Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Monday, October 31, 2022

पाठ्यक्रम लागु मात्र गर्ने की अनुगमन पनि गर्ने ?

 

पाठ्यक्रम लागु मात्र गर्ने की अनुगमन पनि गर्ने ?

                                                                                                                        योगेन्द्र चापागाईं, धनकुटा

                                                             

सरकारले शैक्षिक सत्र २०७७ बाट कक्षा १ लागु हुने गरी कक्षा ३ सम्म एकीकृत पाठ्यक्रम लागु गर्यो । जसको मुख्य उदेश्य भनेको विभिन्न सिकाइ क्षेत्रलाई विषयवस्तु तथा शिक्षण सिकाइ प्रक्रियामा एकीकरण गर्दै सिकाइलाई विद्यार्थीको दैनिक जीवनका परिवेशसँग जोडेर सिकाइ सक्षमता हासिल गराउनु छ । यस एकीकृत पाठ्यक्रमले विगतमा भएको निरन्तर मूल्यांकन प्रणालीलाई प्रतिस्थापन गर्दै सिकाइका लागि मूल्यांकनको अवधारणा अपनाउदै थिमगत निर्माणात्मक मूल्यांकन मार्फत लेटर ग्रेडिङ्गबाट नतिजा प्रकाशनको अपेक्षा गर्छ । यस सन्दर्भमा तीन बर्षेको कार्यान्वयन अवलोकनकर्ताको अनुभवका आधारमा भन्ने हो भने कार्यान्वयन पक्ष ज्यादै नै दयनीय छ ।

पहिलो परिवेश, अधिकाश विद्यालयमा पाठ्यक्रम विकास केन्द्रले विकास गरेका पाठ्यपुस्तक लागु नभइ नीजि क्षेत्रले विकास गरेका सामग्रीहरु लागु भएका छन् । गुणस्तरीय पाठ्यपुस्तक नहुँदा त्यसको असर समग्र शिक्षणसिकाइ तथा मूल्याकन प्रक्रियामा नै असर परेको छ किनकी हाम्रो परिवेश भनेको जति नै आइडल कुरा गरे पनि पाठ्यपुस्तक केन्द्रित शिक्षण सिकाइ प्रक्रिया नै रहदै आएको छ । दोश्रो परिवेश, यस पाठ्यक्रमले अपेक्षा गरेको सिकाइका लागि मूल्यांकन प्रणालीको  कार्यान्वयन अधिकांश विद्यालयहरुमा हुन सकेको छैन । अधिकांश विद्यालयहरुले थिमगत मूल्यांकन मूल्यांकन विधि अपनाइ हरेक विद्यार्थीको पोटफोलियो तयार गरी लेटरग्रेडिङ्गको सट्टा नअपनाइ पुरानै विधिबाट गरिने पहिलो दोश्रो र तेश्रो त्रैमासिका परीक्षाका गर्ने गरेका छन्  तेश्रो परिवेश, विषयवस्तुको एकीकरणको अभ्यास विषयवस्तु छनोट र प्रस्तुतीकरणमा पाठ्यपुस्तक तयार गर्दा भएको छ तर शिक्षणको क्रममा हुने एकीकरणको अभ्यास अधिकांश शिक्षकहरुले नगरेको देखिन्छ । त्यसको मुल कारण सबै क्षेत्रका सबै शिक्षकहरुले यस विधि सम्बन्धि तालिम लिन पाएकै छैनन् । प्रअलाई दिएको एक दिन वा दुइ दिनको अभिमूखीकरणबाट यसको प्रभावकारी कार्यान्वयनको अपेक्षा गर्न सकिन्न । तालिम लिएका शिक्षकलाई पनि नियमित पेशागत सहयोगको अभाव छ ।  चौथो परिवेश एकीकृत पाठ्यक्रम एक राष्ट्रिय पाठ्यक्रम भएकाले यसलाई कसरी विद्यालयको कक्षाकोठा सम्म कार्यान्वयन गर्न सकिन्छ भनेर त्यसलाई स्थानीकरण वा सुक्ष्म पाठ्यक्रमको निर्माण जरुरी हुन्छ तर यस प्रकारको अभ्यास वा तयारी कुनै क्षेत्रमा देखिएका छैनन् ।

यस्तो परिवेशमा कसरी भन्न सकिन्छ होला एकीकृत पाठ्यक्रम लागु भएको ? विदेशीदाताहरुको लागि मात्र कार्यक्रम लागु गर्ने की यसको गुणस्तर पक्षमा पनि अनुगमन तथा मूल्यांकन गर्दै सुधारको लागि आवश्यक सहयोग समन्वय पनि गर्ने ? विद्यार्थी सिकाइ अवस्था कमजोर हुनुको पहिलो पक्ष भनेको  कै तोकिएको पाठ्यक्रम कक्षाकोठामा प्रभावकारी रुपमा कार्यान्वयन हुनु नै हो  । त्यसैले, यस बारे सम्बन्धित निकायले समयमा नै ध्यान नदिने हो भने सिकाइ क्षति झन हुनेमा दूई मात्र होला । 

 

Monday, September 5, 2022

शैक्षणिक नेतृत्वकर्ताका रुपमा कहिले हुने विद्यालयको प्रअ ?

योगेन्द्र चापागाईं

विद्यालय शिक्षाको सन्दर्भमा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सिकाइउपलब्धी ज्यादै कमजोर छ, त्यसलाई कसरी सुधार्ने भन्ने बहस निरन्तर चलिरहेको छ । भखरै प्रकाशित २०७८ को एसइइ नतिजालाई विश्लेषण गर्दा  ६ बर्षमा GPA २.४० माथि ल्याउने विद्यार्थीको संख्यामा ६ प्रतिशतले वृद्दि भएको छ  तर पनि ४५ प्रतिशत विद्यार्थीले मात्र GPA २.४० माथि ल्याउन सकेकाछन् । २०७२ मा त्यो प्रतिशत ३९ मात्र प्रतिशत थियो । त्यसमा पनि छात्राको सिकाइउपलब्धी कमजोर हुँदै भएको छ भने छात्रको सुधार उन्मुख रहेको छ । २०७२ सालमा छात्राको GPA २.४० माथि ल्याउनेको प्रतिशत २२ थियो भने २०७८ मा २१ प्रतिशत पुगेको छ तर २०७२ सालका छात्रको प्रतिशत १७ थियो २०७८ मा आइपुग्दा २४ पुगेको छ । यसरी हेर्दा विद्यालय शिक्षाको सिकाइ अवस्थामा केहि सुधार भए पनि अपेक्षाकृत हुन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायहरुबाट सिकाइउपलब्धी सुधारकै लागि अनगन्ति प्रयासहरु, कार्यक्रमहरु कार्यान्वयन भइरहेकाछन् । फलस्वरुप, शिक्षाको पहुँचमा उल्लेखनीय प्रगति भएपनि सिकाइउपलब्धीमा खासै सुधार आउन सकेको छैन ।

                                                                               

विद्यार्थीको सिकाइउपलब्धीमा सुधार नआउनुका धेरै कारणहरु होलान् तर मुख्यरुपमा विद्यालयको प्रअको नेतृत्व एउटा प्रमुख कारण हो भन्ने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तथ्यहरु, अभ्यासहरु र नेपालकै केहि सामुदायिक विद्यालयमा प्रअको नेतृत्वको कारण भएको परिवर्तनले देखाएकाछन् । विद्यालयको प्रअको नेतृत्वलाई एउटा विद्यालय ब्यवस्थापक भन्दा पुर्णरुपमा शिक्षणसिकाइ क्रियाकलापहरुमा केन्द्रित हुने नीतिगत ब्यवस्था तथा विद्यालयगतस्तरमा नै यसको अभ्यास हुनुपर्ने कुराको बहसले आजसम्म स्थान नपाउनु दुखको कुरा हो । राम्रो भौतिक संरचना, धेरै शिक्षण सामग्री, राम्रो ब्यवस्थापन तथा प्रशासन, पहेंला गाडी, इहाजिरी, सिसि क्यामरा, धेरै ल्यावहरु भएका विद्यालयको विद्यार्थीहरुमा सिकाइउपलब्धी राम्रो नै छ भन्न सकिन्न । त्यसैले विद्यार्थी सिकाइउपलब्त्री सुधारको प्रमुख आधार नै विद्यालय प्रअको शिक्षणसिकाइ केन्द्रित नेतृत्वदायी ब्यहार र त्यसले पार्ने प्रभाव नै हो ।   

किन नै प्रअ

विद्यालयको शिक्षणसिकाइ सुधार मार्फत विद्यार्थीको सिकाइउपलब्धीमा वृद्दि बाह्य कर्मचारीहरु परिचालन गरेर सम्भव छैन भन्ने तथ्य विगतको विनि तथा स्रोतब्यक्ति परिचालनले देखाइ सकेको छ । एकदिन आएर विद्यालय शिक्षाको एक क्षेत्रमा गर्ने प्राविधिक सहयोगले विद्यार्थीको सिकाइ सुधारको दिगोपन सम्भव छैन । त्यसैले विद्यालयमा नै शिक्षणसिकाइ सुधारका गतिविधिहरुमा पुर्ण रुपमा क्रियाशिल हुनको लागि एक ब्यक्ति हुनुपर्ने र त्यसको उत्तम उपाय भनेकै विद्यालयको प्रअलाई नै परिचालन गर्नु र उसमा शैक्षणिक नेतृत्वसीपको विकास गर्नु हो ।

नीतिगत ब्यवस्था

शिक्षा नियमावली २०५९ ले विद्यालयको प्रअ प्राज्ञिक तथा प्रशासकीय प्रमुखका रुपमा लिएको छ । नियमावलीका अनुसार विद्यालयमा स्थायी शिक्षकहरुबाट विद्यालय विकास प्रस्ताबनाको आधारमा पाँच बर्षको लागि प्रअ छनोट गर्ने प्रावधान छ । त्यसैगरी सामुदायिक विद्यालयको लागि प्राथमिक तहको लागि शिक्षाशास्त्र विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह, निम्न माध्यमिक तहको लागि शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातक तह वा सो सरह र माध्यमिक तहको लागि शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट रहने ब्यवस्था छ । यस शिक्षा नियमावलीले प्रअको कामकर्तब्यलाई एकत्तिस ओटा बुँदामा राखिएको भएता पनि अधिकांश बुँदाहरु प्रशासनीक तथा ब्यवस्थापकीय छन् भने शैक्षणिक क्रियाकलाप लक्षित ज्यादै कम छन् ।

Friday, September 2, 2022

कक्षा १२ को नतिजा विश्लेषण : सबै भन्दा धेरै विद्यार्थी GPA २.४० मुनि


  • कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीहरु (५२ प्रतिशत) Non Graded भएका छन् ।
  • धेरै भन्दा बढी जीपीए २:४० भन्दा कम ल्याएको विद्यार्थीहरु  (५५ प्रतिशत)रहेका छन्  ।
  • २०७८ को SEE र कक्षा १२ को परीक्षाको सिकाइ अवस्था समान छ । दुवै परीक्षाको उपलब्धी स्तर कमजोर छ । 

Monday, August 29, 2022

एक विद्यालय एक छुट्टै शैक्षणिक नेतृत्वसीप सहितको प्रअको ब्यवस्था आजको आवश्यकता

गुणस्तरीय शिक्षा भनेको राम्रा भवनहरु, पहेंला गाडीहरु होइनन् । मुलत: विद्यार्थीहरुमा पाठ्यक्रमले तोकेको सिकाइ सक्षमता सुनिश्चित हुनुपर्छ । त्यसको लागि केन्द्र, प्रदेश र स्थानीय (बाह्य निकाय) को नियन्त्रित प्रशासनीक नेतृत्वको अभ्यासले विद्यार्थीहरुको सिकाइ सक्षमतामा सुधार ल्याउन सकेको छैन । साथैं निति, विद्यालय नेतृत्व, ब्यवस्थापन पाठ्यक्रमको कार्यान्वयन तथा विद्यालयलाई गरिने प्राविधिक तथा वित्तिय सहयोग सहितका विद्यालय शिक्षा प्रणालीमा भएका असमानताका चाङहरु दिनानुदिन बढ्दै गइरहेकाछन् ।  सुधारको लागि सरकारी गैरसरकारी निकायहरुले निरन्तर रुपमा काम गरेकै हुन तर पनि दिगो रुपमा सुधार आउन सकेन  । त्यसका प्रमुख कारणहरु मध्ये प्रमुख कारण बाह्य निकाय नियन्त्रित नेतृत्व नै हो । 

त्यसैले विद्यालय स्तरमा नै एक विद्यालय एक छुट्टै शैक्षणिक नेतृत्वसीप सहितको प्रअको ब्यवस्था आजको आवश्यकता हो । लेखबाट प्रअमा शैक्षिक नेतृत्वसीप के हो ? वर्तमान यसको अभ्यास के छ? एक विद्यालय एक छुट्टै शैक्षणिक नेतृत्वसीप सहितको प्रअको ब्यवस्था कसरी नेपालमा सम्भव छ भन्ने विचार पढ्न पाउनु हुने छ  । केहि प्रतिक्षा गर्नुहोस् । 


Tuesday, July 19, 2022

"प्रशासनिक र ब्यवस्थापकीय पक्षबाट अलग्याएर, एक विद्यालय एक शैक्षणिक नेतृत्वकर्ताकाे रूपमा प्रअकाे छुट्टै ब्यवस्था आजकाे आवश्यकता"




 सार्वजनिक विद्यालय सुधारकाे लागि अब बाह्य निकायकाे नेतृत्व हाेइन विद्यालयकै शैक्षणिक नेतृत्व आवश्यक छ। त्यसकाे लागि "प्रशासनिक र ब्यवस्थापकीय पक्षबाट अलग्याएर, एक विद्यालय एक शैक्षणिक नेतृत्वकर्ताकाे रूपमा प्रअकाे छुट्टै ब्यवस्था आजकाे आवश्यकता" भन्ने विचार 1:00:45 मिनेटबाट सुन्न सक्नुहुने छ।

Friday, March 18, 2022

School Curriculum (New: 2022)

  • माध्यमिक तह कक्षाा ९ र १०  click here 
  • आधारभुत तह कक्षा ६ बाट ८ click here
  • आधारभुत तह कक्षा ४ र ५ Click here
  • आधारभुत तह कक्षा १  २ र ३ Click here
  • परिमार्जित लेटर ग्रेडिङ निर्देशिका 
  • कक्षा १२ को पाठ्यक्रममा आधारित विशिष्टीकरण तालिका र नमुना प्रश्नपत्र २०७८ 
  • विशिष्टीकरण तालिकाहरू (GRID)
    १. आधारभूत तह कक्षा -५ को विशिस्टीकरण तालिका (Specification Grid) नमूना प्रस्न एबम उत्तर कुन्जिकासहित-कक्षा -५-http://202.45.146.138/elibrary/?r=1026
    २.आधारभूत तह उतीर्ण परीक्षा विशिस्टीकरण तालिका (Specification Grid) नमूना प्रस्न एवं उतारकुंजीका सहित-कक्षा - आधारभूत तह (१-८)-http://202.45.146.138/elibrary/?r=536
    ३.विशिश्टिकरण तालिका २०७८ (नमुनाप्रश्न सहित)-कक्षा-६-कक्षा -६-http://202.45.146.138/elibrary/?r=9921
    ४.माध्यमिक शिक्षा परीक्षा विशिस्टीकरण तालिका (Specification Grid) कक्षा १० -कक्षा -१० (अनिवार्य विषयहरू )-http://202.45.146.138/elibrary/?r=906
    ५.कक्षा १०को पाठ्यक्रममा आधारित माध्यमिक परिमार्जित माध्यमिक शिक्षा पाठ्यक्रम (इच्छाधीन) अनुसार तयार गरिएको विशिस्टीकरण तालिका
    -कक्षा -१० (इच्छाधीन विषयहरू )-http://202.45.146.138/elibrary/?r=2442
    ६. माध्यमिक शिक्षा (कक्षा ११) को पाठ्यक्रममा आधारित विशिस्टीकरण तालिका
    कक्षा -११ (अनिवार्य विषयहरू )-http://202.45.146.138/elibrary/?r=9458
    ७.माध्यमिक शिक्षा (कक्षा ११) को पाठ्यक्रममा आधारित इच्छाधीन विषय विशिस्टीकरण तालिका -कक्षा -११ (इच्छाधीन विषयहरू )-http://202.45.146.138/elibrary/?r=9657
    ८. माध्यमिक शिक्षा (कक्षा १२) को पाठ्यक्रममा आधारित विशिस्टीकरण तालिका
    कक्षा -१२ (अनिवार्य विषयहरू )-http://202.45.146.138/elibrary/?r=9923
    ९.माध्यमिक शिक्षा (कक्षा १२) को पाठ्यक्रममा आधारित विशिस्टीकरण तालिका इच्छाधीन बिषयहरू -कक्षा -१२ (इच्छाधीन विषयहरू)-http://202.45.146.138/elibrary/?r=9954

Monday, January 24, 2022

Virtual Links for for Student and Teacher

                       महत्वपुर्ण लिंकहरु बालबालिका तथा शिक्षकको लागि

https://pustakalaya.org/en/

https://epaath.olenepal.org/subjects.html?sub=nepali&lang=np&grade=1

https://learning.cehrd.edu.np/home

https://www.youtube.com/c/NCEDVirtual

https://literacycloud.org/ 

महत्वपुर्ण लिंकहरु शिक्षकको लागि

http://202.45.146.138/catalog/opac_css/

https://www.youtube.com/c/NCEDVirtual