Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Wednesday, December 24, 2014

प्रश्नपत्र प्रकरणले झस्काएको कुरा


      योगेन्द्र चापागांई  
केहि दिन अघि शिक्षा मन्त्रालयले सञ्चालन गरेको एमबीबीएस छात्रवृति परीक्षामा प्रश्नपत्र चुवावट गर्ने गिरोहलाई अख्तियारले आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो तर त्यसको दुई हप्ता नवित्तै अख्तियारले आरोपीहरुलाई छुटाउन केहि मुख्य पार्टीका प्रमुख ब्यक्तित्वहरु सक्रियताका साथ लागिपर्ने र दबाब दिने गरेको कुरालाई खुलसा गरेको छ । यसको खुलसासंगै यस प्रकरणले गम्भिर मोड लिने देखिन्छ । किन हुन्छ संधै यो देशमा अपराधिलाई राजनीतिक संरक्षण ? किन राजनीतिले संधै सामाजिक कल्याण वा परोपकारी भाबना तथा समाज रुपान्तरण, विकासको संट्टा समाज र त्यसका सदस्यहरुलाई एउटा साधनका रुपमा लिदै आइरहेको छ ? राजनीति समाजका  लागी हो की समाज राजनीतिका लागी ? के हामीसंग कुनै पनि विकल्पहरु नै नभएर हामी भ्रष्टहरुलाई नेताका रुपमा चित्रण गरिरहेका त छैनन् जस्ता कयौ प्रश्नहरु यस खुलासाले एकातिर गरेको छ भने अर्कोतिर यस प्रकरणले के शिक्षा क्षेत्र नै सामाजिक अन्यायको मुहान त बन्दै छैन ? यदि यस प्रकरणमा अख्तियारको सक्रिय अनुसन्धान नभएको भए के हुन्थ्यो होला र भविष्यमा त्यसले पार्ने र्दुगामी अषरबारे के हामीहरु सच्न सक्छौं ? के अदृश्यरुपमा रहंदै आएका त्यस्ता घटनाहरुमा त हामीसंग धेरै छैनन् ? यहां हुने हरेक तह संस्थाका परीक्षाहरुलाई हामी कति मात्रामा विश्वास गर्ने भन्ने ज्यादै गम्भीर तथा सोचनीय प्रश्न उब्जाएको छ । 
अख्तियारले एमवीवीएस परीक्षाको प्रश्नपत्र चुवावट गर्ने गिरोहहरुलाई समाते पछि शिक्षा क्षेत्र जस्तो संवेदेनशिल निकायमा हुने चरम विकृतिको परकाष्ठा सतहमा आएको हो । यो घटनालाई नजिकबाट नियाल्ने हो भने प्रश्नपत्रको तयारीदेखि परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनसम्म मन्त्रालयको मुख्य भुमिका हुनेहंदा मन्त्रालयकै कर्मचारीहरुको लापरबाही तथा जिम्मेवारीता बिना यस्तो घटना घट्न नसक्ने सबैको बुझाइछ । यस घटनाले के स्पस्ट गर्छ भने नेपाली शिक्षा सिमित हुनेखाने शक्तिशाली शैक्षिक माफियाको पुर्ण नियन्त्रणमा कुनै न कुनै रुपबाट भएको कुरा स्पस्ट हुन्छ ।   
अख्तियारको प्रारम्भिक अनुसन्धानले नै यस प्रकारणमा ठुलो गिरोह नै सहभागी भएको निष्र्कष निकालि सकेको यस अबस्थामा परीक्षाको मर्यादा विपरीत हुने गतिविधिको पहिलो घटना भने यो पक्कै होइन । यस अघि पनि त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रश्नपत्र लिंक भएको थियो । त्यसैगरी नेपालमा विभिन्न संकाय, तहमा परीक्षाहरु विवादमा मात्र पदै आइरहेका छैन की यस्ता घटनाले हाम्रो परीक्षा प्रणालीमाथि नै ठुलो प्रश्नचिन्ह खडा भएको कुरालाई बेलाबेला सञ्चार माध्यममा आउने सुचनाले प्रमाणित गर्ने सक्ला । कहिले टिचरले कुनै एउटा क्याम्पसको कक्षामा अभ्यास गर्ने दिएको प्रश्नको सेट नै देशभरी नै लागुहुने गरी प्रश्नपत्र बन्छ भने कहिले आफ्नो पढाउने नोट वा पुस्तकबाट हुबहु प्रश्न सोध्ने गरिन्छ । त्यस्तै अदृश्य रुपमा कयौले विद्यार्थीको उत्तरपुस्तिकालाई सही परीक्षण गर्नेनगरेको एउटा दविएको बास्तविकता छ । कसैले गाइड गेसपेपर हेदै कपी परीक्षण गर्नेगर्दछन् (किनकी अंग्रेजी भन्दैमा यसले सबै विषय पढाएको हुदैन तर विश्वविद्यालयले अंग्रेजीको नाममा जुनसुकै विषयमा उत्तरपुस्तिकाहरु पनि दिनसक्छ) भने कसैले कोठामा उत्तरपुस्तिकाको पोकोलाई भाई,श्रीमती वा नजिकको नाता पर्नेलाई काममा लगाउने गरेको तितो यथार्थ हामीसंग नभएको होइन । यस्ता गतिविधिले धेरै संकाय तहका हजारौं जेहेनदार विद्यार्थीहरु परीक्षामा शोषित बन्न पुगेकाछन् । फलस्वरुप उनीहरुले ल्याएको अंक वा नतिजा नै अपराधिक मनोवृतिको मुख्य स्रोत बन्न पुगेको कुनै न कुनै रुपबाट देख्न सकिन्छ । कतै एघारब्राह तथा माथिल्ला तहहरुमा पनि यस प्रकृतिका घट्दै आइरहेका त छैनन् भन्ने प्रश्न हाल उब्जेको छ । किन यस्ता संवेदनशील कुराहरुमा सम्बन्धित निकायहरुले पहल चाल्न सकिरहेका छैनन् । परीक्षार्थीहरु कुनै न कुनै रुपबाट किन शोषित बन्नु परिरहेको छ ? शोषित बन्नु पर्ने उसको रहर की बध्यता ? किन यस्ता घटनाहरु हाम्रो समाजमा निरन्तर रुपमा घट्ने गर्दछन् ? जस्ता प्रश्नको उत्तर खोज्न ढिला भइसकेको अबस्था छ ।  
यो प्रश्नपत्र लिंकको प्रकरणसंगै नेपालमा हुने हरेक प्रकारका परीक्षाको साख र विश्वासनीयता माथि नै गम्भीर प्रश्न खडा भएको छ । सरसदी हेर्दा यस्ता घटनाहरुका पछाडी धेरै कारणहरु छन् त्यी मध्ये प्रमुख कारण चांडै सम्पन्न हुने सपना रहेको देखिन्छ । जब मानिसले छोटो समयमा नै आफु सम्पन्न हुने सपना आफ्नो मस्तिष्कमा सेट गर्छ तब मानिसले गलतबाटको थलनीका लागी भरपुर प्रयास गर्छ भन्ने सन्देश यस पटकको एमवीवीएस परीक्षामा भएको लाखौ लाख रकमको लेनदेनले थप स्पस्टता एकातिरबाट प्रष्ट पार्छ भने अर्कोतिर एसएलसी वा प्सटुमा उत्तरपुस्तिका नै राम्ररी अध्ययन नगरी हत्तारहत्तारमा पोको लिन गर्ने होडबाजीले र माथिल्ला कक्षाहरुमा ल्याएका उत्तरपुस्तिकाहरु आफ्नो दैनिक खर्च जुटाउन आफन्तलाई दिने चलनले थप स्पस्टता पारेको छ ।  
संक्रमणकालिन अबस्थाको नाममा कमजोर कानुनी ब्यबस्थाको फाइदा उठाउदै यस्ता घटनाहरु घट्ने गरेको देखिन्छ । यस प्रकटको प्रश्न पत्र ंिलक गर्ने कार्य लाई नियाल्ने हो भने यो कारण हावी भएको देखिन्छ किनभने २०६६ सालमा भएको प्रकरणमा प्रमाणित आरोपितहरु नै यस पटकको प्रकरणमा पनि नाइके भएको पुष्ट्रि भइसकेको छ । फितलो कानुनी ब्यबस्था त्यसमा पनि भएको कानुन  तथा ब्यबस्थाको पनि राम्रोसंग कार्यान्वयन नहुने हाम्रो जस्तो अल्पविकसित देशको विडम्बनाले अरु क्षेत्र जस्तै शिक्षा क्षेत्रका गतिविधिहरु पनि प्रभावित भएको देखिन्छ ।  
कुनै न कुनै रुपबाट मान्छेको ब्यक्तित्वले समेत उसलाई गलत वा आपराधिक गतिविधिमा लाग्नप्रेरित गरेको देखिन्छ । ब्यक्तिमा यदि इड प्रशनालिटी छ भने उसले तत्कालै आफु सन्तुष्ट्रि राख्न चाहन्छ फलस्वरुप सामाजिक बाधाबन्धनहरु तोड्दै त्यस कार्यप्रति लाग्नेहुंदा उ अपराधी वा कानुन विरोधी हुन पुग्छ । यस कारण ब्यक्तिमा उत्पन्न हुने आपराधिक मनोवृत्तिले यस घटना पनि राम्रै भुमिका खेलेको देख्न सकिन्छ । सबैभन्दा महत्वपुर्ण तर भयानक कारण राजनीतिक आबरणमा यस्ता घट्नाहरु घट्ने गरेको संकेत यस प्रकरणले देखाए जस्तोलाग्छ । अझ भन्न हो भने राजनीति वा शक्तिको आडमा यस्ता संवेदनशील विषय अन्र्तगत गलत गतिविधिहरु हुने गरेको र घट्ना पछि आपराधीहरुलाई पार्टीको छत्रछांयामा राख्ने नेताहरुको लाहाचारीपुर्ण कार्यले यस्ता प्रकरणलाई थप प्रशय दिइरहेको सन्देश यस पटकको प्रश्नपत्र किनबेचको प्रकरणले देखाउछ ।  
प्रोफेशनल माझ ननप्रोफेशनलहरुको हावीको हुने नेपाली संस्कृतिले परीक्षा जस्तो संवेदनशील विषयमा प्रत्यक्ष प्रभाब पारेको अनुभब सबैको रहेको छ । राजनीतिक भागबन्डामा चल्ने हाम्रा निकायहरु आफ्नो पेशा भन्दा पनि बढी दलीय तथा ब्यक्तिगत स्वार्थमै केन्द्रित हुनेगरेको कुनै न कुनै रुपबाट प्रस्ट हुन्छ । एक दिन मेरा आदरणीय गुरुले मलाई हुनुहुन्थ्यो ‘योगेन्द्र भाई के तिमीलाई प्रश्नपत्र छनोट तथा निर्माणदेखि त्यसको प्रशासन हुदै नतिजाको विश्लेण जस्तो परीक्षाको गम्भीर प्रक्रियामा प्रेफेशनलहरुको उपस्थीति हुन्छ भन्ने लागेको छ ? यहां त प्रश्न पत्र छनोट, त्यसको प्रशासन तथा निर्माणदेखि उत्तरपुस्तिकाको परीक्षण गर्ने कार्य जस्तो महत्वपुर्ण प्रक्रियामा नजिकको मान्छे त्यसमा पनि ननप्रोफेशनलहरुको दब्बदबा छ जहां केहि भएका प्रोफेशनलहरु पनि मुखर्दशक बन्न बाध्य भइरहेका छन् ।’ वास्तविकरुपमा परीक्षामा हुने घटनाहरुलाई नजिकबाट नियाल्ने हो भने विज्ञहरुको छनोटदेखि प्रश्नपत्रको निर्माण, छपाइ, सिलबन्दी, त्यसको प्रशासन तथा परीक्षण सबै कामहरु सुरक्षा, गोपनियता र सतर्कताका साथ गरिनु पर्छ तर यस प्रक्रियामा सहभागी हुने ब्यक्तिहरुमा प्रोफेशनालिजमको अभाबमा यस्तो घटना घट्ने गरेको यथार्थ यस पटकको प्रकरणले थप उजागर गरेको छ । 
यस्ता गलत अभ्यासहरुले शिक्षा जस्तो महत्वपुर्ण  क्षेत्रलाई थप अस्तब्यस्त पार्नेमा र विश्व बजारसंग प्रतिस्पर्धा गर्न सक्ने दक्ष नागरिकको उत्पादनमा प्रभाब पर्नेहुंदा यसलाई समयमा नै नियन्त्रण गर्नु अपरिहार्यता भइसकेको देखिन्छ । जबसम्म शैक्षिक गतिविधिमा राजनीतिलाई गलत ढङ्गले अभ्यासमा ल्याउन उस्कावट गर्ने दलका नेता भनौदाहरु सक्रिय हुन्छन् तब सम्म यस्ता घटनाको न्युनिकरणको नहुने देखिन्छ । अझै पनि दोषीलाई कडा भन्दा कडा कारबाही वा कानुनी ब्यबस्थाको उचित ब्यबस्थापन र त्यस प्रभाबकारी कार्यान्वयनको संगै प्रोफेशनलहरु हावी हुने वाताबरणको सिर्जना नगर्ने हो भने यस्ता गलत अभ्यासहरुको पुनारावृति नहोला भन्न एकातिर सकिने अबस्था छैन भने अर्कोतिर सिर्जनशील योग्य क्षमतावान ब्यक्तित्व यस कारणबाट लोप हुने स्थिति नआउला बन्न सकिन्न । 



No comments:

Post a Comment