Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Wednesday, December 17, 2014

लेटर ग्रेडिङको औचित्य

विद्यालय तहको सिकाइ सुधारको अभिप्रायले प्रारम्भिक पढाइ कार्यक्रमको निर्माणमा विज्ञहरु ब्यस्त भइरहेको बेला यतिखेर सरकारीले एउटा गम्भिर निर्णय गरेको छ । विद्यालय स्तरीय सिकाइ उपलब्धीको मुल्याकन गर्ने अन्तिम परीक्षामा सहभागी हुने कोही पनि विद्यार्थीहरु फेल नहुने ब्यबस्था सरकारले गरेकोछ । पाठयक्रम विकास तथा मुल्यांकन परिषद्को सकारात्मक तथा समसामहिक निर्णयसंगै यस पटक प्राविधिक तहको एसएलसी परीक्षाबाट शुरु हुने लेटर ग्रेडिंग प्रणालीले चैत्रको पहिलो हप्तामा अभिभाबकहरुको भागदौडमा कम ल्याउने निश्चित छ । त्यसैगरी जेष्ठआषाढ तिर सहभागी भएका करिब आधा भन्दा बढीे विद्यार्थीहरुले कम गाली खालान्, उनीहरुमा चरम मानसिक पिडा कम होला एकातिर भने अर्कोतिर सामाजिक प्रतिष्ठाका रुपमा रहदैआएको एसएलसीको नतिजाले निम्ताउने आत्माहत्याको दरमा कमी नआउला बन्न सकिन्न तर यस निर्णयले भनायक दुर्घनाको संकेतको त गरिराछैन भन्ने प्रश्न जन्माएको छ । 

लेटर ग्रेडिंग प्रणाली आंफैमा राम्रो भएता पनि नेपालको वर्तमान शैक्षिक धरातलमा यो सान्र्दभिक नहुनु अर्थात यस सकारात्मक निर्णयले ल्याउन सक्ने दुष्परिणामका केहि आधारहरुलाई यहां बुझ्नु आबश्यक हुन्छ । अहिलेको मुद्घा के ? वर्तमान विद्यालयको शैक्षिक अबस्थालाई ग्राउन्ड लेबलबाट वा करेन्ट मुद्घालाई नजिकबाट नसोची शहरमुखी परिबेशलाई पांचतारे होटेल, ठुल्लठुला महलमा बसेर विदेशीहरुले बनाएका जस्ताका तस्तै शैक्षिक मोडेल तथा अबधारणाहरुलाई विना मोडिफीकेशन प्रयोगमा ल्याउन गरिने शिक्षाका निर्णयहरु सिकाइ गुणस्तरका बाधक बन्दै गएकाछन् । के अहिलेको मुद्घा विद्यार्थीलाई फेल हुदैनन् भन्ने सन्देश विश्व बजारमा संप्रेशण गर्ने हो की विश्व बजारसंग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने हो ? हाम्रो देशमा प्राथामिक तहको सिकाइ उपलब्धी एकदमै कमजोर भएको परिस्थीतिमा गुणस्तरीय सिकाइलाई सिकारुमा सुनिश्चित हुने वाताबरणको सिर्जना नगरी ग्रेटर प्रणाली प्रयोगमा ल्याउदा यसले भनायक परिस्थीतिको सिर्जना नगर्ला भन्न सकिन्न । के त्यसका लागी हाम्रो विद्यालयीय वाताबरण सामना गर्न सक्षम छ त भन्ने प्रश्न उठाउंछ । 

यथास्थितिमा के औचित्य छ ? ८४ औं बर्षबाट रुमलिदै आएको परम्परगत अंकन प्रणालीलाई यहि परिबेशमा लेटर ग्रेडिंग प्रणाली सभ्भब देखिदैन । परम्परागत पाठ्यक्रमको ढांचा, सौद्घान्तिक हावी भएको विद्यालयको विषयबस्तु, परम्परागत शिक्षण सिकाई प्रक्रिया, प्रश्न निमार्णको शैली, अंकन प्रदान गर्ने नेपाली बौलाहा प्रवृतिमा परिबर्तन नगरी हाम्रो देशको विद्यालय तहको अन्तिम परीक्षामा कोही पनि असफल हुदैनन् भनेर ठुलो नाक विदेशीसंग देखाउनुको कुनै औचित्य देखिदैन केबल यो त पुरानोको सट्टा नयां अंकन प्रणालीमात्र हुन जान्छ ।  
विना तयारी कसरी ? कुनै पनि ठोस योजना तथा तयारी विना लेटर ग्रेडिगको प्रयोग गर्नु भनेको समुन्द्रमा आंखा चिम्लेर हाम फाल्नु सरह हो । के सरकारसंग यस प्रणालीले पार्ने नकारात्मक परिणामको ब्यबस्थापन गर्ने कुनै योजना छ ? लेटर ग्रेडिंग प्रणाली भनेको खाली ३२ अंकलाई हटाएर अंकलाई अक्षरमा परिबर्तन गरी फेल नपार्नु मात्र होइन होला । यो भनेको त कुनै निश्चित अंक विना वा अंकलाई प्रमुख आधार नबनाइ ननटेस्टीङ डिभाइसका साधनको उच्चतम प्रयोग गदै कुनै अबधिमा विद्यार्थीले हासिल गरेको सिकाइ उपलब्धीलाई अक्षरमा अंकन गर्ने प्रक्रिया होला । यसमा अंकन भन्दा पनि स्तर निर्धारण प्रमुख हुने हुन्छ । यससंगै सुधारात्मक शिक्षण तथा त्यसको ब्यबस्थापन कसरी गर्ने भन्ने कुरामा समेत सरकारसंग कुनै ठोस योजना  छन्  ? यी लगायत धेरै विषयमा सरकारले विना तयारी यो प्रणाली लागु  गर्दा देशले ठुलो क्षति भोग्नुपर्ने देखिन्छ । 

क्यासबाट पाठ के ? लेटर ग्रेडिंगको मुख्य आधार भनेको गुणस्तरीय सिकाइ हो । गुणस्तरीय सिकाइको मुख्य आधार भनेकै क्यास हो जसमा विद्यार्थीको निरन्तर मुल्याकन गर्ने, कक्षोन्त्तर गर्ने, आवश्यक सुधारात्मक कक्षा सञ्चालन गर्ने हो तर यस अबधारणालाई फेल नै गर्नै नमिल्ने भन्दै सिकाइ उपलब्धी हासिल नगरेकालाई पनि अर्को कक्षामा उत्र्तिण गराउनाले आधारभुत तहको सम्रगमा विद्यालय तहकै सिकाइ गुणस्तर ध्रस्त हुदैगएको यस परिवेशमा यसले समेत  थप ध्रस्त नबनाउला बन्ने कुनै आधार दिदैन । राम्रा शिक्षक नहुंदा क्यासले गलत बाटो लिइरहेको अबस्थामा के हाम्रा शिक्षकहरु सिकारुमा गुणस्तरीय सिकाइलाई सुनिश्चित गर्न सक्षमछन् त ? के त्यसका लागी लेटर ग्रेडिंगलाई आधार बनाउन हाम्रा शिक्षकहरुमा सीप, जागरुक्त्ता छ  भन्ने कुराको विश्लेषण नै नगरी यो प्रणाली लागु गर्दा क्यास तथा लिभरल प्रमोशनले पारेको प्रभाब भन्दा डरलाग्दो प्रभाब नर्पाला भन्न सकिन्न । 

माथिबाट तल ठीक हो त ? लेटर ग्रेडिंग प्रणालीमा सरकारले गरेको निर्णयले भविष्यमा ल्याउने दुष्परिणाम मध्ये अर्को एक आधार भनेको एकै चोटी यो एसएलसीमा मात्र लागु गर्नु हो । आधारभुत तहमा लागु नगरी एकैचोटी यस तहमा मात्र लागु गर्दा आधार बलियो नहुने र त्यसले सिकारुको सिकाइ सुनिश्चितमा बाधक बन्ने हुंदा समयमा नै आवश्यक तयारीको अपरिहार्यता देखिन्छ । शिक्षकहरुको परम्परागत सोचाइ ब्यबहारलाई परिर्बतन गरी गुणस्तरीय सिकाइमा लक्षित हुदै शुरुवाती कक्षाहरुमा निरन्तर मुल्याकन र सुधारात्मक शिक्षणलाई संगसंगै लगेर लेटर ग्रेडिंग  प्रणाली लागु नगर्दा यसले सकारात्मक परिणाम ल्याउनेका धेरैको आशंका छ ।  
यस प्रणाली लागु भएसंगै  तिन घन्टे परीक्षाका आधारमा हुने पासफेल वा श्रेणीकरण गर्ने ज्यादै अब्यबहारीक र अवैज्ञानिक प्रणालीको अन्त्य त होला तर अहिलेकै परिस्थितिमा यस प्रणालीलाई कार्यान्वयनमा लैजाने हो भने नेपाली शैक्षिक अबस्था थप अस्तब्यस्त हुनेमा कुनै संका नहोला । विद्यालय तहको परीक्षामा अनुत्तिर्ण घोषित गर्दा विद्यार्थी,अभिभाबक, समाज तथा राष्ट्रको नै स्रोत, साधन र समयको लगानी बालुवामा पानि खनाए सरह हुने एकातिर भने अर्कोतिर नतिजालाई लाई लिएर विद्यार्थीहरुले आत्माहत्या गरे भन्दैमा यथास्थिति परिवेशमा यसको कार्यान्वयनले सिकाइ उपलब्धी झन खस्काउनेमा धेरैको आंशका छ । समस्या समाधानको सट्टा एसएलसीको रोग अब बाह्र कक्षाको परीक्षामा सर्ने स्पस्ट देखिन्छ । उमाविका शैक्षिक भ्रष्ट माफियाहरु थप सल्बलाउने एकातिर देखिन्छ भने अर्कोतिर सरकारी विद्यालयबाट अन्तिम ग्रेडमा पास गर्नेहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपर्ने देखिन्छ किनभने उमावि सञ्चालन गर्ने निजी सञ्चालकहरु नाफामुखी नभएका कुरालाई विगतले प्रमाणित गर्ने सक्दैन । करिब पांच लाख भन्दा बढी विद्यार्थीहरुलाई धान्ने सक्ने उमाविको शैक्षिक, प्रशासनिक, भौतिक तथा प्राज्ञिक अबस्था देखिदैन । उमाशिपलाई आफ्नो नियन्त्रणमा राख्न सरकारलाई थप टाउको दुखाइ बन्ने देखिन्छ ।  त्यसैले बेलैमा कुनै ठोस योजना नबनाए उमावि अब थप लथालिंग नहोला बन्न सकिन्न । यस निर्णयको कार्यान्वयनसंगै सबैभन्दा बढी मारमा सामुदायिक विद्यालयका सीमान्तकृत हुंदाखाने बर्गका छोराछोरीहरु बन्ने देखिन्छ । जसबाट एकातिर शिक्षा क्षेत्र सामाजिक अन्यायको मुहान बन्ने देखिन्छ भने अर्कोतिर विना सीप र सक्षमता विनै माथिल्लो कक्षाको प्रबेशले उनीहरुमा प्रतिस्पर्धा गर्ननसकी हिनताबोधले जडो गाड्ने, जसले झन समस्या निम्ताउने देखिन्छ ।  
विद्यालय तहको अन्तिम परीक्षाको रुपमा रहेको एसएलसी परीक्षालाई तीन घण्टे समयको आधारमा दश बर्षसम्म हासिल गरेको सिकाइ उपलब्धीलाई मुल्याकन गर्ने ज्यादे अन्यायपुर्ण तथा अब्यबहारिक अबैज्ञानिक प्रणालीलाई लेटर ग्रेडिंग प्रणालीमा लाने निर्णय आंफैमा अति राम्रो र स्वागतयोग्य समय सुहाउदो बैेज्ञानिक कदम देखिन्छ तर विना तयारी कुनै ठोस योजनाविना यसलाई कार्यान्वयनमा लैजादा विद्यार्थी, अभिभाबक, समाज तथा सिंगो राष्ट्रले ठुलो शैक्षिक क्षतिको सामना गर्न दिन भविष्यमा नआउला बन्ने कुनै गतिलो आधार देखिदैन । त्यसकारण सरकारले लेटर ग्रेडिंगमैत्री पाठ्यक्रम, पाठ्यपुस्तक विद्यालयमा हुने शिक्षणसिकाइ प्रक्रियामा परिबर्तन, शिक्षकहरुमा सक्षमता तथा कर्तब्यबोध गराउने, त्यसका लागी आवश्यक तयारी तथा ब्यबस्थापनीय कार्यगत योजना बनाइ लेटेर ग्रेडिंगको कार्यान्वयन गर्नुपर्छ । विद्यार्थीले लेखेको आधारमा प्रदान गर्ने अंकलाई कुल प्राप्तांकलाई नतिजामा निकाल्दा त्यस प्राप्तांकलाई निश्चित इन्टरभलमा राखेर लेटर ग्रेडिंग गर्नुभन्दा सिकारुमा समतामुलक गुणस्तरीय सिकाइलाई सुनिश्चित गदै निर्माणात्मक मुल्याकनका साधनहरुको अधिकत्तम प्रयोग मार्फत निरन्तर मुल्याकन र सुधारात्मक शिक्षणलाई नियमितता गराउदै यस प्रणालीलाई विद्यालयका तल्ला तहहरुबाट लागु गरेर एसएलसी सम्म पुत्याउने हो भने नेपालको विद्यालय तहको शैक्षिक अबस्थामा डास्ट्रिक चेन्च नआउला भन्न सकिन्न । 
  




No comments:

Post a Comment