Important links
Notice
Friday, September 25, 2015
Thursday, September 17, 2015
Thursday, September 10, 2015
Monday, August 31, 2015
बनाइएका शिक्षक होइन बनेका शिक्षकको जरुरी हुन्छ
सामुदायिक विद्यालयको सिकाइ अबस्था ज्यादै नै दयनीय छ । त्यसमा पनि विकट दुर्गम क्षेत्रका विद्यालयहरुको शैक्षिक अबस्थाले भने सबैलाई नै स्तब्ध तुल्याउछ । यति खेर सरकारी तथा गैरसरकारी निकायहरुसामुदायिक विद्यालयको शैक्षिक अबस्थालाई सुधार्ने कोशिस गरिरहे पनि अपेक्षा अनुरुप सुधार हुन नसकिरहेको यस परिबेशमा शिक्षा सुधार क्षेत्रमा लामो समयदेखि लागी परेको लेखक, अनुसन्धानकर्ता तथा शिक्षा अभियान्ता योगेन्द्र चापागाई संग हाम्रा संबाददाताले सामुदायिक विद्यालयको शैक्षिक सुधारका बारेमा कुराकानी गरेका छन् ।
शिक्षा क्षेत्रमा तपाई लामो समय देखि नै कार्यरत हुनुहुन्छ यति खेर सामुदायिक विद्यालयको शैक्षिक अबस्थालाई कसरी हेर्नु भएको छ ?
हो म कुनौ न कुनौ रुपबाट शिक्षा क्षेत्रमा लामो समय देखि प्रत्यक्ष रुपमा काम गदै आइरहेको छु । यति खेर सामुदायिक विद्यालयको शैक्षिक अबस्था त्यसमा पनि कर्णाली तथा बाजुरा जस्ता दुर्गम क्षेत्रहरुको शैक्षिक अबस्था भने ज्यादै दयनीय अबस्थामा पुगिसकेको छ । अझ मेरो भाषामा भन्ने हो भने त सामुदायिक विद्यालयको शैक्षिक अबस्था मसान घाटमा नै पुग्न लागि सक्यो भन्दा फरक नपार्ला । यद्यपी यति खेर विद्यालय जाने बालबालिकाहरुको संख्यामा विगतको तुलनामा बृद्घि भए पनि सिकाइको गुणस्तर भने दिनानु दिन घट्दै गइरहेको छ ।
तपाईले मुगु जस्तो विकट क्षेत्रमा पनि काम गरिसक्नु भएको छ । सामुदायिक विद्यालयहरु कस्ता समस्याहरुबाट ग्रसित रहेका देख्नुहुन्छ ?
समस्याहरु सबै विद्यालयहरु, क्षेत्रहरुमा
Thursday, August 27, 2015
Tuesday, July 28, 2015
भित्ते पत्रिका तालिम निर्देशिका पुस्तक तयार
भित्ते पत्रिका तालिममा के के विषयबस्तुहरु राख्ने र कसरी तालिम सञ्चिालन गर्ने समस्यामा रहनु भएको भए अब समस्यामा रहनु पदैन । भित्ते पत्रिका तालिम निर्देशिका तयार पारिएको भएको छ ।
निर्देशिका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरा शाखाका अध्यक्ष श्री मदन राज जोशीको प्रत्यक्ष सहयोग तथा सल्लाहमा असल छिमेकी नेपाल बाजुराका शिक्षा विकास अधिकृत तथा शिक्षा र बाल संरक्षणको क्षेत्रमा लामो समय देखि कलम चलाइरहेका श्री योगेन्द्र चापागाईं बाट तयार यदि तपाई यो निर्देशिका लाई प्रयोग तथा अध्ययन गर्ने चाहानुहुन्छ भने तलको ठेगनामा सम्पर्क गर्ने सक्नुहुने छ । सहयोगको लागी धन्यबाद । yogendracgn@gmail.com or edobajura@gmail. com
Wednesday, July 15, 2015
Valuable Line
“Go to the people, live among them, learn from them, love
them, starts from what they know, build on what they have, but of the best
leaders when their task is done, the people will remarks ‘we have done it
ourselves.’’
Monday, June 22, 2015
निन्न बर्गीय शिक्षित युबाको पिडा : जागिरको लागि अनुभव की अनुभवका लागि जागिर
योगेन्द्र चापागाईं
निकै भाबुक मुद्रामा रमेश (नाम परिबर्तन) नामको साथीले मलाई फोन गरेर आफ्ना पिडाहरु सुनाइरहंदा म निकै स्तब्ध बन्न बध्य बनेको थिंए । ऊ अहिले र्कितिपुर स्थित पांगा दोबाटोमा एउटा पुरानो घरको पहिलो तलामा बस्दै आइरहेको छ । उसले केहि बर्ष अघि द्घितिय श्रेणीमा स्नातकोत्तर उत्र्तिण गरेको छ । अहिले उ जागिरको लागी तड्पिरहेको अबस्था छ । विहान नै उठ्छ नजिकको पसलमा जान्छ र भए जति सबै पत्रिकामा आंखा लगांउछ । त्यसमा पनि उसको नजर पत्रिकाका विज्ञापनहरुमा मात्र हुन्छन् । विज्ञापनमा २ देखि ३ बर्षसम्मको अनुभब मागेको देखेर ऊ निरास पदै कोठा र्फेकन्छ र मनमनै सोच्न थाल्छ मेरो पनि केहि भएको भएं जागिर खाएर गांउमा हलो जोत्दै गरेका बुढा बालाई खुसी पार्नेथे । कतिपयमा त उसले आफ्नो जागिरे निबेदन पेश गर्छ तर ती सबै कागजहरु डस्वीनका सामाग्रीहरु मात्र बन्दै जानुले थप कष्टकर बन्न पुग्छ उसको दैनिक जीबन । विचरा ति बाले दुख गरेर पठाएको पैसाले पनि उसलाई कति दिन नै पुग्थ्यो र । त्यस्तै सिर्जना (नाम परिबर्तन) ले स्तानक तह ब्यबसाय विषय अन्र्तगत द्घितिय श्रेणीमा गरेर बैंकिङ् क्षेत्रमा जागिर खानको लागी प्रयास गरिरहेकी छिन् । प्रथम क्षेणीको मार्कस नभएकै कारण बैंकमा छनोट हुन नसकेको गुनासो उनको छ । विना पैसा नै उनले काठमाण्डौंको एउटा बैकमा इन्टन गर्ने अबसर ठुलो संघर्ष पछि प्राप्त गरिन् । उनले एउटा प्रथम श्रेणी ल्याएको इन्टनले गर्ने भन्दा धेरै राम्रो काम गरिन् तर प्रथम श्रेणीको अंक तिम्रो छैन भन्दै उनलाई रेगुल कर्मचारी हुनबाट बञ्चित गरेकोमा उनी धेरै चिन्तित छिन् । उनलाई घरबाट पनि दैनिक रुपमा जागीर खाने प्रेशर आइरहन्छ । अहिले उनीले न जागीरको अबसर नै पाएकी छिन् न अरु केहि गर्ने नै सक्छिन् ।
यी दुई त मध्यम तथा निन्न बर्गीय युबाको प्रतिनिधिमुलक परिबेश मात्र बन्न सक्छन् । लाखै लाखै रमेश र सिर्जनाहरु यति खेर जागिरको लागी तड्पिरहेको सोझै अनुमान लगाउन गाह्रो छैन । नेपाली समाज त्यसमा पनि काठमाण्डौं जस्ता शहरहरुमा एउटा योग्यता हासिल गरिसकेको ब्यक्तिले बोग्दै आउनुपरेको ज्यादै मार्मिक, दर्दानाक र बास्तविक समस्याका रुपमा सडकका गल्लि गल्लिमा जागिरको खोजिमा भौतारिनु रहदै आइरहेको छ । सबैको समान धारणा के हुन्छ भने पढे पछि राम्रो जागिर खाने र आफ्नो लाइफ स्टाइल तथा स्टाटस्लाई केहि मात्रामा मात्र भए पनि परिबर्तन गर्ने ।
सायत त्यस्तो पढिसकेको मान्छे कमै होलान् जसले पत्रिकाका तथा नेटका विज्ञापनहरुको अपडेड नगर्ने । जब ब्यक्तिले आफुलाई मिल्दोजुल्दो क्षेत्रको विज्ञापन देख्छ तब उसले हतारहतार आफ्ना कागजपत्रहरुलाई तयार गरी बुझाउछ । अनि कहिले सट लिस्टमा परेको सुचना आउछ भन्दै तड्पिरहन्छ तर पनि एक बर्ष वितिसक्दा पनि त्यस्तो सुचना प्राप्त गर्ने सक्दैनन् । यदि पहिहाले पनि अनुभब नभएको नाममा उसलाई अबसर बाट बञ्चित गरिन्छ । अझै भन्ने हो भने फस्ट डिभिजनको मार्कस् नै नभएको नाममा नै अबसरबाट बञ्चित गरिदै आइरहेको तितो यथार्थ हामी सामु दबिरहेको छ । यतिखेर २ कारणले शिक्षित युबाहरु बेरोजगारी हुन बाध्य भइरहेका देखिन्छन् । पहिलो आफु कमजोर भएर र अर्को कि फस्ट डिभिजनको मार्कस् की कार्यगत अनुभबको बर्ष नभएर । के यी दुबै कारणहरु ब्यक्ति स्वयम्का दोष हुन र ? अनुभबका लागी जागिर हो की जागीरका लागी अनुभब हो ? जागिरमा काम गर्ने सक्ने सीप हो की घोकेर ल्याएको अंक हो ? त्यस्ता विषयको उत्तरहरुका लागी बहस छलफल को आवश्यकताको अपरिहार्यता बनिसकेको छ । यस लेख मार्फत पनि यस संग जोडिएका केहि विषयहरुलाई विश्लेषण गर्ने प्रयास गरिन्छ ।
अनुभबका लागी जागीर की जागीरका लागी अनुभब यति खेर अहिले मानब संसाधनको बजारलाई नियाल्नुभयो भने चाहे त्यो माथिल्लो तहको विज्ञापन होस् चाहे तल्लो वा शुरुवाती तहको, सबै तहमा कम्तिमा पनि एक दुई बर्षको कार्यरत अनुभब खोजेको हुन्छ । अनुभबका लागी जागिर खाने हो की जागिरका लागी अनुभब । त्यसमा पनि विना जागिर अनुभब ब्यक्तिले जन्मिदै सालनाल झिल्लीसंगै लिएर आएको हुन्छ र । ब्यक्तिले अनुभब चहिं कहां बाट लिने हो । किन रोजगारदाताहरु अनुभबे बर्षलाई रोजगारीको मुख्य हतिहार बनाइरहेका छन् । किन जिम्मेबार निकाय मौन छ यस विषयमा । यदि सोस् छ भने ब्यक्तिले शुरुवाती तहमा अनुभब लिने मौका पाएछन् तर सोस् नै नभएका मान्छेहरु के मान्छे हौनन् र । के उनीहरुले आफ्नो सपना सकार पार्न शुरुवाती तहमा अनुभबका लागी जागिर खान किन नपाउने । त्यसैले जिम्मेबार निकायले बेलैमा नै यस विषयमा नसोच्ने हो भने थप सामाजिक आपराधिक क्रियाकलापहरु नबढ्लान् बन्न सिकन्न ।
अनुभबको बर्ष गन्ने आधार के हाम्रो नेपाली परिबेशमा कार्यगत अनुभब गन्ने एक मात्र अबैज्ञानिक आधार भनेको ब्यक्तिले जति बर्ष काम गर्छ त्यो नै उसको कार्यगत अनुभबको बर्षमा गणना हुन्छ । सत्र बर्ष सम्म एउटा ब्यक्ति जसको काम गर्ने शौली प्रत्येक बर्ष एउटै हुन्छ र त्यस्तै अर्को ब्यक्ति जसले समय सान्र्दभिक विगतका अनुभबका आधारका आफ्नो काम गर्ने शौली परिबर्तन गदै कार्यगत सीपमा निखार ल्याउदै जान्छ यी दुबैको अनुभब बराबर हुने गर्छ हाम्रो परिबेशमा । के दश बर्ष सम्म कुनै परिबर्तन ल्याउन नसक्ने ब्यक्ति ठुलो हुन्छ की एक दुई बर्षमा नै परिबर्तन ल्याउने ब्यक्ति ? त्यस पछि किन ब्यक्तिलाई हामी अनुभब नै नभएको नाममा उसलाई आफ्नो क्षमता नै देखाउन मौका नै नदिइ उसका सबै कागजजातहरु किन डस्वीन र चटपटेका सामाग्री बन्न पुग्छन् । विकासे डलर पचाउने संस्थाहरु जो सामाजिक न्यायको वकालत गरिरहन्छन् तिनै संस्थाहरु अनुभब नभएकै नाममा निन्न बर्गीय शिक्षित बेरोजगारीमाथि अपराध गरिरहेका छन् । समता सिद्घान्तकै वकालत गर्नसक्ने ले शिक्षित युबालाई अनुभबका लागी जागिर दिदै उनीहरु लाई किन योग्य बनाउन नसक्ने ? त्यस्तै अन्य निजि संस्थाहरु पनि यसमा कम छैन त्यसमा पनि अनुभब बर्षको माग धेरै र इन्टनको पनि अनुभबलाई गन्ति नगर्ने बैकिङ् क्षेत्रले निन्न बर्गीय शिक्षित युबामा शोषण नरेको छैन भन्न सकिन्न ।
काम गर्ने सीप की घोकेको अंक अहिलेको मानबस्रोत साधन ब्यस्थापनमा देखिएको अर्को प्रवृती भनेको प्रमाणपत्रको खोस्टोमा अंकित अंकको खोजी । ब्यक्तिको काम गर्ने सक्ने सीपको संभाब्यतालाई पहिचान गर्ने की रटेको कुरालाई उतारेर ल्याएको अंकलाई हेरेर आबेदकका कागजहरु डस्वीनमा नहेरी फांक्ने ? के सत्तरी प्रतिशत ल्याउने ब्यक्तिमात्र राम्रो हुन्छ ? के बत्तिस प्रतिशत ल्याएको ब्यक्तिले काममा कौशलता देखाउनै सक्दैन भन्ने आधार के ? त्यस कारण किन बत्तिस प्रतिशत ल्याएको ब्यक्तिलाई उसको क्षमता नै देखाउने अबसर नै नदिइ सट लिस्ट नै गरिन्न । कयौं बत्तिस प्रतिशत ल्याएकाले कयौं सत्तरी प्रतिशत ल्याउनेलाई नियन्त्रणमा राखेको यथार्थ हामी संग के नभएको हो र ।
शिक्षित बेरोजगारी हुनु दोष थियो र कतिपय अबस्थामा ब्यक्तिलाई उससंग तहगत हुनु पर्ने सिकाइ नभएकै नाममा पनि अबसरबाट बञ्चित गरिन्छ । ठीक हो तहगत रुपमा सिकाइ नभए पछि काममा नतिजा राम्रो आउदैन त्यसैले त्यस्तो नभएको ब्यक्ति रोजगारी बन्न सक्दैन । तर शुरुमा नै शिक्षा प्रणालीले तेरो सम्बन्धित तहको सिकाइ पुरा भएकै छैन माथिल्लो तह जान पाउदैनस् वा थप अध्ययन गर भन्ने ब्यस्था भएको भए उ किन माथिल्लो तहमा गएर पछुताउथ्न्यो । त्यसैले ब्यक्ति कसैलाई पनि शिक्षित बेरोजगारी बन्न रहर हुदैन । विविध कारणबश उ बेरोजगारी बन्न पुग्छ । त्यस्तै अर्को तिर खपत हुने क्षेत्र पनि उत्पादित परिमाणको आधारमा कम नै छ । त्यसैले पनि उ बेरोजगारी बन्ने गर्छ ।
यसरी विभिन्न नाममा निन्न बर्गीय शिक्षित युबालाई रोजगारी बन्नबाट बञ्चित गरिदै छ । कयौंले यहां यसप्रकारको समस्याहरु दैनिक रुपमा भोग्दै आइरहनु परेको अबस्थामा पनि सम्बन्धित निकायले कानमा तेल हालेर बसिरहेको छ । बजारमा मागिने यसप्रकारको अनुभब मागले दुई कुरालाई प्रशय दिने गर्छ । एउटा विभिन्न संस्थाका नाममा नक्कली अनुभब पत्र बनाउने प्रवृतिले अझै मौलाउदै जाने एकातिर हुनेछ भने अर्कोतिर भनसुन, घुस खुवाउने लागयतका गलत अभ्यासहरुले पनि प्रशय नपाउला बन्न सकिन्न । तसर्थ रोजगार दिने संघसंस्थाहरु तथा सम्बन्धित निकायहरुले यसबारे समयमा नै परिबर्तनकारी कदम चाल्नुपर्ने नितान्त आबश्यक देखिन्छ । यसका साथै आम विद्यार्थी संगठनहरुले राजनीतिक दललाई सहयोग हुनेगरी सडकमा टायर बाल्न, चक्काजाम गर्ने जानुको सट्टा यसको नेतृत्वदायी भुमिका खेल्दै विशेष अभियानमा सहयोग गर्ने हो भने निन्नमध्यम बर्गीय शिक्षित युबालाई मात्र फाइदा नपुगी विद्यार्थी संगठनहरुलाई पनि पनि आफ्नो साग जोगाउने ठुलो मौका हुने छ । होइन भने ठुलो मात्रामा योग्यतावान शिक्षित युबाहरुको समुह फस्ट्रेशनमा हुदै डिप्प्रेशनमा नजालान् भन्न सिकन्न । जसको प्रत्यक्ष अषर राष्ट्रिय कुल उत्पादन तथा सामाजिक न्यायमा पर्ने जान्छ । तसर्थ ब्यक्तिले ल्याएको शैक्षिक अंक र अनुभब बर्षको आधारमा नै उसलाई अन्डरस्टिमेट गरी उसलाई पहिलो चरणमा नै हटाइने अबस्था गर्नुको सट्टा ब्यक्तिलाई सशक्तिकरण गदै अपेक्षित नतिजा ल्याउन प्रेरित गर्नु नै आजको युगान्तकारी कदम हुन जान्छ ।
(लेखक शिक्षा तथा सामाजिक मुद्घाका अनुसन्धानकर्ता हुन् )
Subscribe to:
Posts (Atom)





