेखा परीक्षकको ५७ औं प्रतिवेदन २०७७ मा शिक्षा


बजेट सहि कार्यान्वयन भएन भने कसरी सुधार आउला <

महालेखा परीक्षकको ५७ औं प्रतिवेदन २०७७  असारले शिक्षाको क्षेबमा उल्लेख गरेका केहि मुख्य कुरा यस्ता देखिए
  • २ करोड ५० लाखको वित्तिय विवरण नराखिएको ।
  • सहयोगि निकायबाट कार्यक्रममा नराखीकन २ लाख २० हजार २३२ खर्च गरिएको ।
  • एउटै शिर्षकमा ५६ पटक सम्म रकमान्तर गरिएको ।
  • मन्त्रालयको बार्षिक वित्तिय प्रगति प्रतिशत शिशु विकास कार्यक्रममा ६३ प्रतिशत, विद्यालय विकास कार्यक्रममा ७२ प्रतिशत, शैक्षिक गुणस्तर परीक्षण केन्द्रको ६४ प्रतिशत, पढाई सीप विकास कार्यक्रमको ४७ प्रतिशत, पाठ्यक्रम विकास केन्द्रको ४४ प्रतिशत, शिक्षा, मानव स्रोत केन्द्रको ५३ प्रतिशत रहेको छ  । 
  • आव ०७५÷७६ को बजेट व्यक्तव्य अनुरुप कार्यान्वयन हुन नसकेको देखिन्छ । जस्तै, सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर घटेको, संस्थागत विद्यालयमा विद्यार्थी भर्नादर बढेको, सामुदायिक विद्यालयको परीक्षा नतिजा कमजोर रहेकोशिक्षक दरबन्दी मिलान हुन नसकेको ।
  • १४ औं योजनाका शिक्षाका १६ मध्ये १२ सुचकमा कम उपलब्धी भएको । 
  • उच्च शिक्षामा प्रदान गरिएको छात्रवृतिको विवरण नराखिएको ।
  • १ करोड ४४ लाख खर्च गरेर तयार गरेको उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन र १ करोड १ लाख खर्च गरेर तयार गरेको जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलको अध्ययन प्रतिवेदन सार्वजानकारी गरिएको छैन । 
  • निशुल्क शिक्षा भनिएको छ तर राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीबाट कुल १ अर्ब १३ करोड ५ लाख ३१ हजार शुल्क असुलेको देखियो ।
  • विद्यार्थी सिकाइ उपलब्धी अति नै कमजोर रहेको छ । 
  • सामुदायिक विद्यालयका कक्षा ११, १२ का छात्रालाई प्रदान गर्ने छात्रा शिक्षा कोषको खर्च नगरी ४६ करोड  ८६ लाख ६९ हजार रहेको । 
  • शिक्षा पदकको खरिद कार्य यर्थाथपरक तथा मितव्यायी नभएको ।

Tuesday, July 14, 2020

के तपाई आफ्नो क्षेत्रको विषयमा अनलाइन कक्षा लिन चाहानुहुन्छ ?

के तपाई आफ्नो क्षेत्रमा अनलाइन मार्फत सिकाइ, तालिम तथा कुनै निश्चित अवधिका कोर्सहरुलाई व्यवस्थित बनाउदै सिकाइ सहजीकरणको खोजीमा हुनुहुन्छ ? के तपाई अब घरबाटै सिक्न चाहानुहुन्छ ।

यदि त्यस्तो समस्यामा हुनुहुन्छ भने विकास, सिकाइ तथा अनुसन्धान केन्द्र, धनकुटा - Development, Learning and Research Center (DLRC) Dhankuta लाई सम्झनुहोस् । हामी कुनै पनि प्रकारको सिकाइ, तालिम तथा अन्य कार्यक्रलाई अनलाइन मार्फत नै सिकाइ व्यवस्थापन गदै सिकाइ सहजीकरण गर्ने छौं ।  

हाम्रा विशेषताहरु 
  • मुडल (Moodle) मार्फत सिकाइ व्यवस्थापन गरिने । 
  • हरेक सिकाइ सामग्री हरेक कक्षामा राखिने । 
  • छलफल, अन्तरक्रिया गर्न मिल्ने । 
  • कक्षा कार्य, गृहकार्य, परियोजना कार्य, सिकाइ कार्यहरुलाई व्यवस्थित गरिएको । 
  • सिकारुको सिकाइ कार्यलाई तत्काल पृष्ठपोषण दिइने ।   
  • सिकाइको मुल्यांकन गरी प्रमाणपत्र प्रदान गरिने । 
  • दक्ष अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गरिने ।  
  • जुमबाट कक्षा सहजीकरण गरिने । 
  • यो कोभिडको समयमा विद्यालय, उच्च शिक्षा, स्थानीय सरकारहरुलाई अति आवश्यक । 
  • कक्षा सहजीकरण तपाईहरुले नै चाहेको समयमा हुने  । 
  • घरमा नै बसीबसी कक्षा लिन सकिने ।  

हाम्रा सेवाका क्षेत्रहरु 
  • शिक्षक तालिम 
  • प्रध्यानाध्यापक तालिम 
  • निश्चित अवधिको सीपमुलक कोर्स 
  • शिक्षक सेवा आयोगका तयारी कक्षाहरु 
  • अन्य कुनै पनि प्रकारका तालिमहरु, सिकाइ कार्यक्रमहरु तथा कार्यक्रमहरु 
  • कार्यशाला, बैठक 

तलको ठेगानामा सम्पर्क गर्नुहोस् । 

धनकुटा नगरपालिका, धनकुटा 
इमेल dlrcdkt@gmail.com 
सम्पर्क नं ९८५१२१९९५३ 
टेलिफोन नं ०२६५२०४०६ 

कक्षा वा सेसन प्रवेशको लागि 
यहाँ click गर्नुहोस् ।


विस्तृत जानकारीको लागि यहाँ  click 
                               https://dlrcdkt.blogspot.com/
गर्नुहोस् ।  

Thursday, July 9, 2020

शिक्षा बजेटको प्रवृत्ति : कार्यान्वयन सही छ त ?

                                     योगेन्द्र चापागाईं

भखरै तीन ओटै सरकारले आगामी बर्षको लागि बजेट तय गरी सार्वजानिक गरिसकेका छन् । हरेक बर्ष हुने बजेट भाषणमा शिक्षाको बजेटका विषयमा बहस हुने गरेको छ । किनकी शिक्षा क्षेत्र सामाजिक विकास र परिवर्तनको एक सशक्त माध्यम हो । शैक्षिक नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गदै अपेक्षित परिवर्तनको लागि बजेट व्यवस्थापन अनिवार्य छ । बर्षेनी यसरी सुनिने बजेट भाषणले शिक्षा लगायत विभिन्न क्षेत्रमा कस्तो प्रभाव पार्न सकिरहेको छ भन्ने कुराको विश्लेषण आजको आवश्यकता हो । यदि प्रभावको विश्लेषण नगरी बजेट विनियोजन गर्र्नेे परिपाटीले त्यस क्षेत्रको सुधारको अपेक्षा गर्न सकिन्न । हरेक बर्ष छुटाएको बजेटको सहि सदुपयोग कति भएको छ त ? छुटाएको बजेटको कति मात्रा बास्तविक परिवर्तनको लागि खर्च भइरहेको छ त ? कतै हामी बजेटको आकारमा मात्र बहस त चलाइरहेका छैनौं ? भन्ने जस्ता विविध प्रश्नहरु आम सरोकारवालाहरु माझ रहनु स्वभाविक हो । यस लेखमा शिक्षा क्षेत्रको बजेटको प्रवृति र हालको विद्यालय शिक्षाको अवस्थालाई विश्लेषण गर्न खोजिएको छ । 

शिक्षा बजेटको प्रवृति 

सरकारले शिक्षा क्षेत्रलाई प्राथामिकतामा राखेर शिक्षामा लगानी गदै आएको छ । सबैका लागि शिक्षाको विश्वव्यापी अभियान सँगै नेपालको शिक्षा क्षेत्रको लगानीमा क्रमश वृद्घि हुदै आएको छ अवस्था छ । हरेक बर्ष शिक्षा क्षेत्रको रकममा वृद्घि हुँदै आए पनि कुल बजेटको प्रतिशतमा विविधता रहेको छ ।  सन् १९९० को दशकबाट शिक्षा क्षेत्रको बजेट प्रतिशतमा क्रमश वृद्घि हँुदै आव २०६७÷६८ मा पुग्दा शिक्षाको बजेट कुल बजेटमा १७.१ प्रतिशतमा पुगेको थियो ।  जुन अहिले सम्मकै उच्च प्रतिशत हो । त्यसपश्चात क्रमश ओरालो लागेको शिक्षाको प्रतिशत आव २०७४÷७५ मा ९.९ प्रतिशतमा पुगेको थियो भने त्यसपश्चात फेरी क्रमश बढेको देखिन्छ । आगामी बर्ष आव २०७७÷७८ को लागि सरकारले शिक्षा क्षेत्रमा कुल बजेटको ११.६८ प्रतिशत विनियोजन गरेको छ ।