Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Sunday, February 23, 2014

“यौन विकृतिले जेलिदैछ नेपाली समाज”

                                                                                                            
                                                                                                               
                                                                                                                                        योगेन्द्र चापागाईं
जाजरकोटमा एक व्यक्तिले सुस्तमनस्तिथिकी किशोरीलाई बलात्कार गरेको घटना हिजो मात्र आएको थियो । केहि समय अगाडी एक प्रेमीले यौन सम्पर्कको विषयलाई लिएर कैलालीमा दुई युवतीको हत्या गरेका थिए । त्यसैगरी माघ अन्तिम हप्ता खोटाङ्गमा आफ्नै छोरीमाथि एक बुवाले बलात्कार गरेको घटना बाहिर आएको थियो । भक्तपुर चारदोबाटोमा पनि केहि समय अगाडी कलेज पढ्ने युवतीले आफ्नो सुसाइड नोटमा आत्माहत्याको कारण प्रेम सम्बन्धमा भएको खटपटी उल्लेख गरेकीथिन् । संखुवासभामा सोह्र बर्षिय एक युवाले यौन सम्बन्ध राख्न नदिएको झोकमा तीन जनाको हत्या गरेका थिए । ट्युसन पढाउने एक व्यक्तिले मोरङको केराबारीमा राम्ररी बोली समेत नफुटेका बालबालिका माथि यौन दुव्र्यवहार गर्ने गरेको खुलसा पनि नभएको होइन । यी त फरक फरक परिस्थितिमा घटेका प्रतिनिधिमुलक घटनाहरु मात्र हुनसक्छन् जुन यौन र यौन विकृती संगै जौडिएका छन् । आजको विश्व यौनजन्य विकृतिबाट मुक्त छ भन्ने कुनै गतिलो आधार प्रस्तुत गर्न कठिन भइरहेको अबस्थामा प्रति सेकेण्ड यौन विकृतिका घटनाहरु विश्वसामु घट्ने गरेको कुरालाई कसैले पनि नर्कान सकिन्न ।
आज नेपाली समाजमा घटेका वा देखिएका हरेक यौनजन्य परिदृश्यले उत्तरआधुनिकवादको परकाष्ठा मात्र नाघेको छ्रैन की नेपाली समाजमा देखिएका हरेक यस्ता घटनाहरुले समाजलाई कतातिर लान खोजिरहेको छ भन्ने प्रश्नले आज रामै्र स्थान बनाउन सफल भएको देखिन्छ । अझ स्पस्ट रुपमा भन्ने हो भने त हाम्रो नेपाली समाजले वर्तमान परिप्रक्ष्यमा यौनविकृतिको परकाष्ठालाई अन्धो भएर ग्रहण गरिरहेको गुनासो धेरैको छ । यहाँ पतिपिडित पत्निका यौनजन्य घटनाहरुले मात्र स्थान पाइरहेका छैनन् की पत्नी पीडित पतिका घटनाले पनि व्यापक स्थान बनाउदै गरेको अबस्थामा प्रेमीपीडित प्रेमिकाका घटनाहरुको थुप्रोले  पनि  राम्रै स्थान बनाइरहेको देखिन्छ ।  राष्ट्रिय महिला आयोगको तथ्याकं तथा विभिन्न सञ्चारका साधनहरुले प्रवाह गर्ने सुचनाहरुलाई अध्ययन गर्ने हो भने पनि  नेपाली समाजमा यौनजन्य विकृतिको दर ज्यामितिय अनुपातमा बढेको कुरा आमजनता सामु छर्लङ्गै नै छ । त्यसमा पनि हजारौं सानाठूला यौनविकृृतिका घटनाहरु बहिर सार्वजानिक नभएको तथ्यलाई सहजै अनुमान लगाउन सकिन्छ । यहाँ पुरुषबाट महिलामात्र बलात्कृत छैनन् महिलाबाट पनि पुरुष बलात्कृत हुने गरेको यर्थाथलाई कसैले पनि नर्कान सकिन्न । त्यसैगरी कलेज तथा स्कुलका विद्यार्थीहरु उनीहरुकै शिक्षकहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गबाट शोषित बन्नु परेका घटनाहरु मात्र बाहिर आएका छैनन् नाबालिकामाथि पनि आफ्नै बावुबाट गरिने यौन दुव्र्यवहारका घटनाहरु पनि सुचनासञ्चारका मुख्य विषयबस्तु बन्दै आइरहेको यस अबस्थामा मिडियाका महिला कर्मचारीमात्र पिडित छैनन् यहाँ धेरै निजी अफिसमा काम गर्ने महिलाहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट यौन दुव्र्यवहारको  सामना गर्नु परिरहेको विश्लेषण छ धेरैको । सेक्स स्कान्डलकै कारण नेपाली चलचित्रले धेरै अभिनेत्रीहरु गुमाउनु परेको तितो यथार्थ हाम्रो सामु मात्र होइनकी आश्रय गुमाए पछि अनाथलयमा पुगेका बालिकामाथि त्यसकै संरक्षकबाट भएको  यौनशोषणको खबरले  पनि हाम्रो समाजले यौन विकृतिलाई कुन हद सम्म सहिरहेकोछ त भन्ने कुरा स्पस्ट नै गर्दछ । गाँउका साधरण पसलबाट बजारका होटल रेस्टुरेन्टमा कयौं किशोरीहरुलाई बन्धक बनाइ सम्पन्न बन्ने धुनमा लागेका व्यक्तिहरुको समुह पनि ठुलो नै देखिन्छ ।
यौन चाहना व्यक्तिको आधारभुत आवश्यकता हो । यस विना मानव विकासको कल्पना गर्नु निर्थक हुने हँुदा यसलाई नियन्त्रित वा दबाई राख्नुपर्छ भन्ने मलाई  लाग्दैन तर पनि यौन चाहना पुरा गराउने नाममा गरिने हरेक क्रियाकलापहरु गर्दा सामाजिक, बौद्घिक प्राणी नभएर हामी आममानिस  पशु समान त हुन खोजी रहेका छैनौं भन्ने बुझ्नु आवश्यक छ । यौन केन्द्रित आवश्यकता पूरा गर्ने सिलसिलामा सामाजिक तथा साँस्कृतिक मूल्यमान्यता विपरित गरिने जुनसुकै यौनजन्य क्रियाकलापहरुलाई यौन विकृति भन्ने  गरिन्छ । यौन विकृति व्यक्तिमा आउने यौन विचलनको परकाष्ठा हो । व्यक्तिमा हुने यौन विचलनले नै समाजमा यौन विकृतिको दरलाई खरायोको गतिमा वृद्घि गरेको अनुमान धेरैको छ । यो एउटा त्यस्तो मनोविज्ञान हो जसमा व्यक्तिले अप्राकृतिक शैलिको यौन व्यवहार प्रर्दशन गर्दछ । साथै यसको सम्बन्ध इड परसानिलिटीसँग हुनेहँुदा तत्काल सन्तृष्टि प्राप्त गर्ने नाममा सामाजिक मल्य, मान्यता, नियम, परिधिलाई नाघेर व्यक्तिले यौनजन्य व्यवहारहरु प्रर्दशित गर्दछ । व्यक्तिमा किन यौन विकृतिको मनोवृति मौलाउदै जाँदैछ हाम्रो समाजमा ? के यसले भविष्यमा भयानक परिस्थितिको सिर्जना त गर्ने होइन ? भन्ने प्रश्नको जवाफ खोज्नु वर्तमान समयको अपरिहार्य आवश्यकता देखिन्छ ।
हाम्रो समाजका कयौं विवाहित दाम्पत्यहरु डिभोर्स प्रक्रियामा लाग्नुको पछाडी रहेका धेरै कारणहरु मध्ये व्यक्तिको यौनजन्य आपराधिक मनोवृति र त्यसबाट सिर्जना भएका घटनाक्रमहरु नै प्रमुख रहेको विश्लेषण धेरैको छ । त्यसैगरी आफ्नो लोग्ने वा श्रीमति विदेश वा कुनै काम विशेषले अन्यत्र जाँदा परव्यक्ति संगको सम्बन्ध र त्यसबाट उत्पन्न भएका भयानक परिस्थितिजन्य घटनाहरुको पछाडी पनि यस्तो मनोवृति नै हावी हुंदै गएको कुरा आम विश्लेषकहरुको रहेको छ । व्यक्तिमा यस्तो मनोवृति बढ्नुमा जैविक तथा वातावरणीय दुवै तत्वहरुको भूमिका अहम् हुने कुरामा कसैको पनि शंका नभएता पनि सञ्चार माध्यमबाट व्यक्तिले सिक्ने यौनजन्य गलत सिकाइको पछाडी उसले प्राप्त गर्ने पुनर्बलीय उद्धिपक यसको प्रमुख कारण बनेको तितो यथार्थ हाम्रो परिवेशमा विद्यमान नै छ । पश्चिमेली संस्कृति र जीबनशैलीलाई गलत ढङ्गबाट अनुकरणीय मान्ने प्रवृतिले व्यापकता पाउनु, विद्युतीय सञ्चारका साधनहरुलाई गलत रुपमा प्रयोग गर्ने परिपाटी ह्वातै बढ्नु, उपभोक्ताबादी मनोवृति मौलाउदै जानु,  खुल्ला तथा उदारतन्त्रको अबधारणालाई गलत रुपमा बुझ्नु, व्यक्तिले सान्दर्भिक सही सूचनाहरु प्राप्त गर्न नसक्नु व्यक्तिलाई उत्तेजित पार्ने लुवाई खुवाई, हाउभाउ, बस्त्र आदीको प्रयोगमा व्यापकतामा बढ्नु, बेरोजगारी, तनाव, निराशा तथा फुर्सतको समयमा वृद्घि हुनु, मानसिक अस्वस्थता बढ्नुका साथै व्यक्तिमा स्नेह तथा सुरक्षाको महशुसमा कमी हुदै जानु लगायतका तत्वहरुले व्यक्तिमा यौनजन्य गलत मनोवृतिलाई प्रशय दिइरहेको गुनासो सर्वसाधारण जनताहरुको रहेको छ । त्यसमा पनि यस्ता घटनाहरु बढ्नुमा मोबाइल र इनटरनेटको दुरुपयोगको ठुलो हात रहेको उनीहरुको जिक्कीर छ । व्यक्तिहरुका विकसित हुदै गएको यस्तो मनोवृतिले आफ्नो सामाजिक मान प्रतिष्ठालाई नै धज्जी उठाउनुका साथै पारिवारिक सम्बन्धलाई नै धरापमा पार्ने गरेको देखिन्छ । फलस्वरुप त्यस्ता गतिविधिले व्यक्तिलाई झन् आपराधिक क्रियाकलापमा लाग्न प्रोस्साहित गर्ने गरेको तथ्यहरु विभिन्न अध्ययनहरुले देखाएको पाइन्छ ।

सेक्सुअल डिजाएर नहुने सम्भवत मानब हुदैन होला । यो प्राकृतिक र स्वभाविक प्रक्रिया हो तर पनि आफ्नो आधारभूत आवश्यकता पुरा गर्ने नाममा र स्वतन्त्रताको खोल ओडेर सामाजिक मुल्य, मान्यताको घेरा भन्दा बाहिर गएर त्यस्ता कार्यहरु गर्नु असान्र्दभिक हुने हुँदा सवैले आआफ्नो “सोसल स्टाटस तथा रोल” लाई ध्यान दिदै आफ्नो यौनजन्य इच्छा पूरा गर्नु उचित हुनेमा कसैको पनि दुई मत नहोला । समाजमा घट्ने यस्ता यौनविकृतीजन्य घटनाहरुलाई तिलाञ्जली दिन अपराध पछि दण्ड वा सजाय दिनु भनेको आजको वैज्ञानिक तथा आधुनिक युगकै लाहाचारीपुर्ण कार्य हो भन्ने कुरामा सवैको एकमत हुने हुँदा विश्वलाई नै चुनौति दिनेगरी मौलाउदै गएको यस समस्याले निम्ताउन सक्ने भयनाक भविष्यको अबस्थालाई समयमा नै सोच्ने हो भने विद्यालय तह देखि नै यौनशिक्षा तथा यौनविकृती सम्बन्धी जनचेतना जगाउने विषयवस्तुलाई समावेश गरी छुट्टै कोर विषयका रुपमा विकास गर्नुपर्न एकातिर देखिन्छ भने अर्कातिर विद्यालय तहबाटै विद्यार्थीहरुलाई परामर्श सेवाको व्यबस्था गराइ व्यक्तिको मनोवृतिलाई सधैं रचनात्मक तथा सकारात्मक कार्यमा लाग्ने वातावरणको सिर्जना गर्नुपर्ने देखिनुका साथै व्यक्ति स्ंवयम्ले पनि यस प्रति सचेत रहनु वर्तमान परिस्थितीको अनिवार्य आवश्यकता बनी सकेको देखिन्छ । यौनविकृतिबाट जेलिदै गरेको यस समाजलाई बचाउन समयमा नै ध्यान नदिने हो नेपाली समाजले भविष्यमा ठुलो क्षतिको सामना नगर्नुपर्ला भन्न सकिन्न ।
  समाप्त ।

















No comments:

Post a Comment