Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Thursday, February 6, 2014

के पहिलो रोजाइमा पर्छ त त्रिवि अब ?

यहि फागुनको पहिलो साता देखि त्रिविले सवै केन्द्रिय विभागहरुमा सेमेस्टर प्रणाली लागु गर्ने अन्तिम तयारी गरिरहेको छ । आम विद्यार्थीहरु केन्द्रिय विभागहरुमा कहिले भर्ना खुख्ला होला भनेर पर्खिरहेको अवस्थामा ठूलो र पूरानो विश्वविद्यालयको यस साहासिक कदमको विषयमा एतिखेर चर्चा बहसको दर बढेको छ । सेमेस्टर प्रणाली  अन्र्तगत छोटो समयमा नै परीक्षा तथा नतिजा प्रकाशन हुने, खचाखच विद्यार्थीको समस्या नहुने, अनुसन्धानमूलक अध्ययन हुने, शिक्षण सिकाइ प्रक्रिया प्रयोगात्मकमुखी हुने, गाइड गेसपेपर प्रतिको निर्भरतामा कमी आउने, अर्थपूर्ण सिकाइ हुने, प्रवेश परीक्षाको व्यबस्थाले क्षमतावान तथा योग्य विद्यार्थीहरुको प्रवेश हुने, वैज्ञानिक मुल्यांकन प्रणाली को अबलम्वन गर्न सकिने जस्ता राम्रा विशेषताहरुले पनि यस प्रति धेरै विद्यार्थी तथा प्राध्यापकहरुको भुकाब रहनु स्वभाविक नै हो । यस प्रणाली मार्फत आफ्नो गुम्न लागेको अस्तित्वलाई जोगाउदै अग्रणी छनोटमा त्रिविलाई पार्ने कोशीसमा कसिएको छ त्रिवि यतिखेर । यस्तो महत्वपूर्ण निर्णयको समर्थनमा कसिएका एकथरी समुहलाई चुनौती दिदै अर्काथरी मानिसहरु यो प्रणाली २०२८ मा लागु भएको सेमेस्टर प्रणाली र २०६२  देखि २०६७ सम्म लागु भएको आन्तरिक परीक्षणको अबस्था जस्तै हुने तर्क गरिरहेका छन् । वास्तबमा पूर्व योजना तथा तयारी विना नै यो प्रणाली त्रिविमा सम्भब छ र? भनेर प्रश्न गर्ने जमात पनि ठूलो नै छ । आवश्यक तयारी विना नै  लागु हुने क्रममा रहेको यस प्रणलीमा पढाइ गुणस्तरीय नभई नाम मात्रको सेमेस्टर प्रणाली त हुने होइन भन्ने चिन्ता आजभोली धेरै  को छ । यस प्रक्रिया लाई कार्यान्वयनमा लैजाने क्रममा त्रिविले धेरै चुनौतीहरुको सामाना गर्नु पर्ने देखिन्छ ।
पुरानो प्रक्रियालाई नयां प्रक्रियामा ढाल्न. त्रिवि आंफैमा ठूलो संरचना भएको संस्था भएकाले यसलाई छपन्न वटा आंगिक क्याम्पस र नौ सय भन्दा बढि सम्वन्धन प्राप्त क्याम्पसहरुलाई  सेमेस्टर प्रणाली अन्र्तगतको प्रक्रियाका क्रियाकलापका ढाल्नु र त्यस्ता क्रियाकलापहरुलाई छिटो छरितोमा सम्पन्न गर्ने व्यबस्था मिलाउनु भनेको उसलाई फलामको चिउरा चपाए जस्तै हूने छ ।
संभ्रान्त वर्ग केन्द्रित शिक्षाको आरोप. त्रिविले मानिसको गुणस्तरीय शिक्षा लिने नैसर्गिक अधिकारलाई हनन गदैछ भन्ने आरोप पनि लाग्दैछ । किनकी तत्काल रुपमा देशभर यो प्रणाली लागु नहुने अबस्था छ एका तर्फ भने अर्का तर्फ यो प्रणाली कीर्तिपूरमा मात्र सीमित हुने देखिने हुनाले गरिब, सीमान्त तथा कर्णाली लगायत दुर्गम जनताका छोराछोरीले कीर्तिपुरमा डेरा लिएर मासिक करिब छ हजार भन्दा पनि बढि रकम त्रिवि लाई र आफ्नो बसांइ व्यवस्थापन गर्न सक्दैनन् । फलस्वरुप हुदा खाने समूहका छोराछोरीहरु यस्तो अवसर बाट बञ्चित हुने संभावना धेरै छ र यो हुने खाने संभ्रान्त वर्गका लागि मात्र बन्दै जांदै छ । शैक्षिक अवसरमा हुने यस्तो असमानता ले भविस्यमा ठूलो नकारात्मक असर नल्याउला भन्न सकिन्न ।
भौतिक पुनसंरचना. भइरहेको भौतिक संरचना लाई सेमेस्टर प्रणालीमा लैजान त्रिवि लाई ठूलो चुनौति देखिन्छ । कस्तो हांसो उठ्दो कुरा छ . जस्तै शिक्षाशास्त्र संकाय को अंग्रेजी शिक्षामा तीन सय जना विद्यार्थी भर्ना गर्ने तयारी त्रिविले गरेको छ । जबकी अंग्रेजी शिक्षा ले हाल तीन वटा मात्र कोठा पाइरहेको अवस्थामा तीन सय लाई कति समूहमा विभाजन गर्ने ? के एक समूहमा एक सय राख्ने ? तत्कालै कुनै नयां भबन सम्पन्न हुने अबस्था पनि देखिदैन । नयां पाठ्यक्रम प्रयोगात्मक हुने हुदा भौतिक संरचना के प्रयोगात्मकमैत्री छन् त भन्ने प्रश्नहरु पनि उठ्नु स्भाविक नै हो ।
केन्द्रिकृत पद्धति लाई विकेन्दिकरणमा लैजान . हालको अबस्थामा रहेको केन्द्रिकृत कार्य व्यबस्थालाई कटौती गरी तल्ला तह सम्म पुर्याइ सेमेस्टरमैत्री बनाउन त्रिविलाई थप जटिलता देखिन्छ । किनकी यसको सञ्जाल गाँउगाँउ सम्म भएकाले देशभर यो प्रणाली लागु हुन नसक्ने  तर्क धैरैको छ । साथै सो अनुरुपको कार्य व्यबस्थालाई व्यबस्थापन गर्न सक्ने भौतिक तथा मानविय स्रोत साधन छ त भन्ने प्रश्न उठ्नु पनि जाएज नै हो ।       
एउटै संकायका धैरै रुप. त्रिविले देशभर एकै चोटी नयां प्रणाली लागु गर्न नसक्ने हुंदा एउटै शैक्षिक सत्रको एउटै संकायमा धेरै थरीका विद्यार्थीहरु (सेमेस्टरवला, पुरानावला, अझ पुरानाको पनि पुरानावला) हुनेहुंदा तिनीहरुका लागी परीक्षा सञ्चालनको व्यबस्था, नतिजा प्रकाशन लगायतका प्रक्रियागत कार्यहरुको व्यबस्थापनको कार्यले त्रिविलाई आर्थिक, सीपयुक्त जनशक्तिको परिचालन लगायतका धेरै पक्षहरुमा थप जटिलताको सिर्जना हुने लगभग निश्चित नै देखिन्छ ।
पुरानो मानसिकतामा परिवर्तन . त्रिविका सवै कर्मचारीहरु, प्राध्यापकहरु, विद्यार्थी भनौदा राजनीतिक दलका नेताहरु, आम विद्यार्थीहरु तथा सवै सरोकारवला व्यक्तिहरुको मस्तिष्कमा भएको पुरानो मान्यता तथा मानसिक चित्रलाई परिवर्तन गरी आफ्नो पेशा वा कर्तव्य प्रति प्रतिबद्ध बन्न प्ररित नगरेसम्म हात्ति आयो हात्ति आयो फुस्सा भने भैं नहोला भन्न सकिने अबस्था छैन ।
शिक्षण सिकाइ तथा मूल्याकन प्रक्रियामा परिवर्तन . सेमेस्टर प्रणाली भनेको दुई बर्षेमा पढाउने विषयबस्तुलाई चार भागमा पढाउनु मात्र नभएकाले गर्दा छ । छ महिनामा समाप्त हुने समय सान्दर्भिक, व्यवहारिक तथा अर्थपुर्ण विषयवस्तु राखिएको पाठ्क्रम बनाउने काम चुड्की को भरमा सम्भब देखिदैन । त्यसैगरी शिक्षण सिकाइ प्रक्रिया पनि लेक्चर बाट डिस्कोभरी तथा रिसर्ज केन्द्रित बनाउन अनि त्यस्ता विधि अन्र्तगतका क्रियाकलापहरु केन्द्रित सामाग्रीहरुको प्रबन्ध गर्ने कामले त्रिविलाई एक सय तिन डिग्रीको ज्वरो ल्याउन नसक्ला भन्न सकिदैन । त्यसैगरी वैज्ञानिक तथा आधुनिक प्रक्रिया केन्द्रित ग्रेडिङ्ग प्रणालीको प्रयोग गर्नु यसका लागी थप टाउको दुखाइ बन्न सक्छ ।
विद्यार्थी नेताहरु बाधक. सेमेस्टर प्रणालीको विरोधमा उत्रिएको स्ववियलाई वा विद्यार्थी नेताहरुलाई हालको अबस्थामा मनाउनको लागि त्रिविले स्ववियूको निर्वाचन वैशाख २० गते गर्ने तयारी गदैछ । तत्कालको लागि यो समस्या समाधान को उपाय भएपनि पछि त्यहि स्ववियू तथा विद्यार्थी नेताहरुको गुन्डागर्दी र उनीहरुको राजनीतिक गतिविधिले सेमेस्टर प्रणालीका गतिविधिहरु  नै प्रभावित हुने अनुमान धेरैको छ ।
प्रवेश परीक्षामा हुनसक्ने अनियमिता. अब त्रिविले सवै संकायमा प्रवेश परीक्षा लिने तयारी गरेको छ । त्यहि प्रवेश परीक्षा नै सेमेस्टर प्रणालीको अबसानको शुरुवात हुने होइन भन्ने शंका धेरैको छ । प्रवेश परीक्षामा घुस खुवाउने  तथा भनसुन गर्ने प्रवृति, प्रश्नपत्र निर्माणमा अनियमित कार्य हुनसक्ने सम्भावना उनीहरु गर्दछन् । वास्तबमा यो सही पनि देखिन्छ किनकी त्रिविका अरु संकायमा पनि यस्तो प्रवृति भने देखिदै नआएको भने होइन ।  
यिनका साथै आर्थिक, प्राज्ञिक लगायतका सृक्ष्म तथा वृहत चुनौतिहरुको सामना गर्नु पर्ने देखिन्छ यो प्रणालीको कार्यान्वयनको क्रममा अबका दिनमा त्रिविले । बदलिदो परिवेश अनुसारको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सक्ने जनशक्तिको उत्पादन हुनु आवश्यक देखिएको अबस्थामा जस्तो सुकै चुनौतीहरु पनि सामना गर्नसक्नु पर्छ । त्यस्ता चुनौतीहरुलाई समाधान गर्ने योजना तथा उपायहरु खोज्दै त्रिविले आम विद्यार्थीहरुको पहिलो रोजाइको केन्द्रविन्दु बन्न सक्नुपर्दछ । गरिब, सीमान्त तथा कर्णाली लगायत दुर्गम जनताका छोराछोरीका लागि विशेष छात्रवृति तथा सुविधाको व्यबस्था गर्नु नितान्त आवश्यक छ । टुरिस्ट तथा हेल्मेट शिक्षकहरुको  विपक्षमा रहेको यस गहन निर्णयलाई सफलतापूर्वक कार्यान्वयनमा लैजान सवै वर्गले आआफ्नो तहबाट सहयोग गरेको खण्डमा त्रिविले  नयां काँचुली फर्ने कुरामा कसैको पनि दुई मत नहुनुका साथै यसले आफ्नो पुरानो साख जोगाउने त निश्चित नै छ त्यसमा पनि उच्च स्तरीय सीपमूलक जनशक्तिको उत्पादनले बेरोजगारी समस्या पनि केहि मात्रामा हल हुने अनुमान लगाउन सकिन्छ । 
Published  in rajdhani newspaper or link http://rajdhani.com.np/en/2012-06-26-14-07-48/22301-2014-02-04-23-52-14

No comments:

Post a Comment