Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Tuesday, April 23, 2013

शिक्षण संस्था सामाजिक अन्यायको स्रोतकेन्द्र



देशले चरम रुपमा राजनैतिक संकटको सामना गरिरहेको अबस्थामा सामाजिक अन्यायका घटनाहरुको थुप्रोलाई नजिक बाट नियाल्ने कोशिस गर्दा शिक्षित बर्गले नै सामाजिक अन्यायको प्रमोटरका रुपमा काम गरिरहेको अबस्था देखिन्छ। तर मेरो आशय नपढेका र अशिक्षित बर्गले सामाजिक अन्याय र अपराध गदैनन् भन्ने होइन बरु मेरो आशय के चहिँ हो भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नपढेका वा अशिक्षित बर्गले गर्नेे त्यस्ता कार्यहरु  शिक्षित बर्गले गर्ने भन्दा कम नै छन्। अझ भन्ने हो भने शिक्षण संस्थाहरु सामाजिक अन्यायको स्रोतकेन्द्रका रुपमा विकशित हुदैछन्।
शिक्षा दिने नाममा हाम्रो समाजमा चरम अन्याय हुने गरेको तितो यथार्थ स्पस्टै छ। किनकि यहाँका अधिकांश नीजि विद्यालयहरुले  गरिब जनताका पसिना मात्र पिएका छैनन् उनीहरुले त त्यस्ता हँुदा खाने बर्गका छोराछोरी माथि चरम अन्याय शोशण समेत गरेका छन्। यहाँका शिक्षित भनाउदा बर्गहरु सरकारी विद्यालयलाइ अन्तिम तिलान्जलि दिने प्रयासमा रहदै  निजि शिक्षण संस्था मार्फत आफुलाई नाइके बनाउन प्रयासरत छन्।  .......................

No comments:

Post a Comment