Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Monday, September 5, 2022

शैक्षणिक नेतृत्वकर्ताका रुपमा कहिले हुने विद्यालयको प्रअ ?

योगेन्द्र चापागाईं

विद्यालय शिक्षाको सन्दर्भमा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सिकाइउपलब्धी ज्यादै कमजोर छ, त्यसलाई कसरी सुधार्ने भन्ने बहस निरन्तर चलिरहेको छ । भखरै प्रकाशित २०७८ को एसइइ नतिजालाई विश्लेषण गर्दा  ६ बर्षमा GPA २.४० माथि ल्याउने विद्यार्थीको संख्यामा ६ प्रतिशतले वृद्दि भएको छ  तर पनि ४५ प्रतिशत विद्यार्थीले मात्र GPA २.४० माथि ल्याउन सकेकाछन् । २०७२ मा त्यो प्रतिशत ३९ मात्र प्रतिशत थियो । त्यसमा पनि छात्राको सिकाइउपलब्धी कमजोर हुँदै भएको छ भने छात्रको सुधार उन्मुख रहेको छ । २०७२ सालमा छात्राको GPA २.४० माथि ल्याउनेको प्रतिशत २२ थियो भने २०७८ मा २१ प्रतिशत पुगेको छ तर २०७२ सालका छात्रको प्रतिशत १७ थियो २०७८ मा आइपुग्दा २४ पुगेको छ । यसरी हेर्दा विद्यालय शिक्षाको सिकाइ अवस्थामा केहि सुधार भए पनि अपेक्षाकृत हुन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायहरुबाट सिकाइउपलब्धी सुधारकै लागि अनगन्ति प्रयासहरु, कार्यक्रमहरु कार्यान्वयन भइरहेकाछन् । फलस्वरुप, शिक्षाको पहुँचमा उल्लेखनीय प्रगति भएपनि सिकाइउपलब्धीमा खासै सुधार आउन सकेको छैन ।

                                                                               

विद्यार्थीको सिकाइउपलब्धीमा सुधार नआउनुका धेरै कारणहरु होलान् तर मुख्यरुपमा विद्यालयको प्रअको नेतृत्व एउटा प्रमुख कारण हो भन्ने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तथ्यहरु, अभ्यासहरु र नेपालकै केहि सामुदायिक विद्यालयमा प्रअको नेतृत्वको कारण भएको परिवर्तनले देखाएकाछन् । विद्यालयको प्रअको नेतृत्वलाई एउटा विद्यालय ब्यवस्थापक भन्दा पुर्णरुपमा शिक्षणसिकाइ क्रियाकलापहरुमा केन्द्रित हुने नीतिगत ब्यवस्था तथा विद्यालयगतस्तरमा नै यसको अभ्यास हुनुपर्ने कुराको बहसले आजसम्म स्थान नपाउनु दुखको कुरा हो । राम्रो भौतिक संरचना, धेरै शिक्षण सामग्री, राम्रो ब्यवस्थापन तथा प्रशासन, पहेंला गाडी, इहाजिरी, सिसि क्यामरा, धेरै ल्यावहरु भएका विद्यालयको विद्यार्थीहरुमा सिकाइउपलब्धी राम्रो नै छ भन्न सकिन्न । त्यसैले विद्यार्थी सिकाइउपलब्त्री सुधारको प्रमुख आधार नै विद्यालय प्रअको शिक्षणसिकाइ केन्द्रित नेतृत्वदायी ब्यहार र त्यसले पार्ने प्रभाव नै हो ।   

किन नै प्रअ

विद्यालयको शिक्षणसिकाइ सुधार मार्फत विद्यार्थीको सिकाइउपलब्धीमा वृद्दि बाह्य कर्मचारीहरु परिचालन गरेर सम्भव छैन भन्ने तथ्य विगतको विनि तथा स्रोतब्यक्ति परिचालनले देखाइ सकेको छ । एकदिन आएर विद्यालय शिक्षाको एक क्षेत्रमा गर्ने प्राविधिक सहयोगले विद्यार्थीको सिकाइ सुधारको दिगोपन सम्भव छैन । त्यसैले विद्यालयमा नै शिक्षणसिकाइ सुधारका गतिविधिहरुमा पुर्ण रुपमा क्रियाशिल हुनको लागि एक ब्यक्ति हुनुपर्ने र त्यसको उत्तम उपाय भनेकै विद्यालयको प्रअलाई नै परिचालन गर्नु र उसमा शैक्षणिक नेतृत्वसीपको विकास गर्नु हो ।

नीतिगत ब्यवस्था

शिक्षा नियमावली २०५९ ले विद्यालयको प्रअ प्राज्ञिक तथा प्रशासकीय प्रमुखका रुपमा लिएको छ । नियमावलीका अनुसार विद्यालयमा स्थायी शिक्षकहरुबाट विद्यालय विकास प्रस्ताबनाको आधारमा पाँच बर्षको लागि प्रअ छनोट गर्ने प्रावधान छ । त्यसैगरी सामुदायिक विद्यालयको लागि प्राथमिक तहको लागि शिक्षाशास्त्र विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह, निम्न माध्यमिक तहको लागि शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातक तह वा सो सरह र माध्यमिक तहको लागि शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट रहने ब्यवस्था छ । यस शिक्षा नियमावलीले प्रअको कामकर्तब्यलाई एकत्तिस ओटा बुँदामा राखिएको भएता पनि अधिकांश बुँदाहरु प्रशासनीक तथा ब्यवस्थापकीय छन् भने शैक्षणिक क्रियाकलाप लक्षित ज्यादै कम छन् ।

Friday, September 2, 2022

कक्षा १२ को नतिजा विश्लेषण : सबै भन्दा धेरै विद्यार्थी GPA २.४० मुनि


  • कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीहरु (५२ प्रतिशत) Non Graded भएका छन् ।
  • धेरै भन्दा बढी जीपीए २:४० भन्दा कम ल्याएको विद्यार्थीहरु  (५५ प्रतिशत)रहेका छन्  ।
  • २०७८ को SEE र कक्षा १२ को परीक्षाको सिकाइ अवस्था समान छ । दुवै परीक्षाको उपलब्धी स्तर कमजोर छ ।