Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Monday, October 31, 2022

पाठ्यक्रम लागु मात्र गर्ने की अनुगमन पनि गर्ने ?

 

पाठ्यक्रम लागु मात्र गर्ने की अनुगमन पनि गर्ने ?

                                                                                                                        योगेन्द्र चापागाईं, धनकुटा

                                                             

सरकारले शैक्षिक सत्र २०७७ बाट कक्षा १ लागु हुने गरी कक्षा ३ सम्म एकीकृत पाठ्यक्रम लागु गर्यो । जसको मुख्य उदेश्य भनेको विभिन्न सिकाइ क्षेत्रलाई विषयवस्तु तथा शिक्षण सिकाइ प्रक्रियामा एकीकरण गर्दै सिकाइलाई विद्यार्थीको दैनिक जीवनका परिवेशसँग जोडेर सिकाइ सक्षमता हासिल गराउनु छ । यस एकीकृत पाठ्यक्रमले विगतमा भएको निरन्तर मूल्यांकन प्रणालीलाई प्रतिस्थापन गर्दै सिकाइका लागि मूल्यांकनको अवधारणा अपनाउदै थिमगत निर्माणात्मक मूल्यांकन मार्फत लेटर ग्रेडिङ्गबाट नतिजा प्रकाशनको अपेक्षा गर्छ । यस सन्दर्भमा तीन बर्षेको कार्यान्वयन अवलोकनकर्ताको अनुभवका आधारमा भन्ने हो भने कार्यान्वयन पक्ष ज्यादै नै दयनीय छ ।

पहिलो परिवेश, अधिकाश विद्यालयमा पाठ्यक्रम विकास केन्द्रले विकास गरेका पाठ्यपुस्तक लागु नभइ नीजि क्षेत्रले विकास गरेका सामग्रीहरु लागु भएका छन् । गुणस्तरीय पाठ्यपुस्तक नहुँदा त्यसको असर समग्र शिक्षणसिकाइ तथा मूल्याकन प्रक्रियामा नै असर परेको छ किनकी हाम्रो परिवेश भनेको जति नै आइडल कुरा गरे पनि पाठ्यपुस्तक केन्द्रित शिक्षण सिकाइ प्रक्रिया नै रहदै आएको छ । दोश्रो परिवेश, यस पाठ्यक्रमले अपेक्षा गरेको सिकाइका लागि मूल्यांकन प्रणालीको  कार्यान्वयन अधिकांश विद्यालयहरुमा हुन सकेको छैन । अधिकांश विद्यालयहरुले थिमगत मूल्यांकन मूल्यांकन विधि अपनाइ हरेक विद्यार्थीको पोटफोलियो तयार गरी लेटरग्रेडिङ्गको सट्टा नअपनाइ पुरानै विधिबाट गरिने पहिलो दोश्रो र तेश्रो त्रैमासिका परीक्षाका गर्ने गरेका छन्  तेश्रो परिवेश, विषयवस्तुको एकीकरणको अभ्यास विषयवस्तु छनोट र प्रस्तुतीकरणमा पाठ्यपुस्तक तयार गर्दा भएको छ तर शिक्षणको क्रममा हुने एकीकरणको अभ्यास अधिकांश शिक्षकहरुले नगरेको देखिन्छ । त्यसको मुल कारण सबै क्षेत्रका सबै शिक्षकहरुले यस विधि सम्बन्धि तालिम लिन पाएकै छैनन् । प्रअलाई दिएको एक दिन वा दुइ दिनको अभिमूखीकरणबाट यसको प्रभावकारी कार्यान्वयनको अपेक्षा गर्न सकिन्न । तालिम लिएका शिक्षकलाई पनि नियमित पेशागत सहयोगको अभाव छ ।  चौथो परिवेश एकीकृत पाठ्यक्रम एक राष्ट्रिय पाठ्यक्रम भएकाले यसलाई कसरी विद्यालयको कक्षाकोठा सम्म कार्यान्वयन गर्न सकिन्छ भनेर त्यसलाई स्थानीकरण वा सुक्ष्म पाठ्यक्रमको निर्माण जरुरी हुन्छ तर यस प्रकारको अभ्यास वा तयारी कुनै क्षेत्रमा देखिएका छैनन् ।

यस्तो परिवेशमा कसरी भन्न सकिन्छ होला एकीकृत पाठ्यक्रम लागु भएको ? विदेशीदाताहरुको लागि मात्र कार्यक्रम लागु गर्ने की यसको गुणस्तर पक्षमा पनि अनुगमन तथा मूल्यांकन गर्दै सुधारको लागि आवश्यक सहयोग समन्वय पनि गर्ने ? विद्यार्थी सिकाइ अवस्था कमजोर हुनुको पहिलो पक्ष भनेको  कै तोकिएको पाठ्यक्रम कक्षाकोठामा प्रभावकारी रुपमा कार्यान्वयन हुनु नै हो  । त्यसैले, यस बारे सम्बन्धित निकायले समयमा नै ध्यान नदिने हो भने सिकाइ क्षति झन हुनेमा दूई मात्र होला । 

 

No comments:

Post a Comment