Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Monday, April 17, 2023

भर्ना अभियानलाई कसरी प्रभावकारी बनाउने ?

कहिले सम्म गर्ने भर्ना अभियानलाई नाम मात्रको अभियान । सघन भर्ना अभियान आजको आवश्यकता हो ।  भर्ना अभियानलाई तलका प्रक्रियामा आधारित भइ आफ्नो विद्यालयको परिवेश अनुसार प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनु जरुरी छ ।  



Thursday, April 6, 2023

विद्यालय तहको पाठ्यक्रम सम्बन्धी तालिम र सबै सामग्रीहरु

विद्यालय तहको पाठ्यक्रम र मूल्यांकन सम्बन्धी तालिमको  सहजीकरण गर्नु पर्ने भए सम्पर्क गर्नुहोला । ९८४९५१९९५३ 


Tuesday, March 28, 2023

स्थानीय तहलाई विद्यालयको परीक्षा सम्बन्धी चार प्रश्न

योगेन्द्र चापागाईं

९८४९५१९९५३

यदिखेर विद्यालय तहको परीक्षा सञ्चालन भइरहेको छ ।  विद्यालयमा पुग्दा विद्यार्थी मूल्यांकनको अवस्था देख्दा विद्यालय तह सम्मको शिक्षाको अधिकार पाएको स्थानीय तहले यसबारे एक पटक तलका चार प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।

पहिलो अधिकांश स्थानीयतहले विद्यार्थीको सिकाइ मूल्यांकनलागि राज्यले लिएको प्रक्रिया नै नअपनाएको भेटिन्छ । जस्तै कक्षा १ बाट ३ सम्ममा थीमगत परीक्षणको आधारमा गरिने मूल्यांकन वा कक्षा ४ र ७ मा गरिने ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य परीक्षा । राज्यको नीति लागू गर्ने दायित्व स्थानीय तहको पर्दैन? प्रभावकारी कार्यान्वयनको लागि क्षमता विकास सहयोग सहजीकरण गर्नु नपर्ने हो?

दोश्रो आधारभूत तह मूलत कक्षा १-५ को परीक्षण प्रश्नपत्र निर्माणमा न्यूनत्तम मापदण्ड पनि भेटिन्न । नत सिकाइ उपलब्धीको आधारमा परीक्षण साधन भनेको छ नत ज्ञानतहको । तपाईलाई कक्षा ८ र १० मात्र सुधार किन चाहिएको हो ? ती कक्षाका आधार तल्ला कक्षाहरु पनि हुन भन्ने सोचाइ किन नपलाको होला ? परीक्षा सकियो भनेर विद्यार्थीलाई प्रमाणपत्र मात्र दिए पुग्ने होकी त्यो प्रमाणपत्रमा भरिने अंक कसरी आएको छ भन्ने पनि हेर्नु पर्ने हो ?

तेश्रो केहि स्थानीयतहरुले कक्षा ८ मा पुरोनो एसएलसी जस्तै गरेर परीक्षा केन्द्र तोकी बालबालिकाहरुलाई टाढा टाढा हिंडाएर परीक्षा दिनुपर्ने भने कतै अन्तर विद्यालय केन्द्राध्यक्ष नियुक्ति गरी परीक्षा सञ्चालन गरेका पाइन्छ । यसको कारण चहिं के रैछ ? यसरी परीक्षा गर्दा सिकाइ उपलब्धीमा सुधार आउने होकी  विद्यार्थीको नियमित परीक्षण मार्फत त्यसको विश्लेषण गरी थप सुधारात्मक सहयोग गर्दा ?

चौथो परीक्षाको अंक फासफेल र प्रमाणपत्र मात्र दिन मात्र गरिएको की त्यस्तो अंकको तहगत, विषयगत, विद्यार्थी, विद्यालय, शिक्षकका विविध पक्षको आधारमा विद्यालय तथा स्थानीय तहगत विश्लेषण गरी अन्तरक्रिया मार्फत सुधारको योजना, त्यसको कार्यान्वयन र प्रगती समीक्षा पनि गर्नु पर्ने हो ? यो साध्य हो की साधन हो ? त्यसैले परीक्षा सिकाइ सुधारका लागि पनि हो केवल प्रमाणपत्र मात्र वितरण गर्ने होइन ।