Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Tuesday, December 22, 2015

सिकाइ सुधार आन्दोलनको आवश्यकता


योगेन्द्र चापागाईं 

मानब जीबनका लागी हरेक दृष्ट्रिले शिक्षा अपिरहार्य बनिसकेको छ । त्यसमा पनि गुणस्तरीय शिक्षाको आवश्यकता दैनिक जीबन देखि नै देखिन थालेको छ । समग्र राष्ट्रको विकास नै विद्यालय तहको गुणस्तरीय शिक्षामा रहने कुरामा कुनै दुई मत छैन । जुन देशमा गुणस्तरीय शिक्षाको सुनिश्चित हुन सक्दैन त्यस्ता देशले आन्तरिक तथा बाह्य समस्याहरु भाग्नुपरेको जलन्त उदारहणहरु प्रसस्तै छन् । देशले धेरै सामाजिक तथा राजनीतिक उदारचडाबको सामना गरेपनि हाम्रो जस्तो विकासन्मुख देशको विद्यालय शिक्षा चौत्तर्फी चुनौतीमा रुमल्नि बाध्य भएको छ । विकसित सामाजिक, आर्थिक तथा राजनीतिक परिदृश्यले नेपाली जनसमुदायको अपेक्षामा बृद्घि भए पनि विद्यालय शिक्षा मर्नु न बांच्नुको संघारमा उभिनुले राजनैतिक अभ्यासमा परिमार्जन, आर्थिक विकास, सामाजिक न्याय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान र प्रतिनिधित्वनै गुम्ने खतरा छ ।
 
विगत धेरै बर्ष देखि नै यस क्षेत्रको सुधारका लागी केहि प्रयासहरु मार्फत विद्यालय जाने उमेरका बालबाललिकाहरुको दर विगत आठ बर्षमा ८९ बाट ९६ प्रतिशतमा पुगे पनि उनीहरुलाई प्रणालीमा टिकाइ राख्नु र उनीहरुमा गुणस्तरीय सिकाइ सुनिश्चित गदै सीपमुलक शिक्षा मार्फत सबै लागि रोजगारीयोग्य बनाउन घनीभूत प्रयासको आवश्यकता ग्रामिण क्षेत्र देखि राष्ट्रिय स्तरमा देखापरेको छ । 
विद्यालय तहमा तिब्र विकास ल्याउने उदेश्यले सन् २००९ बाट २०१५ सम्मका लागि मुख्य मार्गदर्शकका रुपमा  विद्यालय सुधार कार्यक्रमलाई लिएको थियो तर यो कार्यक्रम सकिन मात्र केहि हुंदा सम्म यसले अपेक्षा गरे अनुरुप लक्ष्य हासिल गर्न नसकेको मन्त्रालयले केहि दिन मात्र अगाडी प्रकाशनमा आएको प्रतिवदेनले नै प्रस्ट पार्दछ । अझै ४ प्रतिशत बालबालिका शिक्षाको पहुंचमा आउन नसक्नु, कक्षामा १ मा अझै १५ प्रतिशत बालबालिकाहरु दोहोर्याउने हुनु, ८ बर्षमा अगाडी भर्ना भएका १०० मध्ये २६ जना हराउनु, सिकाइ उपलब्धी ५० पनि नपुग्नु, शिक्षण सिकाइका लागि आवश्यक पर्ने न्युनत्तम पांच मापदण्डहरु पुरा गर्ने विद्यालय नेपालमा ४ प्रतिशत मात्र हुनु, विद्यालय तहको अन्तिम तहमा लिने परीक्षामा ४३ प्रतिशत मात्र उत्तिर्ण हुनु जस्ता तथ्यांकले पनि यस क्षेत्रको सुधारको खांचो प्रकट गरेको छ । अझ एक गैससको तथ्यांकलाई हेर्ने हो भने कक्षा २ का विद्यार्थीहरु मध्ये ४० प्रतिशतले मात्र शुद्घसंग सबै अक्षरहरु पठ्नसक्छन् । यसबाट के स्पस्ट हुन्छ भने भर्नादरमा नाटकीय रुपमा बृद्घि भए पनि बालबालिकाहरुलाई प्रणालीमा टिकाउदै तोकिएको निर्धारित सिकाइ हासिल गराउन विद्यालयमा एक सुधारको आन्दोलन नै गर्नुको विकल्प अहिले देखिदैन । 
३४८०६ विद्यालयमा ६ लाख हाराहारी भएका शिक्षकहरुबाट करिब ७४ लाख भन्दा बढी भएका बालबालिकाहरुमा किन गुणस्तरीय सिकाइ सुनिश्चित गर्न नसिकरहेको छ । सरकारी तथा गैरसरकारी निकायहरुको अरबौं रकम शिक्षा क्षेत्रमा लगानी गरे पनि आत्मनिर्भर, सीपयुक्त तथा गुणस्तरीय तहगत सक्षमता हासिल गरेको बजार विकाउयोग्य जनशक्ति उत्पादनको बाधक तत्वहरु के के छन् र त्यस्ता बाधक तत्वहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा अध्ययन गर्नु आबश्यकता देखिन्छ । सिकाइ भनेको एसएलसीमा विशिस्ट, प्रथम श्रेणीमा धेरै उत्र्तिण हुनु मात्र होइन  । यो भनेको त सम्बन्धित विद्यार्थीले सोही तहमा सिक्नु पर्ने सिकाइका कुराहरु वा क्षेत्रहरु सिक्नु हो । यसको लागी शिक्षक मात्र, जिशिका मात्र वा अभिभाबक मात्र प्रमुख कारक तत्व हो भन्दा पनि तीन पक्ष कै उच्चतम सक्रियताको आबश्यकता हुन्छ । जुन अहिले विद्यालय शिक्षामा पुर्ण अभाब देखिन्छ । तर शिक्षक भनेको सिकाइ सहजकिरणको मात्र हुने हंदा यदि उनीहरुले चाहेको खण्डमा कमजोर विद्यालयको भौतिक अबस्थामा पनि विद्यार्थी माझ सिकाइको सुनिश्चित हुने कुरामा कुनै दुई मत छैन । तर त्यसको लागी बनाइएका शिक्षक होइन बनेका शिक्षकको जरुरी हुन्छ । हाम्रो परिबेशमा विभिन्न शिक्षक समुहहरुका नाइके तथा नेताहरुको दबाबमा शिक्षा कार्यालयले लुप्त रुपमा अझै पनि विभिन्न नामका जस्तै लियन, अस्थायी, पिसिएस् को नियुक्तमा आफ्नो दलको वा नजिकको मान्छेलाई शिक्षक बनाउने प्रचलनले ब्यापकता पाउदै छ । योग्य, सक्षम, जागरुक युबा शिक्षकको प्रबेशमा कठिन हुदै गइरहेको छ । जब सम्म सक्षम, योग्य तथा जागरुक शिक्षकको विद्यालयमा प्रबेश हुदैन तब सम्म सामुदायिक शिक्षाको सुधार हुन नसक्ने देखिन्छ । 
त्यस्तै विद्यालय सुधारलाई केन्द्रित गदै विनि, स्रोत ब्यक्तिहरुको ब्यबस्था गरिएको छ तर सुधार आउन नसके पछि उनीहरुको भुमिकाका बारेमा पनि आलोचना हुने गरेको छ । नेपालमा सबै विनिहरु, स्रोत ब्यक्तिहरु एउटै छैनन् । तर पनि उनीहरुको चाहेको खण्डमा समग्र जिल्लाको शैक्षिक अबस्थालाई सुधार ल्याउन सक्छन् भन्ने जलन्त उदाहरण केहि जिल्लाहरुलाई लिन सकिन्छ । तर उहांहरुमा त्यस्तो परिबर्तन ल्याउने इच्छा खासै देख्दिन । शैक्षणिक निरीक्षण भन्दा पनि प्रसासनिक निरीक्षणमा ब्यस्त हुनुहुन्छ । उहांहरुको  मुख्य काम भनेको विद्यालयका शिक्षकहरुको अन्र्तनिहित क्षमतालाई विकासमा सहयोग गरी उनीहरुको पेशागत दक्षतामा सहजीकरण मार्फत विद्यालयको गुणस्तरीय शैक्षिक बाताबरण कायम राख्नु हो । तर छुटफुट बाहेक शिक्षण सिकाइका समस्याहरुमा सहजीकरण गर्ने अबसर उहांहरुलाई छैन । प्रशासनिक कार्यहरु सम्पादन गर्दा र भ्रमण तालिम र विदामा बस्न नै समय पुगीरहेको देखिदैन । 
मुलतरुपमा चरम शिक्षकविद्यार्थी अनुपस्थिति, कमजोर विद्यालयीय ब्यबस्थापन, अनुगमन तथा सुपरीबेक्षणको अभाब, राजनीतिक हस्तक्षेप, न्युन अभिभाबक सहभागीता, नीतिगत ब्यबस्थाको कार्यान्वयन हुन नसक्नु, विद्यार्थी मुल्यांकनको गलत अभ्यास, सिकेका कुरा शिक्षकले कक्षामा उत्तार्न नसक्नु, प्रारम्भिक बालविकास विकास कार्यक्रमको कमजोर अबस्था, समय सान्दर्भिक नीतिगत ब्यबस्था हुन नसक्नु विद्यालय सुधारका कारक तत्वका रुपमा रहेका छन् । 
राष्ट्रिय तथा जिल्लागत रुपमा यस्ता समस्या समाधानका लागी ठोस योजना सहित राष्ट्रिय स्तरमा नै सुधारको आन्दोलनका रुपमा अभियान चलाउनु नितान्त आवश्यक छ भने विद्यालय स्तरमा समेत विशेष सुधारको थालनीको विकल्प देखिदैन । यदि विद्यालय स्तरमा नै विद्यालय सिकाइ सुधारको अपेक्षा गर्ने हो भने सर्बप्रथम बलियो विद्यालय प्रशासन हुनु पर्छ । त्यसको लागी तीन पक्षले निरन्तर रुपमा कुनै न कुनै आधारमा अनुगमन गर्नु पर्छ । तीन पक्षहरु भनेका विब्यस वा त्यसको अध्यक्ष, स्थानिय नेतृत्वकर्ता र स्रोत ब्यक्ति यी पक्षहरुले विद्यालय प्रशासनलाई बलियो बनाउन तथा प्रअलाई बाताबरण निर्माण गर्न बाध्य पार्ने कुरामा केन्द्रित भएनन् भने सुधारको अपेक्षा गर्न सकिन्न । 
त्यस पछि विद्यालयमा विद्यार्थीहरुको उपस्थिति लाई नियमित गर्नु पर्छ । अहिले केहि संघसंस्थाहरुले गरे जस्तो भित्ते लेखन, तालिम, नारा र्याली बाट त्यो सम्भब छैन । त्यसको लागी त केहि उपायहरु लगाउन सकिन्छ । जस्तो मासिक रुपमा कक्षागत रुपमा अभिभाबकहरुसंग अन्य विषयमा भन्दा पनि उनीहरुका बालबालिकाहरुको सिकाइ तह, ब्यबहार, परिबर्तनका विषयमा नियमित छलफल हुनुपर्छ । त्यस्तो शिक्षक तथा अभिभाबकहरुको अन्तरक्रियामा उसलाई छोराछोरीलाई विद्यालय नपठाएकोमा हिनताबोध हुने बाताबरणको सिर्जना गर्नु पर्छ । कहिले कांही राम्रो कामको लागी नराम्रो काम पनि आवश्यक हुन्छ भन्ने हो उखान नै छ । समाजमा उसले पाउने सेबासुविधाप्रति उसलाई सचेत गराउनु पर्छ । यसका साथै प्रत्येक विद्यार्थीलाई ब्यक्तिगत तथा कक्षागत रुपमा कक्षा शिक्षकले मनोबैज्ञानिक सल्लाह प्रदान दिनुपर्छ । यी दुई साधनहरु भन्दा पहिले मासिक रुपमा अभिभाबक शिक्षा सुमुदायमा सम्बन्धित विद्यालयले आफैं वा कुनौ स्रोत साधन खाजेर सञ्चालन गर्नुपर्छ । यति भए पछि शिक्षकले विद्यालयमा नियमित उपस्थित भई तोकिएको ४५ मिनेट नै शिक्षण सहजीकरण गर्नुपर्छ । 
जब सुधारको तेश्रो चरणमा शिक्षकद्घारा तोकिएको विषयबस्तुलाई शिक्षण हुन्छ तब अर्को चरणमा शिक्षकले विद्यार्थीको सिकाइ तह विभिन्न साधनहरु प्रयोग गरी निर्धारित सिकाइ क्षेत्रको आधारमा पत्ता लगाउनुपर्छ । सोही पहिचानको आधारमा उसलाई उपचारात्मक शिक्षण वा एक्स्ट्रा कक्षाको ब्यबस्था स्रोतको पहिचान गरी विद्यालयले गर्नुपर्छ र नियमित रुपमा उसलाई सल्लाह सुझाब, पृष्ठपोषण प्रदान निर्माणात्मक मुल्याकन मार्फत दिने हो भने विद्यालयको सिकाइ तहमा परिबर्तन आउन सक्छ । यस अभियानको कार्यान्वयनमा कुनै बाधा देखिदैन किनकी विद्यालयले कार्यक्रमको कार्यान्वयन गर्ने हो भने त्यस कार्यान्वयनलाई सहज बनाउन जिशिका तथा विभिन्न गैरसरकारी निकायहरुले सहयोग गर्नुपर्छ । त्यस्ता संस्थाहरुका शैक्षिक कार्याक्रमहरु अब भत्ता बांड्ने तालिम गर्ने, नारा जुलुस गर्ने भन्दा पनि सिकाइको तह बढाउने क्रियाकलापहरुसंग सम्बन्धित हुनुपर्छ र यस अभियानको कार्यान्वयनमा नियमित सुपरीबेक्षेण स्रोत ब्यक्ति तथा विद्यालय निरीक्षकबाट हुने हो भन्ने सुधार पक्कै आउने छ ।  
विद्यालय शिक्षामा गुणस्तरीय सिकाइ सुनिश्चित गर्नको यसरी राष्ट्रिय तथा स्थानिय स्तरबाट आन्दोलनका रुपमा सुधार अभियान सञ्चालन गर्ने हो भने देशको शिक्षा शिक्षामा मात्र आमुल परिबर्तन आउने छैन की आर्थिक क्रान्ति, सामाजिक न्याय तथा ब्यबस्थित अग्रगामी राजनीतिक ब्यबस्था राज्यमा सुनिश्चित गर्न ठूलो टेबा पुग्ने कुरामा कुनै दुई मत नहोला । 
लेखक दुर्गम क्षेत्रमा शिक्षा अनुसन्धानकर्ता तथा अभियन्ता हुन् । 






No comments:

Post a Comment