Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Saturday, December 12, 2020

School Student Academic Performance in Nepal: An Analysis Using the School Education Exam (SEE) Results

 Student academic performance is the most important indicator of educational development in every nation. The main purpose of this study was to analyze the academic performance of the grade 10 students in terms of their overall performance and its relationship with socio-demographic factors through the use of a quantitative research method. A total of 541 students (341 community and 200 private students) from seven local governments in the Dhankuta district were randomly selected to collect the data related to their socio-demographic characteristics and subject-wise score using a data collection template. The data were descriptively and inferentially analyzed in the support of SPSS. The key findings of the study revealed that the performance of most of all community school students (66%) is under a satisfactory level than private and they (85%) are very poor in Mathematics subjects than others. This study also concluded that there is also a wider gap in student performance between theory and practical subjects. Students from municipal government and Bramin/Chetri ethnic groups are doing better performance than others. The study finally, found that school type, local government type, nature of examination, and age & the ethnicity of students make a significant difference in student achievement whereas gender does not.

Source: https://www.ijonse.net/index.php/ijonse/article/view/34 

To cite this article:

Chapagain, Y. (2021). School student academic performance in Nepal: An analysis using the School Education Exam (SEE) results. International Journal on Studies in Education (IJonSE), 3(1), 22-36.

Wednesday, November 4, 2020

शिक्षकको पेशागत सहयोग तथा विद्यालयको सुपरिवेक्षण अबको सन्दर्भमा कसरी ?

 



मोडेल के हो ?

  • हरेक पालिकामा विद्यालय शिक्षा सहयोग अधिकृत (SESO) को ब्यवस्था ।  (नियमित विद्यालय भ्रमण, कक्षा अवलोकन तथा शिक्षक विद्यालयलाई सहयोग र मोबाइलमा आधारित विद्यालय रिपोटीª 
  • विद्यालयगत सिकाइ समुह गठन परिचालन र नियमित बैठक । 
  • कलस्टरमा आधारित घुम्ती सिकाइ बैठक 
  • पालिका स्तरीय मासिक प्रअ बैठक र दुई महिनाको एक पटक विषयगत शिक्षक बैठक । 

कसरी ब्यवस्था गर्ने ?

  • १५ दिने तालिमको अवधारणालाई परिमार्जन गरी बढीमा ३ दिने बनाउने र त्यसको बजेट प्रयोग गर्ने । 
  • विकासे सस्थाहरुले आथिक वा मानवीय सहयोग गर्ने ।
  • शिक्षा कर्माचारीहरुको दरबन्दीबाट ब्यवस्थापन गर्ने ।
  • पालिकास्तरमा निणर्य गरी शिक्षा बजेट ब्यवस्थापन गर्ने । निर्माण सम्बन्धी कामबाट प्राप्त हुने कन्टीजेन्सीको न्युन प्रतिशत व्यवस्था गर्ने, अति नै कम शिक्षा कर को ब्यवस्था गर्ने,  हरेक शिक्षकबाट वा कर्माचारीबाट ३० बाट ४० रुपियाँ काट्ने आदी ।  


Saturday, September 12, 2020

अध्ययनको नतिजा प्रस्तुतीकरण




अनुसन्धानकर्ता योगेन्द्र चापागाईंबाट गरिएको नेपालको सन्दर्भमा विद्यालय विद्यार्थीको सिकाइको अवस्थाका विविध पक्षहरु समटिएर गरिएका एक अध्ययनको नतिजाहरु, निष्र्कषहरु, प्रभावका साथै, सुधारको लागि प्रअमा हुनु पर्ने शैक्षणिक नेतृत्वसीपको सम्बन्धमा एक प्रस्तुतीकरण सम्पन्न भएको छ । यसमा सहभागि हुने हुने र प्रस्तुतीकरणमा आफ्ना अमुल्य सुझाब, अनुभव र विचार राखिदिनु हुने सबै आदरणीय भानुभावहरु प्रति हार्दिक अभार व्यक्त गर्दछु । यो अध्ययन विद्यालय सुधारको लागि एउटा महत्वपुर्ण विषयवस्तुको उठान भएको र सकोकारवालाहरुले जिम्मेवारीका साथ  यसका निष्र्कषहरुलाई नीतिमा कार्यान्वयन गर्नु पर्ने सबै को बुझाइलाई धेरै नै धन्यवाद प्रदान गर्न चाहान्छु । धेरै जना सरहरुलाई समेट्न नसकेको मा   क्षमा पनि व्यक्त गर्ने चाहान्छु ।

अनुसन्धानकको पुरा पेपर केहि समय पश्चात मात्र उपलब्ध गराउने छु । 

Wednesday, August 26, 2020

एसइइको विगत बर्षसँग यस बर्षको तुलनात्मक अध्ययन ? कति प्रतिशतले बढ्यो त ?


अधिकारको दुरुपयोग भयो कि भएन त्यो विना आधार भन्न सकिन्न तर पनि हाम्रो विद्यालयमा हुने परीक्षालाई थप विस्वासनीय तथा सुधार आवश्यक रहेको स्पस्ट यो तथ्यांकले देखाउछ ।  

Tuesday, August 18, 2020

बैकल्पिक सिकाइ सहजीकरणको अवस्था र आजको दिनमा के गर्न सकिन्छ ?

हालको अवस्था 

  • धनकुटा लगायत सबै जिल्लाका पालिकाहरुले केन्द्रले प्रशारण गदै गरेको टिभिबाट प्रशारण गरिएको कक्षाको बारेमा विद्यालयले सहजीकरण गरिएको ।  
  • केन्द्रले विकास गरिएका सिकाइ सामग्रीहरुलाई छपाई तथा वितरण । 
  • केहि विद्यालयहरुले समुदाय भम्रण गरी सिकाइ सहजीकरण गरिएको । विशेषत विद्यार्थीलाई सिकाइ कार्य दिने गरिएको । 
  • केहि थोरै विद्यालयहरुले माथिल्ला कक्षामा जुम मार्फत सिकाइ सहजीकरण गरिएको ।  
  • धनकुटामा रमाइलो पढाइ दिगो सिकाइको एप् मार्फत नेटमा पहुँच भएकालाई जानकारी दिदै प्रया्ग गर्ने गरिएको तल्ला कक्षाहरुमा । 
  • विद्यालयहरुमा भएका सन्दर्भ पढाइ सामग्री तथा पाठ्यपुस्तक वितरण गरी घरमा नै प्रयोग गर्ने गरी अभिप्रेरित गरिएको । 
  • अनलाइनमा भएका सिकाइ सामग्रीहरुको पहुँचको लागि सामग्रीको सुची बनाइ सबै सरोकारवालाहरुलाई जानकारी दिने गरिएको । 

समस्या 

  • अपेक्षित रुपमा सिकाइ सहजीकरण विद्यालयबाट हुन नसकिएको । 
  • यस सम्बन्धित केन्द्रिय तथा स्थानीयतहबाट स्पस्ट रुपमा दिशा निर्देश गर्न नसकेको अवस्था छ । 

यस समयमा के गर्न सकिन्छ ? 

  • विद्यालयको टीमलाई पालो पालो प्रणालीको विकास गरी विद्यालयको योजना निर्माण लगायत अन्य आवश्यक काम गर्न सकिन्थ्यो । 
  • विद्यालय सुधार योजनाको अद्यावधिक गर्ने । 
  • गत शैक्षिक सत्रको कक्षागत विषयगत उपलब्धी विश्लेषण गरी सुधारको योजना निर्माण गर्ने । 
  • विषय शिक्षकले आफ्नो विषयको शिक्षण सुधार योजना निर्माण गर्ने ।  
  • प्रअले विद्यालयको समग्र पक्षको विकासको सुधारको सुचक सहितको स्पस्ट योजना तर्जुमा गर्ने । 
  •   निश्चित संख्यामा आफ्नो विषयमा शिक्षण गर्नको लागि आवश्यक शैक्षिक सामग्रीहरु निर्माण तथा विकास गर्ने ।  
  • विद्यालयले समुदायमा स्वास्थ्य प्रोटोकलमा बसी एक शिक्षक एक समुदायको नीति अपनाइ पालो प्रणालीमा विद्यालर्थीलाई सिकाइ कार्य तयार पारी त्यसलाई प्रिन्ट गरी वितरण गर्ने र तप सहजीकरण गर्ने ।  
  • विद्यालयले एक समुदाय एक शिक्षित व्यक्तिलाई त्यस क्षेत्रको सहजीकरणको लागि फोकल पर्सन बनाइ सहजीकरण गर्ने ।  
  • नेट पहुँच भएकाको एकिन गरी जुम सिकाइ सहजीकरण गर्ने ।  
  • अभिभाबकहरुको फोन सम्पर्क अद्यावधिक गरी अभिभाबकलाई बच्चाको सिकाइमा सहजीकरण गर्ने । 


Thursday, July 23, 2020

महालेखा परीक्षकको ५७ औं प्रतिवेदन २०७७ मा शिक्षा


बजेट सहि कार्यान्वयन भएन भने कसरी सुधार आउला <

महालेखा परीक्षकको ५७ औं प्रतिवेदन २०७७  असारले शिक्षाको क्षेबमा उल्लेख गरेका केहि मुख्य कुरा यस्ता देखिए
  • २ करोड ५० लाखको वित्तिय विवरण नराखिएको ।
  • सहयोगि निकायबाट कार्यक्रममा नराखीकन २ लाख २० हजार २३२ खर्च गरिएको ।
  • एउटै शिर्षकमा ५६ पटक सम्म रकमान्तर गरिएको ।
  • मन्त्रालयको बार्षिक वित्तिय प्रगति प्रतिशत शिशु विकास कार्यक्रममा ६३ प्रतिशत, विद्यालय विकास कार्यक्रममा ७२ प्रतिशत, शैक्षिक गुणस्तर परीक्षण केन्द्रको ६४ प्रतिशत, पढाई सीप विकास कार्यक्रमको ४७ प्रतिशत, पाठ्यक्रम विकास केन्द्रको ४४ प्रतिशत, शिक्षा, मानव स्रोत केन्द्रको ५३ प्रतिशत रहेको छ  । 
  • आव ०७५÷७६ को बजेट व्यक्तव्य अनुरुप कार्यान्वयन हुन नसकेको देखिन्छ । जस्तै, सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर घटेको, संस्थागत विद्यालयमा विद्यार्थी भर्नादर बढेको, सामुदायिक विद्यालयको परीक्षा नतिजा कमजोर रहेकोशिक्षक दरबन्दी मिलान हुन नसकेको ।
  • १४ औं योजनाका शिक्षाका १६ मध्ये १२ सुचकमा कम उपलब्धी भएको । 
  • उच्च शिक्षामा प्रदान गरिएको छात्रवृतिको विवरण नराखिएको ।
  • १ करोड ४४ लाख खर्च गरेर तयार गरेको उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन र १ करोड १ लाख खर्च गरेर तयार गरेको जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलको अध्ययन प्रतिवेदन सार्वजानकारी गरिएको छैन । 
  • निशुल्क शिक्षा भनिएको छ तर राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीबाट कुल १ अर्ब १३ करोड ५ लाख ३१ हजार शुल्क असुलेको देखियो ।
  • विद्यार्थी सिकाइ उपलब्धी अति नै कमजोर रहेको छ । 
  • सामुदायिक विद्यालयका कक्षा ११, १२ का छात्रालाई प्रदान गर्ने छात्रा शिक्षा कोषको खर्च नगरी ४६ करोड  ८६ लाख ६९ हजार रहेको । 
  • शिक्षा पदकको खरिद कार्य यर्थाथपरक तथा मितव्यायी नभएको ।

Tuesday, July 14, 2020

के तपाई आफ्नो क्षेत्रको विषयमा अनलाइन कक्षा लिन चाहानुहुन्छ ?

के तपाई आफ्नो क्षेत्रमा अनलाइन मार्फत सिकाइ, तालिम तथा कुनै निश्चित अवधिका कोर्सहरुलाई व्यवस्थित बनाउदै सिकाइ सहजीकरणको खोजीमा हुनुहुन्छ ? के तपाई अब घरबाटै सिक्न चाहानुहुन्छ ।

यदि त्यस्तो समस्यामा हुनुहुन्छ भने विकास, सिकाइ तथा अनुसन्धान केन्द्र, धनकुटा - Development, Learning and Research Center (DLRC) Dhankuta लाई सम्झनुहोस् । हामी कुनै पनि प्रकारको सिकाइ, तालिम तथा अन्य कार्यक्रलाई अनलाइन मार्फत नै सिकाइ व्यवस्थापन गदै सिकाइ सहजीकरण गर्ने छौं ।  

हाम्रा विशेषताहरु 
  • मुडल (Moodle) मार्फत सिकाइ व्यवस्थापन गरिने । 
  • हरेक सिकाइ सामग्री हरेक कक्षामा राखिने । 
  • छलफल, अन्तरक्रिया गर्न मिल्ने । 
  • कक्षा कार्य, गृहकार्य, परियोजना कार्य, सिकाइ कार्यहरुलाई व्यवस्थित गरिएको । 
  • सिकारुको सिकाइ कार्यलाई तत्काल पृष्ठपोषण दिइने ।   
  • सिकाइको मुल्यांकन गरी प्रमाणपत्र प्रदान गरिने । 
  • दक्ष अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गरिने ।  
  • जुमबाट कक्षा सहजीकरण गरिने । 
  • यो कोभिडको समयमा विद्यालय, उच्च शिक्षा, स्थानीय सरकारहरुलाई अति आवश्यक । 
  • कक्षा सहजीकरण तपाईहरुले नै चाहेको समयमा हुने  । 
  • घरमा नै बसीबसी कक्षा लिन सकिने ।  

हाम्रा सेवाका क्षेत्रहरु 
  • शिक्षक तालिम 
  • प्रध्यानाध्यापक तालिम 
  • निश्चित अवधिको सीपमुलक कोर्स 
  • शिक्षक सेवा आयोगका तयारी कक्षाहरु 
  • अन्य कुनै पनि प्रकारका तालिमहरु, सिकाइ कार्यक्रमहरु तथा कार्यक्रमहरु 
  • कार्यशाला, बैठक 

तलको ठेगानामा सम्पर्क गर्नुहोस् । 

धनकुटा नगरपालिका, धनकुटा 
इमेल dlrcdkt@gmail.com 
सम्पर्क नं ९८५१२१९९५३ 
टेलिफोन नं ०२६५२०४०६ 

कक्षा वा सेसन प्रवेशको लागि 
यहाँ click गर्नुहोस् ।


विस्तृत जानकारीको लागि यहाँ  click 
                               https://dlrcdkt.blogspot.com/
गर्नुहोस् ।  

Thursday, July 9, 2020

शिक्षा बजेटको प्रवृत्ति : कार्यान्वयन सही छ त ?

                                     योगेन्द्र चापागाईं

भखरै तीन ओटै सरकारले आगामी बर्षको लागि बजेट तय गरी सार्वजानिक गरिसकेका छन् । हरेक बर्ष हुने बजेट भाषणमा शिक्षाको बजेटका विषयमा बहस हुने गरेको छ । किनकी शिक्षा क्षेत्र सामाजिक विकास र परिवर्तनको एक सशक्त माध्यम हो । शैक्षिक नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गदै अपेक्षित परिवर्तनको लागि बजेट व्यवस्थापन अनिवार्य छ । बर्षेनी यसरी सुनिने बजेट भाषणले शिक्षा लगायत विभिन्न क्षेत्रमा कस्तो प्रभाव पार्न सकिरहेको छ भन्ने कुराको विश्लेषण आजको आवश्यकता हो । यदि प्रभावको विश्लेषण नगरी बजेट विनियोजन गर्र्नेे परिपाटीले त्यस क्षेत्रको सुधारको अपेक्षा गर्न सकिन्न । हरेक बर्ष छुटाएको बजेटको सहि सदुपयोग कति भएको छ त ? छुटाएको बजेटको कति मात्रा बास्तविक परिवर्तनको लागि खर्च भइरहेको छ त ? कतै हामी बजेटको आकारमा मात्र बहस त चलाइरहेका छैनौं ? भन्ने जस्ता विविध प्रश्नहरु आम सरोकारवालाहरु माझ रहनु स्वभाविक हो । यस लेखमा शिक्षा क्षेत्रको बजेटको प्रवृति र हालको विद्यालय शिक्षाको अवस्थालाई विश्लेषण गर्न खोजिएको छ । 

शिक्षा बजेटको प्रवृति 

सरकारले शिक्षा क्षेत्रलाई प्राथामिकतामा राखेर शिक्षामा लगानी गदै आएको छ । सबैका लागि शिक्षाको विश्वव्यापी अभियान सँगै नेपालको शिक्षा क्षेत्रको लगानीमा क्रमश वृद्घि हुदै आएको छ अवस्था छ । हरेक बर्ष शिक्षा क्षेत्रको रकममा वृद्घि हुँदै आए पनि कुल बजेटको प्रतिशतमा विविधता रहेको छ ।  सन् १९९० को दशकबाट शिक्षा क्षेत्रको बजेट प्रतिशतमा क्रमश वृद्घि हँुदै आव २०६७÷६८ मा पुग्दा शिक्षाको बजेट कुल बजेटमा १७.१ प्रतिशतमा पुगेको थियो ।  जुन अहिले सम्मकै उच्च प्रतिशत हो । त्यसपश्चात क्रमश ओरालो लागेको शिक्षाको प्रतिशत आव २०७४÷७५ मा ९.९ प्रतिशतमा पुगेको थियो भने त्यसपश्चात फेरी क्रमश बढेको देखिन्छ । आगामी बर्ष आव २०७७÷७८ को लागि सरकारले शिक्षा क्षेत्रमा कुल बजेटको ११.६८ प्रतिशत विनियोजन गरेको छ । 

Monday, June 29, 2020

पढाइ सीप प्रवद्र्धन कार्यक्रम, कार्यान्वयन अवस्था र भावि दिन


योगेन्द्र चापागाईं
जिल्ला संयोजक,
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम
पृष्ठभुमी
नेपालको शैक्षिक विकासको इतिहासलाई फर्केर नियाल्दा विद्यालय शिक्षा सुधारको लागि विगतबाट हालसम्म विविध प्रयासहरु भएको पाइन्छ । विस २०१० सालमा दरबार स्कुलको स्थापना भएसंगै औपचारिक शिक्षा प्रणालीको शुरुवात भएको नेपालमा २००७ सालसम्म पुग्दा पनि शिक्षाको विस्तार र विकासमा उल्लेखनीय परिवर्तन नभएको परिदृश्य २ प्रतिशतको साक्षरता दर मात्र हुनुले नै स्पस्ट पार्दछ । अर्थात २००७ सालको प्रजातन्त्र प्राप्त्रि पुर्व शिक्षा निश्चित वर्गमा मात्र सिमित थियो, आम जनतासम्म पुग्न सकेको थिएन भन्न सकिन्छ । 

नेपालको विद्यालय शिक्षा विकासमा टेवा पुर्याउने उदेश्य साथ निश्चित कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ भनेर नै पहिलो पटक सन् १९७१ मा लाहाचोक परियोजना अर्थात Education for Rural Transformation सञ्चालन भएको पाइन्छ । यसै परियोजनाको सफलताको आधारमा सन् १९८१ बाट १९९१ सम्म सेति परियोजना लागु भएको पाइन्छ । २ चरणमा लागु भएको यस परियोजनाले भौतिक सुविधा विस्तार, प्रौढ शिक्षा, चेलिवेटी कार्यक्रम, शिक्षक तालिम, सामग्री निर्माण र वितरणमा उल्लेखनिय योगदान पुर्याएको पाइन्छ । यसबाट प्राप्त भएका सकारात्मक प्रयासहरुलाई दृष्टिगत गदै क्रमश सन् १९८४-९२ मा लागु भएको आधारभुत तथा प्राथमिक शिक्षा परियोजना, सन् १९९२-९७ मा लागु भएको प्राथमिक शिक्षा परियोजना, सन् १९९९-२००४ मा लागु भएको प्राथमिक शिक्षा विकास कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु नेपालमा सञ्चालन भएका थिए । नेपालको विद्यालय क्षेत्रको शैक्षिक विकासमा यस्ता कार्यक्रमहरुले खेलेको महत्वपुर्ण भुमिकालाई नर्कान सकिदैन ।

सन् २००४ बाट २००९ सम्म सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना नेपाल नामक कार्यक्रम सञ्चालनभएको थियो । त्यस पश्चात नेपालकै इतिहासमा विद्यालय क्षेत्रको सबै पक्ष समेटेर बनेको वृहत कार्यक्रमका रुपमा विद्यालय क्षेत्र सुधार कार्यक्रम सन् २०१५ सम्म लागु भयो । यस्ता कार्यक्रमबाट शिक्षाको पहुंचमा अपेक्षित उपलब्धी हासिल गर्न सके पनि गुणस्तर, सिकाइ उपलब्धी र जवाफदेहिता जस्ता क्षेत्रमा अपेक्षित उपलब्धी हासिल गर्न नसकेको अवस्था देखिन्छ ।

गुणस्तर र सिकाइमा अपेक्षित रूपमा सुधार नहुनुका विविध कारणमध्ये विद्यार्थीमा पढ्ने र बोध गर्ने क्षमता कमजोर हुनु एक प्रमुख कारण हो भन्ने निष्र्कष विद्यालय सुधार योजनाको मध्यावधि मुल्याकनले २०१२ले देखिएको थियो । अर्थात आधारभूत तहको शैक्षिक गुणस्तरमा सन्तोषजनक प्रगति नहुनुका विभिन्न कारणमध्ये प्रारम्भिक कक्षाका विद्यार्थीहरूको पढाइ सिप तथा पढ्ने बानीको अपेक्षितरूपमा विकास नहुनु पनि एक हो । प्रारम्भिक कक्षाको पढाइ र सिकाइ कमजोर हुँदा त्यसपछिको शिक्षा स्वतः कमजोर हुन गएको  तथ्यलाई प्रकाश पार्दै अनुसान्धानहरूले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा सिकाइलाई प्रभावकारी बनाउन पढाइ सिप विकास गर्नु पर्छ भन्ने मान्यताले स्थान प्राप्त गदै गएको अवस्थामा नेपालले पनि पढाइ सम्बन्धी आधारभुत सिप विकास सुनिश्चित गर्न प्रतिबद्घता गरे बमोजिम नेपाल सरकारले युसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४÷१५ बाट राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा ल्याएको पाइन्छ ।

शैक्षिक गुणस्तर सुधार गर्ने विशेष गरि प्राथमिक तहका बालकालिकाहरुको सिकाइ अभिवृद्घि गर्ने लक्ष्य तथा कक्षा १-३ का सबै बालबालिकाहरुको पठनसीपको अभिवृद्घि उद्घेश्य साथ आव २०७२-७३ देखि सञ्चालन गरिएको यस कार्यक्रम शुरुमा नेपालका १६ जिल्लाहरु कञ्चनपुर, बाँवm, कास्की, मनाङ, भक्तपुर, सप्तरी, धनवmुटा, पर्सा, रुपन्देही, मुस्ताङ, दाङ, बर्दिया, सुर्खेत, वैmलाली, डडेलधुरा र डोल्पामा सञ्चालित रहेदै आएको छ । यसमा पनि सघन रुपमा आर्थिक बर्ष २०७२-७३ बाट ६ जिल्लामा ( कञ्चनपुर, बाँवm, कास्की, मनाङ, भक्तपुर, सप्तरी) लागु भएको थियो भने अन्य १० जिल्लामा आव ०७५-७६ बाट सघन रुपमा लागु भएको थियो । १६ जिल्लामा युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यो कार्यक्रम एसएसडिपी मार्फत आव ०७५-७६ मा थप ४ जिल्लाहरु धनुषा, तनहु, ताप्लेजुङ्ग र रसुवा तथा आव ०७६-७७ मा एसएसडिपी मार्फत नै थप १० जिल्लाहरु खोटाङ, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुपाल्चोक, म्याग्दी, कपिलवस्तु, दैलेख, नवलपरासी सुस्तापश्चिम र अछाम मा लागु भएको छ ।  

Friday, June 26, 2020

विद्यालय बन्दको समयमा सहयोगी हुने सिकाइ सामग्रीहरु

कक्षा १ रमाइलो पढाइ दिगो सिकाइ मोबाइल एप
कक्षा १ अभ्यास पुस्तिका नेपाली भाग १
कक्षा १ अभ्यास पुस्तिका नेपाली भाग २
कक्षा २ अभ्यास पुस्तिका नेपाली भाग १ 
कक्षा २ अभ्यास पुस्तिका नेपाली भाग २ 
कक्षा ३ अभ्यास पुस्तिका नेपाली भाग १ 
कक्षा ३ अभ्यास पुस्तिका नेपाली भाग २ 
कक्षा १ सन्दर्भपढाइ सामग्रीहरु 
कक्षा १ वर्ण पत्ति 
कक्षा १ वर्णमाला चार्ट
कक्षा १ शब्दचित्र पत्ति 
कक्षा १ बालगित चार्ट
कक्षा १३ शिक्षक इजीआर तालिम सामग्री 
कक्षा १३ शिक्षक इजीआर तालिम प्रशिक्षक प्रशिक्षण निर्देशिका 
कक्षा १३ शिक्षक शिक्षण स्रोत सामग्री 
कक्षा १३ शिक्षक शिक्षकको पेशागत सहयोग सामग्री
कक्षा १३ शिक्षक शिक्षक पेशागत सहयोग व्यवस्थापन कार्यविधि
पुर्वप्राथमिक सिकाइ क्रियाकलापहरु
कक्षा १ सिकाइ क्रियाकलापहरु
कक्षा २ सिकाइ क्रियाकलापहरु
कक्षा ३ सिकाइ क्रियाकलापहरु
कक्षा ४ सिकाइ क्रियाकलापहरु
कक्षा  सिकाइ क्रियाकलापहरु
कक्षा  सिकाइ क्रियाकलापहरु
कक्षा  सिकाइ क्रियाकलापहरु
कक्षा १ बालपाठमाला https://pustakalaya.org/balpaathmala/
कक्षा १ डिजिटल शैक्षिक सामग्री
कक्षा २ डिजिटल शैक्षिक सामग्री 
कक्षा ३ डिजिटल शैक्षिक सामग्री 
सिकाइ चौतारी 

Monday, June 22, 2020

Special Education: Concept, Policies, Practices and Way Forward

Special Education Introduction:

Special Education is a multifaceted field that revolves around two key elements: "special," denoting uniqueness, and "education," referring to the process of imparting knowledge and skills to bring about behavioral change. In essence, Special Education involves providing unique educational support to specific individuals. Numerous scholars have offered varying definitions of Special Education, but they all revolve around the core concepts of tailored educational systems and individuals with disabilities or special needs. In broad terms, Special Education can be described as the provision of a distinct educational system for individuals with disabilities or special needs to facilitate their development and enhance their quality of life.

Importance of Special Education:

Special Education holds significant importance in both the educational field and society at large. It serves as a discipline that supports policymakers in formulating inclusive policies, aids the government in designing and implementing programs and interventions, assists assessors in identifying and classifying children with disabilities, enables facilitators to support children's development, and guides educators in designing, developing, implementing, and monitoring educational programs to meet the needs of these children. Additionally, Special Education plays a crucial role in changing the behavior of individuals with disabilities, enabling them to lead quality lives similar to those without disabilities. The key importance of Special Education can be summarized as follows:

  • Identification of Children with Disabilities.

Supervision and Monitoring Mechanism in the Education System of Nepal


Yogendra Chapagain

Abstract:

Effective supervision and monitoring are vital tools for ensuring organizational compliance, institutional development, good governance, and the enhancement of teaching and learning practices in the field of education. Supervision entails providing technical support to teachers to enhance students' learning outcomes through professional development, while monitoring involves administrative oversight in accordance with laws, regulations, and policies. However, the education sector in Nepal currently faces challenges related to weak and unsystematic supervision and monitoring mechanisms. To address these issues, there is a need to establish a specific modality and a dedicated supervision and monitoring section within the Center for Educational Human Resource Development (CEHRD). This article explores the concepts of supervision and monitoring, current practices, associated challenges, and proposes a way forward to strengthen these crucial aspects.

National Curriculum Framework 2076: Overview, Policy, Structure and Critical Reflection


Yogendra Chapagain

Background:


The National Curriculum Framework (NCF) 2076 received government approval in Nepal on September 6, 2019, with the aim of transforming the school curriculum. This document serves as the primary guiding document for the education system at the school level. The development of the new curriculum framework in Nepal drew inspiration from the Sustainable Development Goals 2030 (SDG 2030), the Secondary School Development Program (SSDP) framework, and the federal context. In terms of structure, the National Curriculum Framework 2076 comprises 88 pages, divided into six sections: background, contemporary aspects related to the curriculum, theoretical foundations and policy for curriculum development, structure of school education curriculum, student evaluation and approval processes, implementation of the national curriculum framework, and annexes. Additionally, there are five annexes and 44 sub-topics spread across these sections.

Thursday, May 28, 2020

शिक्षा सम्बन्धीत विषयवस्तुमा कुनै कार्यक्रम गदै हुनुहुन्छ ?



        शिक्षासँग सम्बन्धीत कुनै पनि विषयवस्तुको सहजीकरण तथा प्राविधिक सहयोग आवश्यक परेमा सम्पर्क गर्नुहोला ।  

हजुरको छोटो समय शैक्षणिक नेतृत्व सम्बन्धी अध्ययन साधनको नमुना परीक्षणको लागि प्रदान गर्न सक्नुहुन्छ ?


आदरणीय सर नमस्कार,


        विद्यालयका प्रधानाध्यापकको नेतृत्व सम्बन्धी अध्ययन गर्न म लागि रहेको हुंदा तपाईको अमुल्य सहयोगको अपेक्षा गरेको छु ।  यो तलको लिंकमा गएर हजुरले हजुरसँग सम्बन्धित सुचना तथा सुचना प्रदान गरिदिनु हनु अनुरोध छ ।  तपाईले प्रदान गरेको सबै सुचनाहरु अध्ययन प्रयोजन मात्र प्रयोग गरिने र गोप्य राखिने कुरामा सतप्रतिशत विश्वास दिलाउन चाहान्छु । सहि, यथार्थ विवरण दिनु भएकोमा हजुरप्रति संधै नै कृतज्ञ व्यक्त गर्न चाहान्छु ।  यस सम्बन्धि कुनै जिज्ञासा तथा प्रश्न भए मलाई ०२६५२०४०६ र इमेल मा सम्पर्क गर्न सक्नुहुने छ ।  धन्यवाद ।




योगेन्द्र चापागाईं
विद्यार्थी शोधकर्ता,
नेपाल खुल्लां विश्वविद्यालय
एमफिल (शिक्षा अधययन)