Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Saturday, December 12, 2020

School Student Academic Performance in Nepal: An Analysis Using the School Education Exam (SEE) Results

 Student academic performance is the most important indicator of educational development in every nation. The main purpose of this study was to analyze the academic performance of the grade 10 students in terms of their overall performance and its relationship with socio-demographic factors through the use of a quantitative research method. A total of 541 students (341 community and 200 private students) from seven local governments in the Dhankuta district were randomly selected to collect the data related to their socio-demographic characteristics and subject-wise score using a data collection template. The data were descriptively and inferentially analyzed in the support of SPSS. The key findings of the study revealed that the performance of most of all community school students (66%) is under a satisfactory level than private and they (85%) are very poor in Mathematics subjects than others. This study also concluded that there is also a wider gap in student performance between theory and practical subjects. Students from municipal government and Bramin/Chetri ethnic groups are doing better performance than others. The study finally, found that school type, local government type, nature of examination, and age & the ethnicity of students make a significant difference in student achievement whereas gender does not.

Source: https://www.ijonse.net/index.php/ijonse/article/view/34 

To cite this article:

Chapagain, Y. (2021). School student academic performance in Nepal: An analysis using the School Education Exam (SEE) results. International Journal on Studies in Education (IJonSE), 3(1), 22-36.

Wednesday, November 4, 2020

शिक्षकको पेशागत सहयोग तथा विद्यालयको सुपरिवेक्षण अबको सन्दर्भमा कसरी ?

 



मोडेल के हो ?

  • हरेक पालिकामा विद्यालय शिक्षा सहयोग अधिकृत (SESO) को ब्यवस्था ।  (नियमित विद्यालय भ्रमण, कक्षा अवलोकन तथा शिक्षक विद्यालयलाई सहयोग र मोबाइलमा आधारित विद्यालय रिपोटीª 
  • विद्यालयगत सिकाइ समुह गठन परिचालन र नियमित बैठक । 
  • कलस्टरमा आधारित घुम्ती सिकाइ बैठक 
  • पालिका स्तरीय मासिक प्रअ बैठक र दुई महिनाको एक पटक विषयगत शिक्षक बैठक । 

कसरी ब्यवस्था गर्ने ?

  • १५ दिने तालिमको अवधारणालाई परिमार्जन गरी बढीमा ३ दिने बनाउने र त्यसको बजेट प्रयोग गर्ने । 
  • विकासे सस्थाहरुले आथिक वा मानवीय सहयोग गर्ने ।
  • शिक्षा कर्माचारीहरुको दरबन्दीबाट ब्यवस्थापन गर्ने ।
  • पालिकास्तरमा निणर्य गरी शिक्षा बजेट ब्यवस्थापन गर्ने । निर्माण सम्बन्धी कामबाट प्राप्त हुने कन्टीजेन्सीको न्युन प्रतिशत व्यवस्था गर्ने, अति नै कम शिक्षा कर को ब्यवस्था गर्ने,  हरेक शिक्षकबाट वा कर्माचारीबाट ३० बाट ४० रुपियाँ काट्ने आदी ।  


Saturday, September 12, 2020

अध्ययनको नतिजा प्रस्तुतीकरण




अनुसन्धानकर्ता योगेन्द्र चापागाईंबाट गरिएको नेपालको सन्दर्भमा विद्यालय विद्यार्थीको सिकाइको अवस्थाका विविध पक्षहरु समटिएर गरिएका एक अध्ययनको नतिजाहरु, निष्र्कषहरु, प्रभावका साथै, सुधारको लागि प्रअमा हुनु पर्ने शैक्षणिक नेतृत्वसीपको सम्बन्धमा एक प्रस्तुतीकरण सम्पन्न भएको छ । यसमा सहभागि हुने हुने र प्रस्तुतीकरणमा आफ्ना अमुल्य सुझाब, अनुभव र विचार राखिदिनु हुने सबै आदरणीय भानुभावहरु प्रति हार्दिक अभार व्यक्त गर्दछु । यो अध्ययन विद्यालय सुधारको लागि एउटा महत्वपुर्ण विषयवस्तुको उठान भएको र सकोकारवालाहरुले जिम्मेवारीका साथ  यसका निष्र्कषहरुलाई नीतिमा कार्यान्वयन गर्नु पर्ने सबै को बुझाइलाई धेरै नै धन्यवाद प्रदान गर्न चाहान्छु । धेरै जना सरहरुलाई समेट्न नसकेको मा   क्षमा पनि व्यक्त गर्ने चाहान्छु ।

अनुसन्धानकको पुरा पेपर केहि समय पश्चात मात्र उपलब्ध गराउने छु । 

Wednesday, August 26, 2020

एसइइको विगत बर्षसँग यस बर्षको तुलनात्मक अध्ययन ? कति प्रतिशतले बढ्यो त ?


अधिकारको दुरुपयोग भयो कि भएन त्यो विना आधार भन्न सकिन्न तर पनि हाम्रो विद्यालयमा हुने परीक्षालाई थप विस्वासनीय तथा सुधार आवश्यक रहेको स्पस्ट यो तथ्यांकले देखाउछ ।  

Tuesday, August 18, 2020

बैकल्पिक सिकाइ सहजीकरणको अवस्था र आजको दिनमा के गर्न सकिन्छ ?

हालको अवस्था 

  • धनकुटा लगायत सबै जिल्लाका पालिकाहरुले केन्द्रले प्रशारण गदै गरेको टिभिबाट प्रशारण गरिएको कक्षाको बारेमा विद्यालयले सहजीकरण गरिएको ।  
  • केन्द्रले विकास गरिएका सिकाइ सामग्रीहरुलाई छपाई तथा वितरण । 
  • केहि विद्यालयहरुले समुदाय भम्रण गरी सिकाइ सहजीकरण गरिएको । विशेषत विद्यार्थीलाई सिकाइ कार्य दिने गरिएको । 
  • केहि थोरै विद्यालयहरुले माथिल्ला कक्षामा जुम मार्फत सिकाइ सहजीकरण गरिएको ।  
  • धनकुटामा रमाइलो पढाइ दिगो सिकाइको एप् मार्फत नेटमा पहुँच भएकालाई जानकारी दिदै प्रया्ग गर्ने गरिएको तल्ला कक्षाहरुमा । 
  • विद्यालयहरुमा भएका सन्दर्भ पढाइ सामग्री तथा पाठ्यपुस्तक वितरण गरी घरमा नै प्रयोग गर्ने गरी अभिप्रेरित गरिएको । 
  • अनलाइनमा भएका सिकाइ सामग्रीहरुको पहुँचको लागि सामग्रीको सुची बनाइ सबै सरोकारवालाहरुलाई जानकारी दिने गरिएको । 

समस्या 

  • अपेक्षित रुपमा सिकाइ सहजीकरण विद्यालयबाट हुन नसकिएको । 
  • यस सम्बन्धित केन्द्रिय तथा स्थानीयतहबाट स्पस्ट रुपमा दिशा निर्देश गर्न नसकेको अवस्था छ । 

यस समयमा के गर्न सकिन्छ ? 

  • विद्यालयको टीमलाई पालो पालो प्रणालीको विकास गरी विद्यालयको योजना निर्माण लगायत अन्य आवश्यक काम गर्न सकिन्थ्यो । 
  • विद्यालय सुधार योजनाको अद्यावधिक गर्ने । 
  • गत शैक्षिक सत्रको कक्षागत विषयगत उपलब्धी विश्लेषण गरी सुधारको योजना निर्माण गर्ने । 
  • विषय शिक्षकले आफ्नो विषयको शिक्षण सुधार योजना निर्माण गर्ने ।  
  • प्रअले विद्यालयको समग्र पक्षको विकासको सुधारको सुचक सहितको स्पस्ट योजना तर्जुमा गर्ने । 
  •   निश्चित संख्यामा आफ्नो विषयमा शिक्षण गर्नको लागि आवश्यक शैक्षिक सामग्रीहरु निर्माण तथा विकास गर्ने ।  
  • विद्यालयले समुदायमा स्वास्थ्य प्रोटोकलमा बसी एक शिक्षक एक समुदायको नीति अपनाइ पालो प्रणालीमा विद्यालर्थीलाई सिकाइ कार्य तयार पारी त्यसलाई प्रिन्ट गरी वितरण गर्ने र तप सहजीकरण गर्ने ।  
  • विद्यालयले एक समुदाय एक शिक्षित व्यक्तिलाई त्यस क्षेत्रको सहजीकरणको लागि फोकल पर्सन बनाइ सहजीकरण गर्ने ।  
  • नेट पहुँच भएकाको एकिन गरी जुम सिकाइ सहजीकरण गर्ने ।  
  • अभिभाबकहरुको फोन सम्पर्क अद्यावधिक गरी अभिभाबकलाई बच्चाको सिकाइमा सहजीकरण गर्ने ।