Important links
Notice
Monday, March 4, 2019
Thursday, February 21, 2019
पालिकाले सिकाइ सुनिश्चिततामा के गर्न सक्छ अब ?
योगेन्द्र चापागाईं
सरकारले स्रोतव्यक्तिको काज फिर्ता र शिक्षाका अधिकृत स्तरका कर्मचारीहरुलाई स्थानीय तहमा खटाए संगै शिक्षा क्षेत्रका गतिविधिहरुमा पालिकाहरुको ठुलो भुमिका देखिएको छ । सरकारले स्रोतव्यक्तिहरु फिर्ता पठाउनु पथ्र्यो पदैनथ्यो अर्थात शिक्षाका अधिकृतहरुलाई पालिकाहरुमा समायोजन गर्नु पद्थ्यो पदैनथ्यो भन्ने विषय बहसको विषय हुन सक्दैन त्यो निर्णय सरकारले गर्ने हो । तर विद्यालयका, शिक्षा क्षेत्रका शैक्षिक गतिविधिहरु अब कसरी अगाडि सञ्चालन हुन्छन् भन्ने विषय प्रमुख हो । ठुला ठुला डोजर चलाएर बाटो निर्माण गरी कार्य सम्पन्नको फायल तयार गरे जस्तो, एक घण्टा भाषण गर्ने कार्यक्रम सञ्चालन गरे जस्तो होइन । यो नितान्त प्राविधिक विषय हो ।
पालिका स्तरमा विद्यालय शिक्षामा सिकाइ सुनिश्चितको लागि केहि प्राविधिक विषयहरु नियमित हुनै पर्दछ,
- तोकिएका र स्पस्ट गरिएका कामकर्तव्य माथि जिम्मेवारीपुर्ण रुप कार्य बहन नगर्ने ग्रसित मानसिकताले विद्यालयमा सिकाइ सुधार नभएको स्पस्ट देखिने हुँदा जिम्मेवारी ल्याउने सन्यत्रको विकास गर्नु र त्यसको कार्यान्वयन गर्नु पर्ने ।
- विद्यालय व्यवस्थापन समितिमा सोझा, सिधा, विद्यालयका गतिविधिहरु नबुझि एस मेन जस्तो हस्ताक्षर गर्ने स्थानमा हस्ताक्षर मात्र गर्ने अवस्था भई प्रअको एकाधिकार केहि विद्यलाय देखिएको हुँदा पनि विद्यालयमा सिकाइ सुधार अपेक्षित आइरहेको छैन त्यसलाई पनि पालिकाले चिर्ने सक्नु पर्ने हुन्छ ।
- विद्यालय, प्रअ, शिक्षकको नियमित अनुगमन, उनीहरुको क्षमता विकासको लागि आवश्यक प्राविधिक सहयोग गर्ने अब स्रोतव्यक्ति विद्यालय निरीक्षक नभएको अवस्थामा पालिकाले त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु पर्ने हुन्छ । विद्यार्थी—शिक्षक—प्रअ—विव्यस÷शिअसं—शिक्षा शाखा को प्रणाली पुन स्थानित गदै सिकाइप्रति जिम्मेवार बनाउने कुरामा जोड दिनु पर्ने छ ।
- नियमित निश्चित ढाँचामा प्रगतिको समिक्षा, छलफल र सहयोग सहजीकरण गर्ने परिपार्टीको विकास गरिनु पर्छ ।
- पालिकाबाट सम्पन्न गर्ने शैक्षिक कार्यक्रमको योजना, त्यसको कार्यान्वयन, अनुगमन र त्यसको प्रतिवेदन संप्रेशण गर्ने कामको निरन्तरता दिनु पर्दछ ।
- विद्यालयमा जाने सामग्रीको प्रयोग, व्यवस्थापन, सिकाइ प्रक्रिया, विधि तथा मुल्याकन परीक्षण जस्ता विशुद्ध प्राविधिक विषयहरुमा पनि समय सान्दर्भिक परिवर्तन, त्यसको कार्यान्वयन गर्ने कुरामा समेत ध्यान जानु पर्दछ । आदि......
- नविनतम सुचना जानकारी त्यस माथि अभिमुखीकरणको लागि माथिल्लो निकाय र विद्यालय बीचको पुलको काममा समेत ध्यान दिनु पर्ने छ ।
यस्ता गतिविधिहरु सञ्चालन गर्न पालिकाको शाखामा एक वा दुई जना शिक्षाका कर्मचारीहरुबाट त्यो सम्भब छ, छैन भन्ने विश्लेषण सर्वप्रथम सबै पालिकाहरुले गर्नु पर्दछ । यदि सम्भब छैन भने आन्तरिक व्यवस्थापन गरेर भए पनि माथि उल्लेखित सिकाइ सुधारका गतिविधिहरु सञ्चालन गर्न प्राविधिक व्यक्तिको व्यवस्था गरी दिगो सिकाइलाई सुनिश्चित गर्नु आजको पालिकाको पहिलो कर्तव्य बन्न सक्नु पर्दछ । समायोजनको यस समयलाई पालिकाले सिकाइ सुधारको सुनौलो अवसरका रुपमा लिन सक्नु पर्दछ ।
Sunday, February 17, 2019
Sunday, November 4, 2018
Saturday, November 3, 2018
Wednesday, October 24, 2018
Saturday, August 11, 2018
Subscribe to:
Posts (Atom)





















