Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Monday, July 4, 2022

पालिकालाई शिक्षा सम्बन्धी केहि प्रश्नहरु

                                                                        


नेपालको संविधान २०७२ बमोजिम विद्यालय शिक्षा सम्बन्धि सबै अधिकारहरु स्थानीय सरकारमा रहेकाछन् । स्थानीय सरकारको भखरै पहिलो कार्यकाल समापन भएको र दोश्रो कार्यकाल शुरु भएको छ । यस्तो अवस्थामा स्थानीय सरकारसँग विद्यालय सबलीकरण तथा सुधारका लागि मेरो केहि जिज्ञासाहरु रहेकाछन् । स्थानीय सरकार
, तपाईले ……

  •  कहिलेसम्म शिक्षाका कार्यक्रम गर्न आन्तरिक क्षमता विकासलाई भन्दा ठेक्का प्रणालीलाई जोड दिनुहुन्छ ?
  •  कहिलेसम्म सरकारले तोके बमोजिम निर्धारण गरेको शिक्षाको दरबन्दी पुरा नगरि कामकाज गर्ने गरी प्रशासनको ब्यक्ति वा विद्यालयको शिक्षकलाई शिक्षा शाखाको  जिम्मेबारी दिनुहुन्छ
  • कहिलेसम्म विद्यालय शिक्षाको सुधारको लागि स्थानीय तह वा वडाको निश्चित न्युनत्तम प्रतिशत बजेट अनिवार्य रुपमा बजेट विनियोजन गर्ने गरी नीतिगत ब्यवस्था गर्नुहुन्छ ?
  • कहिलेसम्म पाठ्यक्रम विकासको सैद्दान्तिक तथा ब्यवहारीक ज्ञान सीप नै नभएका ब्यक्तिलाई पनि स्थानीय पाठ्यक्रम निर्माणमा विशेषज्ञका रुपमा परिचालन हुनुहुन्छ ?
  • सरकारले तोकेको पाठ्यक्रम तथा पाठ्यपुस्तक नै लागु नगरिकन एउटा निजी कम्पनीका पाठ्यपुस्तक लागु भइरहेको दृश्य कहिले सम्म नदेखे जस्तै गरिरहनुहुन्छ
  •  कहिलेसम्म एउटै र पहुँच भएका विद्यालयलाई मात्र कार्यक्रम दिइरहने हो ?
  •  कहिलेसम्म हरेक आवमा शिक्षा क्षेत्रमा यो चहिं निश्चित नतिजा प्राप्त गर्छु भनेर नतिजा वा परिवर्तनको खाका तय गरी  त्यसको लागि कार्यक्रम निर्धारण गर्ने र त्यसको मूल्यांकन गर्ने परिपाटीको विकास नगर्ने हो ?
  •  बर्षेको कतिपटक कति विद्यालयमा गएरै विद्यालयलाई दिएको कार्यक्रम अनुगमन गर्नुभयो कि विल मात्र लेखा शाखालाई बुझाउदा हुने हो र यदि विद्यालयलाई यो गरेका छौ भन्ने हो ?
  •   कतिपटक र के सहयोग विद्यालयका शिक्षकको पेशागत सहयोगको लागि गर्नु भयो  कि  गाली र भाषण मात्र गरेर सुधार आउने हो
  • तालिम त सञ्चालन गर्नुभयो, अन्य निकायहरुबाट पनि भयो । तर त्यो तालिमले विद्यालयमा के परिवर्तन गर्यो, शिक्षणसिकाइमा के परिवर्तन गर्यो विद्यार्थी सिकाइ उपलब्धीमा के सहयोग गर्यो भन्ने कहिले नहेर्नु पर्ने हो की केहि संयन्त्र बनाउनु पर्ने हो ?
  • विद्यालयमा हुने परीक्षा केबल विद्यार्थीको पासफेल गराउनको लागि मात्र हो की विभिन्न आधारमा विद्यार्थीको अंकको विश्लेषण गरी त्यसको प्रतिवेदन सहित सरोकारवालाहरुसँग छलफल गरी सुधारको लागि योजना बनाउनु पर्ने हो ?

यी त केहि प्रतिनिधिमुलक जिज्ञासाहरु मात्र हुन् । यस्ता संयौ जिज्ञासाहरुलाई ध्यानमा राख्दै स्थानीय सरकारले पुर्णरुपमा यो दोश्रो कार्यकालमा शिक्षा क्षेत्रको सबलीकरण, नतिजा केन्द्रित क्रियाकलापहरु, विद्यार्थीको सिकाइ केन्द्रित क्रियाकलाप,  प्रधानाध्यापको शैक्षणिक नेतृत्व र शिक्षकको पेशागत सहयोगमा क्षेत्रमा काम गर्दै सबैको पहिलो रोजाइमा सामुदायिक विद्यालयहरु बनाउन क्रियाशिल हुनु पर्ने कुरा दुइ मत नहोला । 



No comments:

Post a Comment