Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Monday, June 29, 2020

पढाइ सीप प्रवद्र्धन कार्यक्रम, कार्यान्वयन अवस्था र भावि दिन


योगेन्द्र चापागाईं
जिल्ला संयोजक,
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम
पृष्ठभुमी
नेपालको शैक्षिक विकासको इतिहासलाई फर्केर नियाल्दा विद्यालय शिक्षा सुधारको लागि विगतबाट हालसम्म विविध प्रयासहरु भएको पाइन्छ । विस २०१० सालमा दरबार स्कुलको स्थापना भएसंगै औपचारिक शिक्षा प्रणालीको शुरुवात भएको नेपालमा २००७ सालसम्म पुग्दा पनि शिक्षाको विस्तार र विकासमा उल्लेखनीय परिवर्तन नभएको परिदृश्य २ प्रतिशतको साक्षरता दर मात्र हुनुले नै स्पस्ट पार्दछ । अर्थात २००७ सालको प्रजातन्त्र प्राप्त्रि पुर्व शिक्षा निश्चित वर्गमा मात्र सिमित थियो, आम जनतासम्म पुग्न सकेको थिएन भन्न सकिन्छ । 

नेपालको विद्यालय शिक्षा विकासमा टेवा पुर्याउने उदेश्य साथ निश्चित कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ भनेर नै पहिलो पटक सन् १९७१ मा लाहाचोक परियोजना अर्थात Education for Rural Transformation सञ्चालन भएको पाइन्छ । यसै परियोजनाको सफलताको आधारमा सन् १९८१ बाट १९९१ सम्म सेति परियोजना लागु भएको पाइन्छ । २ चरणमा लागु भएको यस परियोजनाले भौतिक सुविधा विस्तार, प्रौढ शिक्षा, चेलिवेटी कार्यक्रम, शिक्षक तालिम, सामग्री निर्माण र वितरणमा उल्लेखनिय योगदान पुर्याएको पाइन्छ । यसबाट प्राप्त भएका सकारात्मक प्रयासहरुलाई दृष्टिगत गदै क्रमश सन् १९८४-९२ मा लागु भएको आधारभुत तथा प्राथमिक शिक्षा परियोजना, सन् १९९२-९७ मा लागु भएको प्राथमिक शिक्षा परियोजना, सन् १९९९-२००४ मा लागु भएको प्राथमिक शिक्षा विकास कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु नेपालमा सञ्चालन भएका थिए । नेपालको विद्यालय क्षेत्रको शैक्षिक विकासमा यस्ता कार्यक्रमहरुले खेलेको महत्वपुर्ण भुमिकालाई नर्कान सकिदैन ।

सन् २००४ बाट २००९ सम्म सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना नेपाल नामक कार्यक्रम सञ्चालनभएको थियो । त्यस पश्चात नेपालकै इतिहासमा विद्यालय क्षेत्रको सबै पक्ष समेटेर बनेको वृहत कार्यक्रमका रुपमा विद्यालय क्षेत्र सुधार कार्यक्रम सन् २०१५ सम्म लागु भयो । यस्ता कार्यक्रमबाट शिक्षाको पहुंचमा अपेक्षित उपलब्धी हासिल गर्न सके पनि गुणस्तर, सिकाइ उपलब्धी र जवाफदेहिता जस्ता क्षेत्रमा अपेक्षित उपलब्धी हासिल गर्न नसकेको अवस्था देखिन्छ ।

गुणस्तर र सिकाइमा अपेक्षित रूपमा सुधार नहुनुका विविध कारणमध्ये विद्यार्थीमा पढ्ने र बोध गर्ने क्षमता कमजोर हुनु एक प्रमुख कारण हो भन्ने निष्र्कष विद्यालय सुधार योजनाको मध्यावधि मुल्याकनले २०१२ले देखिएको थियो । अर्थात आधारभूत तहको शैक्षिक गुणस्तरमा सन्तोषजनक प्रगति नहुनुका विभिन्न कारणमध्ये प्रारम्भिक कक्षाका विद्यार्थीहरूको पढाइ सिप तथा पढ्ने बानीको अपेक्षितरूपमा विकास नहुनु पनि एक हो । प्रारम्भिक कक्षाको पढाइ र सिकाइ कमजोर हुँदा त्यसपछिको शिक्षा स्वतः कमजोर हुन गएको  तथ्यलाई प्रकाश पार्दै अनुसान्धानहरूले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा सिकाइलाई प्रभावकारी बनाउन पढाइ सिप विकास गर्नु पर्छ भन्ने मान्यताले स्थान प्राप्त गदै गएको अवस्थामा नेपालले पनि पढाइ सम्बन्धी आधारभुत सिप विकास सुनिश्चित गर्न प्रतिबद्घता गरे बमोजिम नेपाल सरकारले युसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४÷१५ बाट राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा ल्याएको पाइन्छ ।

शैक्षिक गुणस्तर सुधार गर्ने विशेष गरि प्राथमिक तहका बालकालिकाहरुको सिकाइ अभिवृद्घि गर्ने लक्ष्य तथा कक्षा १-३ का सबै बालबालिकाहरुको पठनसीपको अभिवृद्घि उद्घेश्य साथ आव २०७२-७३ देखि सञ्चालन गरिएको यस कार्यक्रम शुरुमा नेपालका १६ जिल्लाहरु कञ्चनपुर, बाँवm, कास्की, मनाङ, भक्तपुर, सप्तरी, धनवmुटा, पर्सा, रुपन्देही, मुस्ताङ, दाङ, बर्दिया, सुर्खेत, वैmलाली, डडेलधुरा र डोल्पामा सञ्चालित रहेदै आएको छ । यसमा पनि सघन रुपमा आर्थिक बर्ष २०७२-७३ बाट ६ जिल्लामा ( कञ्चनपुर, बाँवm, कास्की, मनाङ, भक्तपुर, सप्तरी) लागु भएको थियो भने अन्य १० जिल्लामा आव ०७५-७६ बाट सघन रुपमा लागु भएको थियो । १६ जिल्लामा युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यो कार्यक्रम एसएसडिपी मार्फत आव ०७५-७६ मा थप ४ जिल्लाहरु धनुषा, तनहु, ताप्लेजुङ्ग र रसुवा तथा आव ०७६-७७ मा एसएसडिपी मार्फत नै थप १० जिल्लाहरु खोटाङ, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुपाल्चोक, म्याग्दी, कपिलवस्तु, दैलेख, नवलपरासी सुस्तापश्चिम र अछाम मा लागु भएको छ ।  


आवश्यता र महत्व

शिक्षाको पहुँचमा उल्लेखनीय सफलता नेपालले प्राप्त गरे पनि गुणस्तरीय सिकाइमा अपेक्षित उपलब्धी हासिल गर्न नसकेको अवस्था छ ।विभिन्न अध्ययन अनुसन्धानले पढाइको सम्बन्ध बोध र अभिव्यक्ति क्षमतासँग हुने भएकाले सिकाइलाई प्रभावकारी बनाउन पढाइ सिप विकास शिक्षणको आधारभूत आवश्यकता भएको कुरा दर्शाएका छन् । पठन र बोध क्षमता कमजोर हुँदा समग्र सिकाइ नै कमजोर हुने भएकाले सिकाइलाई प्रभावकारी बनाउन पढाइ सिप विकासलाई आधारभूत र अनिवार्य ठानिन्छ । शैक्षिक दृष्टिले बोध र अभिव्यक्ति क्षमता विकासको पहिलो चरण पढाइ हो । अर्थात् पढाइको मुख्य उद्देश्य भनेकै बोध र अभिव्यक्ति क्षमताको विकास गर्नु हो । त्यसैगरी शैक्षिक प्रणालीले पढाइ सीप विकसालाई अपेक्षित प्राथामिकता दिन विगतमा दिन नसकेको तथा सानो उमेर समुहमा भाषाको विकास हुने प्रारम्भिक कक्षामा नै पढाइ सीप विकास आवश्यक भएकाले यो कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक भएको देखिएको छ । तसर्थ प्रारम्भिक कक्षाबाट नै बुझेर पढ्ने क्षमताको विकास गराउनको लागि यो कार्यक्रम कार्यान्वयन भएको छ । त्यसैगरी विश्वव्यापी रुपमा नै पठनसीप विकासमा सन् २०१५ पश्चात शैक्षिक कार्यक्रमका रुपमा विश्वले पनि जोड दिइएको यस अवस्थामा नेपालले पनि पढाइ सीप सम्बन्धी आधारभुत सीप विकास सुनिश्चिततामा प्रतिवद्घतता गरे अनुरुप यस कार्यक्रलाई कार्यान्वयनमा ल्याएको पाइन्छ ।

पढाइ, यसका तत्वहरु र शिक्षणको नमुना 

सामन्यतया पढाइ भनेको लिपीबद्ध वा मुद्रित सामग्रीहरुलाई आँखार मस्तिष्कका माध्यमबाट अर्थ ग्रहण गदै पढ्नु हो । यो  लिखित पाठ्यांशलाई बुझ्ने क्षमता हो । पढाइभित्र दुई प्रव्रिmया अन्तर्निहित हुन्छन् : शब्दको पहिचान र बुझाइ । शब्द पहिचानको सम्बन्ध डिकोडिङ सिपसँग सम्बन्धित छ भने बुझाइ वा बोधको सम्बन्ध पढेका कुराको सार ग्रहण गर्नेसँग । सिपयुक्त पढाइ भनेको स्पस्ट बुझ्ने गरी गतिका साथ पढ्ने क्षमता हो । पढाइका तत्वहरु निम्नानुसार रहेकाछन् ,
  •  ध्वनि सचेतीकरण - ध्वनि सचेतीकरण भनेको शब्दमा रहेका ध्वनि सुन्ने र तिनको पहिचान गर्ने क्षमता हो ।
  •  लेख्य वर्ण सचेतीकरण - लेखाइमा प्रयोग हुने वर्ण वा ध्वनिका सङ्केतहरूको सम्बन्धलाई बुझ्ने प्रव्रिmयालाई लेख्य वर्ण सचेतीकरण भनिन्छ । । नेपालीमा जम्मा ३५ ओटा मात्रऔचार्य वर्णहरू छन् भने लेख्य वर्ण ४९ छन् ।
  • पठन प्रवाह - पठन प्रवाह भनेको उपयुक्त गति, हाउभाउ र शुद्धसंग पढ्ने क्षमता हो ।
  •  शब्द ज्ञान-शब्द भण्डार भनेको शब्द र शब्दको अर्थको बोध गर्ने क्षमता हो 
  • बोध-पाठबाट अर्थको ज्ञान गर्ने सिपलाई बोध भनिन्छ
  • लेखाइ
यस कार्यक्रमले विकास गरेका हरेका शिक्षणसिकाइ सामग्रीहरु पठनसीपका का ६ तत्वहरुको आधारमा विसास गरी प्रयोग गरिएको छ । पठनसीपको यस्ता ६ तत्वको विकासको लागि क्रमिक सिकाइको रणनीतिको आधारमा शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्ने प्रावधान गरिएको छ ।  क्रमिक सिकाइ को रणनीति भनेको शिक्षकबाट नमुना प्रस्तुत (म गर्छु), सँगसँगै अभ्यास (हामीगर्छौ) र स्वतन्त्र अभ्यास (तिमी गर)भन्ने विधि अनुरुप पठनसीपका हरेका तत्वलाई क्रमश शिक्षण गर्ने विधि हो ।  यसमा शिक्षकले बालबालिकाहरुलाई बढी भन्दा बढी अभ्यास गर्ने अवसर प्रदान गदै उनीहरुको पहिचान गदै उपचारात्मक शिक्षणको व्यवस्था अनिवार्य रहेने गरी सिकाइको वातावरण तय गरिएको छ । 

कार्यक्रमका मुख्य गतिविधिहरु

प्रारम्भिक कक्षाका बालबालिकाहरुको पठनसीपको लागि मुलत कक्षा १३ को शिक्षणसिकाइ प्रक्रिया, सेवा प्रणालीमा सुधार र समुदाय तथा अभिभाबकहरको सहभागितामा वृद्घि गर्ने क्रियाकलापहरु गदै आएको छ । 
१. सामग्रीको विकास, वितरण र प्रयोग
पठनसीप विकासको लागि प्रारम्भिक कक्षाका सबै बालबालिकाहरुको लागि सन्दर्भ पढाइ सामग्रीहरुमा पुस्तक पकेट चार्ट सहित प्रति विद्यालय १४४० थान पुस्तक विकासगरी सबै सामुदायिक विद्यालयमा वितरण गरिएको छ भने १० प्रकारका शिक्षणसिकाइ सामग्रीहरु अभ्यासपुस्तिका, शिक्षक निर्देशिका, ठुलो किताब, विसेंकेतन किताब, बालगित, बाह्रखरी चार्ट, वर्णपक्ति शब्दचित्र पत्ति, झ्याले पत्ति र पिनहुइल चार्ट विकास तथा वितरण गरिएको छ । यस्ता सामग्रीहरुको वितरण प्राविधिक सहयोगकर्ताले हरेक विद्यालयहरुमा नै पुर्याउने व्यवस्था मिलाइउको थियो ।  यस्ता वितरित सामग्रीहरुको प्रयोग दैनिक रुपमा शिक्षणसिकाइ प्रक्रियामा हुने गरेको छ ।
२. शिक्षकको पेशागत विकास
शिक्षकको विकासको लागि पठनसीप सम्बन्धी प्रति विद्यालय ३ जना शिक्षकलाई १०+५ को टिपिडि मोडेलमा शिक्षक तालिमको व्यवस्था भएको छ ।  विशेष गरी यो तालिम  पठनसीपका ६ तत्वको शिक्षण, सामग्री विकास र प्रयोग, शिक्षण विधि, मुल्याकन प्रक्रिया, उपचारात्मक शिक्षण लगायत विषयवस्तुमा शिक्षक तालिम प्रदान गरिएको थियो । 
३. शिक्षकको पेशागत सहयोग
शिक्षक तालिम पश्चात शिक्षकलाई विद्यालयमा शिक्षकलाई पेशागत सहयोग गर्नु पर्छ भन्ने मान्यता सहित सबै सामुदायिक विद्यालयका आधारभुत तहका प्रअ  र माध्यमिक तहमा प्रावि इन्चार्जलाई ५ दिने शिक्षक पेशागत सहयोग सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिम पश्चात कम्तिमा ३ ओटा तालिम लिएका शिक्षकको शिक्षणको अवलोकन गर्ने, सम्बन्धीत शिक्षकलाई तत्काल अवलोकन फारामको आधारमा सहयोग गरी छलफल गर्ने, मासिक समीक्षा वैठक सञ्चालन गर्ने, प्रतिवदेन तयार गर्ने र पालिका त्यसलाई पेश गरी प्रतिवेदनको आधारमा छलफल गरी शिक्षकलाई सहयोग गर्ने अभ्यास गरिएको छ । 
४. पठनसीप परीक्षण तथा उपचारात्मक शिक्षणको व्यवस्था
बालबालिकाहरुको पठनसीप विकासको नियमित परीक्षण गर्नु पर्छ भन्ने अभिप्राय साथ यस कार्यक्रमले पठनसीप परीक्षण सन्दर्भमा शिक्षणको क्रममा नियमित परीक्षण, योजनाबद्घ रुपमा न्युनत्तम बेन्चकार्कको आधारमा परीक्षण, निरन्तर मुल्यांकन, विभिन्न परीक्षाहरु तथा बर्षको १ पटक कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठनसीप परीक्षण सञ्चान गरी थप सहयोग आवश्यक पर्ने बालबालिकाहरुको लागि सहयोग गर्ने अभ्यासको शुरुवात भएको पाइन्छ । 
५. पठनसीपको विकास लागि विव्यस अनुदान सहयोग
निश्चित छनोटको आधारमा छनोट भएको करिब ३२ प्रतिशत विद्यालयहरुलाई पठनसीप विकासको लागि ५÷६ क्रियाकलापहरु (कक्षाकोठाको छापामय वातावरण निर्माण, दौतरी शिक्षा, पढाइ उत्सब, घुम्ति पढाइ कुना, अभिभाबक सम्मेलन) २ किस्तामा प्रस्ताबनाको आधारमा अनुदान प्रदान गरिएको थियो । यसबाट विद्यालयमा छापामय कक्षाकोठामा व्यवस्थापन गर्ने र अभिभाबक तथा समुदाय परिचालनको गतिविधिहरु गरिएको थियो । 
६. समुदाय परिचालन
छोराछोराहरुको पठनसीपको लागि विकास लागि अभिभाबहरुको पनि सक्रियतामा वृद्घि गर्ने अभिप्राय साथ सबै सामुदायिक विद्यालयहरुलाई लक्षित गरि दैंतरी शिक्षा सञ्चालन, पढाइ प्रतियोगिता, पढाइ उत्सब, रेडियोबाट पठनसीपको महत्व सम्बन्धी सन्देश प्रशारण, अभिभाब सम्मान कार्यक्रम लगायतका क्रियाकलापहरु गदै आइरहेको अवस्था छ । समुदाय परिचालनको लागि गैैससको परिचालन गरिएको थियो । 
७. सरोकारवालाहरुको क्षमता विकास तथा समीक्षा
सरोकारवालाहरुको क्षमता विकासको लागि विद्यालयका प्रअ, विव्यसलाई बार्षिक अभिमुखीकरण, बार्षिक पालिकास्रीय समीक्षा, चौमासिक समीक्षा, जननिर्वोचित प्रतिनिधिहरु सहितको शिक्षा सरोकारवालाहरुको सहभागितामा क्षमता विकास जिल्ला तथा पालिका स्तरीयसञ्चालन भएको थियो ।  त्यसै गरी यो कार्यक्रम कार्यान्वयनमा जिल्लामा गठित जिल्ला समन्वय समितिको नियमित चौमासिक बैठक सञ्चालन हुने तथा समिक्षा हुने गरेको छ ।
८. अनुगमन
कार्यक्रमको अनुगमनको लागि हरेक चौमासिकमा संयुक्त अनुगमन हुने गरेको छ । पालिकाका जननिर्वोचित प्रतिनिधिहरु, प्रमुखहरु, प्रदेश, इकाइ, सरोकारवालाहरु सहितको अनुगमनले विद्यालयको सघन अनुगमन गरी त्यसको समीक्षा तथा कार्ययोजना निर्माण गर्ने गरेको छ ।  

कार्यक्रम कार्यान्वयनको संरचनात्मक ढांचा

यो कार्यक्रमको कार्यान्वयन २ ढाँचामा भएको पाइन्छ ।  एकातिर अमेरिकी सरकारले नेपाल सरकारलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने अर्कोतिर युएसएडले प्रोजेट मार्फत पनि सहयोग गरेको छ । केन्द्रिय स्तरमा सीएलएहरुको टिम सहितको एक समिति रहेको छ जसमा शिक्षा, विज्ञान, प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र सहितका सबै निकायहरु रहेका छन् । केन्द्रमा इजीआरपी भन्ने कार्यक्रमले पनि नेपाल सरकारलाई केन्दमा बसेर सहयोग गरेको छ । त्यसैगरी, कार्यक्रम कार्यान्वयनमा जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइले नेतृत्वदायी भुमिका खेलेको छ । साथै, स्थानीय सरकारले पनि यसको कार्यान्वयनमा सहयोग गर्ने गरेको छ । जिल्ला तथा स्थानीय तहमा गरिने क्रियाकलापहरुको प्राविधिक सहयोग नेपाल सरकारलाई प्राविधिक सहयोगकर्ताको तर्फबाट जिल्ला संयोजक, जिल्ला कार्यक्रम अधिकृत सहित क्षेत्रिय कार्यालयको टिमले सहयोग गरेको थियो ।  यसको साथै, जिल्लामा समुदाय परिचालनको लागि गैससको टिमले पालिकागत कर्मचारीको व्यवस्था सहित सहयोग गरेको थियो । यसको अलवा, जिल्लामा १० सदस्य जिल्ला समन्वय समितिको टिमले पनि कार्यक्रमको समीक्षा तथा सहयोग गर्ने गरेको छ ।

कार्यान्वयन पक्षका केहि बाधा क्षेत्रहरु

कार्यक्रम कार्यान्वयनको सन्दर्भमा केहि प्राविधिक कठिनाइहरुलाई जिल्लास्तरमा अनुभव गदै कार्यक्रमको नतिजा प्राप्ति तिर संधै क्रियाशिल हुनु परेको अवस्था थियो । त्यस्ता मुख्य समस्याहरुलाई यसरी प्रस्तुत गरिन्छ,
  • नेपाली भाषा शिक्षणलाई छुटाइएको ९० मिनेट समयको व्यवस्थापन विद्यालयले गर्न कठिन हुनु वा व्यवस्थापन गर्न नसक्नु । 
  • शिक्षक क्षमताको कारण २ प्रकारका पुस्तकहरु (पाठ्यपुस्तक र अभ्यास पुस्तिका) लाई विद्यालय स्तरमा मिलाएर लैजान सक्ने अवस्था सिर्जना नहुनु ।
  • सामग्रीको वितरण, शिक्षक तालिम, शिक्षकको पेशागत सहयोग तालिम बीच कार्यान्वयन समय नमिल्नु ।  सामग्री सँगसँगै तालिम सञ्चालन गरिनु । 
  • प्रअको कार्यव्यवस्थता तथा केहि जिम्ेवारीबोधको अभावको कारण शिक्षकलाई मासिक कक्षा शिक्षण अवलोकन गरी विद्यालय मै मासिक प्राविधिक सहयोग गर्ने कार्यको व्यवस्थापन गर्ने कठिन हुन
  • विद्यालयमा निरन्तर मुल्यांकन, त्यसको विश्लेषण र उपराचात्मक शिक्षण वा पुनशिक्षणको अभ्यास हुन नसक्नु र विद्यालय नेतृत्व त्यस प्रति लाग्न नसक्नु । 
  • बालबालिकाहरुको सिकाइ उपलब्धीप्रति उत्तरदायित्वको बोध गराउन सम्बन्धित निकायलाई कठिन हुनु ।
  • प्राविधिक सहयोग सहितको नतिजामुलक निरन्तर अनुगमन तथा प्राविधिक सहयोगकर्ताको व्यवस्थापनमा जटिलता देखिनु ।
  •   शिक्षणमा सिकाइ क्षेत्र भन्दा पाठ्यपुस्तकका विषयबस्तुको लाई मात्र सहजीकरण गर्ने प्रवृति घटाउन कठिन हुनु ।
  •  विद्यालयमा शिक्षकको कमी देखिनु र त्यसले प्रत्यक्ष प्रारम्भिक कक्षाको शिक्षण सिकाइ गर्ने र तालिमको कार्यान्वयन गर्ने कठिन देखिनु ।
  •   अनुदान प्रदान गर्दा मात्र कार्यक्रम गर्ने र त्यसपछि त्यसका अभ्यासहरुलाई निरन्तर गदै लाने पद्घति स्थापित हुन नसक्नु । 
  • अनुदान तथा सघन समुदाय परिचालनको गतिविधि समित विद्यालयमा मात्र हुनु । 
  •  परीक्षण तथा परीक्षाबाट प्राप्त अंक वा नतिजाहरुलाई विश्लेषण गरी थप योजनाबद्घ रुपमा सुधारको अभ्यास गर्ने पद्घति स्थापित नहुनु । 
  • समता केन्द्रित सिकाइ सहजीकण भन्दा समानता केन्द्रित शिक्षणको अभ्यास हावी हुनु ।
  • सरकार टु सरकारको बजेट समयमा फुकुवा नहुँदा समयमा जिल्ला तथा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने नसक्नु ।
  •  स्रोतकेन्द्रको अवधारणा घट्दा कार्यक्रम कार्यान्वयन, अनुगमनमा थप क्षति पुगेको देखिनु ।
  •  पालिकाहरुमा शिक्षाको कर्मचारी नहुनु, भए पनि नयाँ हनु, पुराना भएका पनि पालिकाको नियमित शिक्षाको कामले गर्दा पठनसीप गतिविधिहरुमा चाहे पनि समय उपलब्ध गराउन कठिन हुनु । 
बलियो पक्ष
जिल्लागत अनुभवको आधारमा जिल्लास्तरमा कार्यक्रमको बलियो पक्षहरु,
  •  जिल्ला समन्वय समिति DCT संधै क्रियाशिल हुनु । 
  • कार्यक्रमको प्राविधिक सहयोगको लागि शिक्षा विकास तथा समन्वय इकाइमा डेक्सको स्थापना हुनु र कार्यक्रममा तथा शिक्षाको कार्यक्रममा इजीआरपी जिल्ला स्थित कर्मचारीबाट निरन्तर सहयोग, समन्वय तथा इनोभेटिम रुपमा क्रियाशिल हुनु । त्यसैगरी पछिल्ला दिनमा प्रत्येक पालिकालाई सहयोग गर्न प्राविधि सहयोग गर्ने इजीआरपीका पालिका स्थित कर्मचारीको सहयोग, समन्वय, क्रियाशिलता हुनु 
  • साथै, इजीआरपी क्षेत्रिय तथा केन्द्रिय कार्यालयबाट नियमित अनुगमन तथा प्राविधिक सहयोग हुनु । 
  •  पालिका प्रमुख, पालिका शिक्षा शाखा, इकाइ, इजीआरपी जिल्ला टिमबीच मेसेन्जर ग्रुपबाट नियमित कार्यक्रमको प्रगति, योजना तथा नयाँ अपडेड भइरहनु ।
  • जिल्लामा कार्यक्रम सन्दर्भमा उच्च समन्वय, सहभागिता तथा चासो जनप्रतिनिधिहरु, कर्मचारी सहित सरोकारवालाहरमा रहनु ।
  •  कार्यक्रम कार्यान्वयनको लागि पुर्व व्यवस्थित तथा समन्वयात्मक रुपमा कार्यान्वयनको लागि तयारी रहने पद्घितको अभ्यास हुनु ।
  • जिल्लामा सामग्री वितरण, ऋद्य भ्न्च्ब्सञ्चालन, अभ्यासपुस्तिका तथा हाम्रो नेपालीबीचको प्रयोगको सन्दर्भ लगायत विषयमा इकाइबाट जिल्ला स्थित निर्देशन तथा सहजीकरण गर्ने अभ्यास रहनु । 
  •  नियमित संयुक्त अनुगमनको अभ्यास भइरहनु ।
  • इकाइबाट पालिका हुने कार्यक्रम पनि सहभागि भई प्राविधिक सहयोग तथा निर्देशन हुने गरेको ।
  • इजीआरपीको जिल्ला टिमबाट नियमित विद्यालय भम्रण गरी विद्यालयलाई प्राविधि सहयोग गर्ने प्रक्रिया स्थापित हुनु । 
  • पालिका तथा जिल्लामा हुने हरेक शिक्षाका बैठकहरुमा इजीआरपी तथा इकाइबाट प्राविधिक सहयोग गरिनु ।
  • समयमा नै काम सम्पन्न गर्ने अभ्यास स्थापित हुनु ।
  • विद्यालयमा हुने हरेक कार्यक्रममा स्थानिय सरकारका प्रमुख, वडा अध्यक्ष लगायत शिक्षाको सरोकारवालाको सहभागिता हुने अभ्यास । 
  • समुदाय परिचालनमा पनि गैैसस, इजीआरपी, इकाइ तथा पालिकाबिच उच्च समन्वय हुनु । 

तत्काल देखिएका परिवर्तनको अवस्था
शिक्षा एक त्यस्तो चिज हो जुन तत्काल भवन, सडक निर्माण गरे जस्तो प्राप्त गर्न सकिन्न । यद्यपी, यस कार्यक्रलले केहि देखिने परिवर्तन ल्याउन सफल भएको छ , 
  • विद्यार्थीले सन्दर्भ पढाइ सामग्रीहरु घरमा लैजाने तथा  पठ्ने परीपार्टीको विकास भएको छ
  • विद्यालय खुलेको शिक्षण नभएको समयमा पनि सन्दर्भ पढाइ पुस्तकहरु पढ्ने, टिफिनको समयमा पढ्ने गतिविधिहरु भएका छन् । 
  • न्युनत्तम पठन सामग्रीहरु सहितका कक्षाकोठाहरु व्यवस्थापन भएको पाइन्छ । 
  •  प्रत्येक बच्चाको हातहातमा अभ्यास पुस्तिका भएको ।
  • शिक्षकको हातहातमा शिक्षकनिर्देशिका भएको ।
  •  कक्षाकोठामा पठन शिक्षणको लागि प्रसस्त सामग्री भएको ।
  • सामग्री प्रयोग मार्फत शिक्षण सिकाइ क्रियाकलाप हुने गरेको ।
  •  शिक्षकले पनि आवश्यकता अनुसार शिक्षण सामग्री निर्माण गर्ने गरेको ।
  •  पठनसीपका ६ तत्वको आधारमा शिक्षण शुरु भएको ।
  •  शिक्षण काम गर्छु,हामी गरौं र तिमी गरको विधिमा शिक्षण भएको छ ।
  •  विद्यालयमा कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठनसीप परीक्षण नियमित हुने गरेको । र विद्यालयको पठनसीप स्तर पत्ता लाग्ने गरेको र सुधारको योजना छलफल हुने गरेको छ
  • कार्यक्रम कार्यान्वयनमा थप सक्रियता सबै सरोकारवालाहरुको बढेको 
  • पालिकामा हुने हरेक कार्यक्रम, बैठकमा इजीआरपीका विषयवस्तुहरु प्रवेश, छलफल हुने गरेको ।
  • पठनसीप विकासका कार्यक्रममा सबैको सहभागितामा वृद्घि हुनु ।
  • पालिकाबाट पठनसीप विकासको लागि बजेट विनियोजन भइ कार्यान्वयन हुदै भएको अवस्था छ ।
  • ९४ कक्षाकोठाहरु छापामय तथा पढाइमैत्रि भएका ।
  • समुदायमा तथाअभिभाबकहरुको विद्यालयमा तथा बच्चाको सिकाइको लागि सक्रियतामा वृद्घि ।
  • पढाइ कुनाको निर्माण घरमा बन्दै जानु ।
  •  छापायुक्त वातावरणले बच्चाको पठनसीपमा सहयोग पुगेको । बच्चा थप हर्षित,उत्साहित भएको
  • बच्चाको पठनसीपमा सुधारमा सहयोग पुगेको ।
  • इसीडि,कक्षा ४ र ५ का बच्चाले पनि छापामय कक्षाकोठा व्यवस्थापन मागगर्नेगरेको 
  • ९४ विद्यालयमा पठनसीप विकासको लागि इजीआर उपसमिति गठन भई घरदैलो, नियमित बैठक, छलफलगर्ने अभ्यास हुने गरेको छ ।
  • पठनसीपको विकास भएको । 
सारमा यस कार्यक्रमले विभिन्न परिवर्तन ल्याउन सहयोग गरेको छ । जस्तै,  पठनसीपको विकास भएको छ, न्युनतम पठनसामग्रीहरु सहितका कक्षाकोठाहरु व्यवस्थापन भएको ९४ विद्यालयहरुका कक्षा १३ का कोठाहरु छापामय÷पढाइमैत्रि वातावरण भएको नेपाली विषयमा तथा पठनसीपमा सुधार आएको, विद्यार्थी बढी उत्प्रेरित, उत्साहित तथा स्वनिर्देशित भएका अवस्था, शिक्षकलाई शिक्षणसिकाइ प्रक्रिया सहजीकरण गर्ने सजिलो भएको,घरमा पढाइ कुना निर्माण क्रमश हुन थालेको, विद्यालयमा अभिभाबकको उपस्थितिमा बृद्धि हुन थालेको, अभिभाबहरुमा पढाइको महत्व सम्बन्धी बुझाइमा क्रमश बृद्धि हुन थालेको, स्थानीय सरकारको सहभागिता तथा जिम्मेवारी पनि बढ्न थालेको, स्थानीय तह तथा इकाइ बिच, शैक्षिक छलफलको जिल्लास्तरीय प्लेटफर्म स्थापना भएको आदी ।

कार्यक्रमको भावि दिन

पहिलो चरणमा भएको कार्यान्वयनको अनुभवले सिकाइका अनुभवलाई एकातिर दिगो गदैं लैजानु पर्ने छ भने अर्को तिर यसको थप निरन्तरता र विस्तारको आवश्यकता रहेको छ । पठनसीप सँगै गणितीय सीप सहितको सिकाइ केन्द्रित क्रियाकलापहरु भएको, विद्यालयको संरचनालाई थप बढी जिम्मेवारीबोध गराउने गतिविधि केन्द्रित कार्यक्रमको आवश्यकता आजको दिनमा रहेको छ । यसको साथै, हरेक कार्यक्रम आउने जाने सँगै कार्यक्रमले ल्याएका सुधारका अभ्यासलाई निरन्तर रुपमा कार्यान्वयन गदै लैजानु पर्ने देखिन्छ ।  यसको लागि तपसीलका गतिविधिहरु गर्न सकिएमा पठनसीप कार्यक्रमले सिकाएका अभ्यास सँगै सिकाइ सुधारमा अवस्य पनि सहयोग पुग्नेमा दुई मत छैन । 





कार्यक्रमको भावि दिनका लागि सुझाबहरु

यो कार्यक्रमको निरन्तरताको माग सबै पालिका प्रमुख, विद्यालय सरोकारवालाहरु, जिल्ला स्थित सबै निकायहरुमा भएको यस परिवशेमा सिकाइ सुधारको लागि यो कार्यक्रमको निरन्तरता आजको आवश्यकता हो । आगामि दिनमा यो कार्यक्रमले केहि कुरालाई ध्यान दिनु पर्ने देखिन्छ । त्यसको लागि केहि सुझाबहरु प्रदान गरिन्छ । 
  • पढाइ कार्यक्रम नै सिकाइको आधार भए पनि सरोकारवालाहरुमा पढाइ शब्दप्रति संकुचित धारणा भएकाले गर्दा कार्यक्रम नाम सिकाइ कार्यक्रमको हुनु पर्ने । 
  • पालिका तथा इकाइमा नँया कर्मचारी हुनु, त्यसमा पनि क्षमता विकास इजीआरपीमा अपेक्षित हुन नसकिएको बेलामा प्राविधि सहयोगकर्ता प्रावधानलाई निरन्तरता दिनु पर्ने । 
  • कार्यक्रम र बजेटलाई स्थानियतहगत तथा इकाइगत समन्वयकारी तथा अनुगमन केन्द्रित व्यवस्था गर्नुपर्ने । 
  • कार्यक्रम बजेटको फुकुवा ढिलोमा असोजभित्र भइसक्नु पर्ने । 
  • स्थानिय तह तथा इकाइमा केहि स्थानिय परिवेश अनुरुप क्रियाकलाप सञ्चालनको लागि निश्चित बजेट व्यवस्था गरिनु पर्ने । 
  • कार्यक्रमले इसीडिबाट कक्षा ५ सम्म लक्षित गरिनु पर्ने ।
  • विद्यालयको प्रअलाई बढी जिम्मेवारी तथा उत्तरदायी बनाउने क्रियाकलापहरु सञ्चालन गरिनु पर्ने । 
  •  सामग्रीको विकास तथा वितरण केन्द्रबाट नै गरिनु पर्ने । 
  • २ प्रकारका सामग्रीहरुको विकास गर्ने नहुने । जस्तै, हाम्रो नेपाली र अभ्यास पुस्तिका 
  •  शिक्षक तालिमको अवधि बढीमा ५ दिन हुनु पर्ने र हरेक बर्ष २ दिनको तालिम लिएका शिक्षकलाई पुनर्ताजकिरण कार्यशाला हुनु पर्ने । 
  •  कक्षागत पर्याप्त शिक्षकको व्यवस्थापनको लागि केन्द्रिय निकायले स्थानीयतहमा समन्वय गर्नु पर्ने ।
  •  प्रध्यानाध्यापकलाई शैक्षणिक नेतृत्वकर्ता र शिक्षकको पेशागत विकासको लागि हरेक स्थानीयतहमा एक पाठ्यक्रम प्राविधिक सहयोगकर्ताको व्यवस्था गरी हरेक महिनामा १ पटक कम्तिमा एक विद्यालयको भम्रण, टेबलेटमा आधारित वैज्ञानिक तथ प्रविधियुक्त अनुगमन गरी छलफलअन्तरक्रिया गर्ने प्रणालीको विकास गर्ने । त्यसको डेटावेश जिल्लामा, केन्द्र र प्रदेशमा आउने प्रबन्ध मिलाउने ।
  • विद्यालयलाई परिचालन मार्फत सञ्चालन गरिने SMC Grant  जस्ता कार्यक्रमको निरन्तरता दिने । त्यसमा त्यसको ५० प्रतिशत बजेट नलाग्ने कामको सहकार्यको लाग सहभागि गराउनु पर्ने । समुदाय परिचालनका गतिविधिलाई सबै विद्यालयहरुमा समान किसिमले सञ्चालन गरिनु पर्ने ।
  • पालिकाको कर्मचारीको क्षमता विकासमा जोड दिनुपर्ने ।
  • शिक्षकले आँफै छापामय वातावरण सिर्जना गर्ने क्रियालापहरुमा जोड दिनुपर्ने ।
  • हरेक १ चौमासिकमा १ पालिकामा १ सयुंक्त अनुगमनको व्यवस्था गर्नुपर्ने । 
  •  बालबालिकाहरुको गणितीयसीपमा पनि जोड दिनु पर्ने ।
निष्र्कष

शिक्षा सिकाइको उपज हो । शिक्षा सामाजिक रुपान्तरण, परिवर्तन, गतिशिलता, सामाजिक न्याय र शान्ति र दिगो विकासको एक सशक्त माध्यम हो । त्यसैले प्रत्येक व्यक्तिमा सिकाइ सुनिश्चितता हुनु आवश्यक छ । सिकाइ सुनिश्चितताको लागि व्यक्ति औपचारिक, अनौपचारिक र अनियमित शिक्षाको प्रणालीमा समावेश हुन सक्छ । त्यसमा पनि औपचारिक शिक्षा प्रणाली आधारभुत र व्यापक भएकाले यसको प्रभावकारी व्यवस्थापनका बारेका चर्चा गर्नु सान्दर्भिक भएको हो । व्यक्तिको हातमा पास गरेको सटिर्फिकेट हुनुले खासै आजको समयमा स्थान पाउदैन । बरुले उसले त्यो संगै के कस्तो प्रदर्शन गर्छ भन्ने कुराले महत्वपुर्ण राख्छ । आज नेपालको परिवेश भनेको कक्षागत उत्र्तिण हुने प्रवृत्ति बढ्नु तर योग्यता अनुरुप क्षमता प्रर्दशन गर्न नसक्नु हो । अनि रोजगार बन्न नसक्दै मानसिक रोगी बन्ने प्रवृत्ति बढ्नु हो । त्यसको पछाडी एउटै मात्र कारण छ तोकिएको कक्षामा तोकिएको सिकाइ उपलब्धी हासिल नगरी अर्को कक्षामा उत्तिर्ण हुनु हो । सिकाइको सुनिश्चिता गर्नेको लागि त सर्बप्रथम पढ्नु पर्यो ।  पढ्नु भनेको ठूलो ठूलो श्वरले कराउनु मात्र होइन । पढाइ भनेको लेख्यवर्ण र ध्वनी सचेतीकरण, शब्द ज्ञान, बोध, ध्वनी प्रवाह र लेखाइ हो । त्यसैले पढ्नको लागि विद्यालय र विद्यालय बाहिर अवसर सिर्जना गर्नुपर्दछ ।

यहि कुरालाई मध्यनजर गदै सञ्चालनमा आएको पढाइ कार्यक्रमले विद्यार्थी, विद्यालय र अभिभाबकको बीचको अन्तरक्रिया, समन्वय र सहयोगको उच्च प्रयास निर्माणगरी प्रारम्भिक कक्षाका बालबालिकाहरुको पठनसीपको विकासको सुनिश्चितता सहयोग गदै समतामुलक गुणस्तरीय सिकाइ सुनिश्चिताको सहयोग गर्ने देखिन्छ । त्यसैले पनि यसका देखिएका बाधा, चुनौतिहरुलाई चिर्दै यस कार्यक्रमलाई नेपालका सबै स्थानिय तहका विद्यालयहरुमा लागु गर्नुपर्ने आवश्यकता आजको शिक्षा क्षेत्रको पहिलो आवश्यकता रहेको छ ।

सन्दर्भ सामग्रीहरु

·         शिक्षा मन्त्रालय, २०१४, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम (२०१४÷१५२०१९÷२०), काठमाडौं,
·         शिक्षा मन्त्रालय, २०१७, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम कार्यान्वयन मार्गदर्शन,  काठमाडौं,  लेखक ।
·         शिक्षा विभाग, २०७२, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रm, परिचयात्मक पुस्तिका, सानोठिमी, भक्तपुर, लेखक ।
·         शैक्षिक जनशक्ति विकास केन्द्र, २०७४, पठनसीप विकास तालिम स्रोत सामग्री, काठमाडौंः लेखक ।
·         शिक्षा विकास तथा समन्वय इकाइ, धनकुटा, २०७७, कार्यक्रम प्रगति प्रतिवेदन २०७३७७, धनकुटा,


No comments:

Post a Comment